अस्पतालको लापर्वाही विरुद्ध युवाहरुद्धारा अस्पताल परिसरमा प्रदर्शन

नवलपरासी,१ साउन
जिल्ला स्थित पृथ्वी चन्द अस्पताल प्रशासनले पटक पटक गल्ति गर्दै विरामी प्रति वेवास्ता तथा दुब्यर्वहार गर्ने गरेको बताउदै स्थानिय युवाहरुले विरोध प्रदर्शन गरेका छन् । अस्पतालका प्रमुखको वेवास्ताले अस्पतालमा बेथिति बढदै गएको अरोप लगाउदै स्थानिय युवाहरु बजारमा नाराबाजी सहित जुलुस निकालेका हुन् ।
परासीको बुद्धचोक हुदै अस्पतल परिसर भित्रै अस्पतालका प्रमुख र दोषी माथि छानविन र कारवाहीको माग गरेका थिए । अस्पतालमा आउने विरामीलाई दुब्यर्वहार गर्दै आएकोले स्थानिय प्रशासन र अस्पताल प्रशासनले गल्ति सुधार नगर्दा विरोध जुलुस निकाल्न परेको उनीहरुले जानकारी गराए । अहिले चेतावनी दिदै यो शान्तिपुर्ण जुलुस निकालेका छौ,जुलुसका सहभागिहरुले आक्रोस पोख्दै भनेका थिए,सुधार भएन भने अस्पतालसँगै अन्य सरोकारवाला विरुद्ध आन्दोलन गरिने चेतावनी समेत दिएका थिए । विहिवार अस्पतालमा सुनवल नगरपालिका ९ की ३ बर्षिय प्रिया कहाँरको खुट्टा बाच्चिएर उपचार गराउन आउदा अस्पतालका स्वास्थ्यकर्मीले रेबिजको सुई लगाई दिएका थिए । त्यसबारे प्रमुख जिल्ला अधिकारी धरमेन्द्र कुमार मिश्र जानकारी लिदा मेडिकल सुपरिटेण्डेन्ट डा.नुरुल होदाले गलत सुचना दिएर झुक्याएका थिए । रेबिजको सुई लगाईदिने स्वास्थ्य सहायक नाजमा खातुनलाई बचाउ गर्दै डा.होदाले अस्पतालकी डा.नितिसा कोईरालालाई स्वास्थ्य सहायक भन्दै नाम बताएका थिए ।
आफ्नै अस्पताल भित्रका कुन कर्मचारी कुन पदका हुन ? यति पनि यादस्त नभएको मेडिकल सुपरिटेण्डेन्टले कसरी अस्पताल ब्यवस्थापन गर्न सक्छ ? यसका कि ति मेसुको असक्षमता हो कित नियत खराब भएको हुन सक्छ । होईन भने किन ढाक छोप किन गर्छन ? भनेर आन्दोलनकारीले प्रश्न गरेका थिए । यस्ता गैरजिम्मेवार मेसुलाई तत्काल हटाउनु पर्ने माग समेत गरेका थिए । मेसुकै कारण अस्पतालमा लाखौ मुल्यको औषधीको म्याद गुज्रेको गुनासो गर्दै त्यसबारे छानविनको मा गर्दै बुधवार उपभोतmा हित संरक्षण मञ्चले जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएको थियो । त्यसको भोली पल्ट यस्तो घटना भए पनि आक्रोसित युवाहरुले बेलामा कारवाही नहुदा मेसु लगायत स्वास्थ्यकर्मीमा लापर्वाही बढदै गएको आरोप लगाए । म्याद गुज्रेको औषधी सम्बन्धी फाईल सहायक प्रमुख जिल्ला अधिकारीको टोलीले झिकाएको छ । त्यसबारे छानविन गर्ने कार्य पनि भई रहेको स्थानिय प्रशासनले जानकारी गराएको छ ।
अस्पतालका मेसु होदाका कारण अस्पतालमा अस्तब्यस्तता बढदै गएको भन्दै अस्पतालका अध्यक्षले स्वास्थ्य मन्त्रालयमा मेसु परिवर्तनका लागि माग गरेका थिए । मेसुले अस्पतालको काम कारवाहीमा असहयोग आएको आरोप लगाउदै गत महिना नेकपा एमालेका अध्यक्ष दिपेन्द्र अधिकारी सहितको टोली स्वास्थ्य मन्त्रालयमा पुगेर मेसु परिवर्तन गर्न समेत माग गरेको थियो । तर मेसु परिवर्तनका लागि मन्त्री तयार भए पनि उच्च स्तरबाट उनलाई रोक्नका लागि दवाव समेत उत्तिकै रहेको छ । अस्पतालमा अहिले गल्ति नै गल्ति भई राख्दा पनि लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय समेत वेवास्ता गर्दै आएको स्थानियको आरोप लगाएका छन् । प्रतिकृया स्वरुप युवाहरुले प्रदर्शन गरेका छन् ।

4 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *