कृषि सम्बन्धि जानकारी पाउने एग्रोबुक नामक मोवाइल एप सार्वजनिक


नवलपरासी
कृषि ज्ञान केन्द्र नवलपरासीको सहयोगमा कृषक हक हित संरक्षण मञ्च नवलपरासीले किसान तथा कृषि सरोकारवालालाई उपयोगी हुने –एग्रो बुक नामक मोबाईल एप सार्वजनिक भएको छ । लुम्बिनी प्रदेश सरकार कृषि निर्देशनालयका प्रमुख याम नारायण देवकोटाले एक कार्यक्रमका विच सार्वजनिक गरेका हुन् ।
कोलिया मिडिया एण्ड आई.टी.(केएमआइटी) सोलुसन प्रा.लि.द्धारा निर्मित उतm एपमा कृषिसंग सम्बन्धित आर्गेैनिक कृषि,ब्यवसायिक पशुपालन,नविनतम कृषि,बालिका जातहरु,कृषि उपज,नर्सरी स्थापना ब्यवस्थापन,बैज्ञानिक मलखाद्य राख्ने विधि,बाली झार पहिचान र मौषम पुर्वाअनुमान सम्बन्धी जानकारी हरु रहेको छ । कृषि ज्ञान केन्द्रद्धारा बेला बेलामा किसानका लागि जारी गरिने विभिन्न सुचना तथा जनाकारीहरु,रेडियो कार्यक्रमको अडियो सुचना तथा विभिन्न जानकारी मुलक भिडियो समेत हेर्न पाउने गरि एप सार्वजनिक गरिएको थियो ।
एपलाई सार्वजनिक गर्दै निर्देशनालय प्रमुख देवकोटाले सो एप एउटा जिल्लामा सिमित नराखी प्रदेश स्तरिय बनाउनका लागि आवश्यक पहल गरिने बताएका थिए । निर्देशनालयले सो एपमा प्रदेशका अन्य जिल्लाका कृषि ज्ञान केन्द्रले पनि सुचना अपलोड गर्न मिल्ने गरि ब्यवस्थापनमा लागिने जानकारी गराएका थिए । यसले सो एप मार्फत प्रदेश भरीका कृषि ज्ञान केन्द्रहरुले जारी गर्ने सुचना तथा जानकारीहरुका साथै स्थानिय तहका कृषि शाखाले पनि अपलोड गर्न मिल्ने गरि बनाउनु पर्ने चाँसो कृषक हक हित संरक्षण मञ्चका अध्यक्ष सम्भु उपाध्यायले ब्यतm गरेका थिए । यो मोवाईल एपले किसानलाई सुचना पाउने हकलाई समेत सम्बोधन गर्ने कृषि ज्ञान केन्द्रका प्रमुख देवेश कुमार मिश्रले आशा ब्यतm गरेका थिए ।
केएमआएटीका प्रबन्ध निर्देशक ज्ञानेश्वर गौडले एप बनाई त्यसमा डाटा लोड गर्ने गरि सफ्टवेयर बनाइर्एको र सो सफ्टवेयरको एडमिन पाएका जुन सुकै संस्थाले आफ्ना सुचना जानकारी राख्न पाउने बताएका थिए । उनका अनुसार एपमा अनावश्यक कुरा अपलोड नहोस भनेर जिम्मेवार कार्यालय र संस्थालाई मात्र एडमिन उपलब्ध गराईने छ । कृषि ज्ञान केन्द्र नवलपरासीमा स्मार्ट कृषि गाँउ कार्यक्रम सहजीकरण कार्यक्रमको समेत आयोजना गरिएको थियो । सो कार्यक्रममा रुपन्देही र नवलपरासीको विभिन्न स्थानमा सञ्चालिन स्मार्ट कृषि गाँउ कार्यक्रमका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्मार्ट कृषि गाँउ कार्यक्रममा जलवायु स्मार्ट,सिचाई स्मार्ट,पोषणतत्व स्मार्ट,प्रविधि स्मार्ट,बजार स्मार्ट र अन्तरसम्बन्ध स्मार्ट गरि स्मार्टका मापक बनाई काम गरिनु पर्ने औल्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *