नवलपरासी
लैगिँक हिँसाका घटना रामग्राम नगरपालिकामा बढि देखिएको छ । जिल्लाको पृथ्वीचन्द अस्पतालमा सञ्चालित लैगिँक हिँसा पिडितहरुको लागि एकद्धार संकट ब्यवस्थापन केन्द्र (ओसिएमसी)ले सार्वजनिक गरेको बार्षिक तथ्याँकमा सो कुरा उल्लेखित भएका दखिएको हो ।
केन्द्रले प्रस्तुत गरेको लंगिक हिँसाका घटना भई सेवा लिन आउने कुल ३ सय १६ जना पिडित मध्ये एक तिहाई बढि १ सय ३० पिडित रामग्राम नगरपालिकाकै रहेको प्रतिवेदनमा उल्लेख छ । त्यसै गरि दोश्रोमा पाल्हीनन्दन गाउपालिकामा ७६ र तेश्रोमा सरावल गाउपालिकामा ५२ रहेको छ । त्यसै गरि प्रतापपुर नगरपालिकामा २३,सुनवल नगरपालिकामा २१,सुस्ता गाउपालिकामा ७ र वर्दघाट नगरपालिकामा ६ वटा मात्र लैगिँक हिँसा पिडितले अस्पतालमा उतm सेवा लिन आएका थिए । सबै भन्दा कम वर्दघाट नगरपालिकाको रहेको केन्द्रले जानकारी गराएको अस्पतालका अध्यक्ष जगदिश चौधरीले बताए । हिँसामा पिडित हुने सबै भन्दा बढि महिला ३ सय १० र पुरुष ६ जना मात्र रहेका थिए ।
लैगिँक हिँसा सबै भन्दा बढि मधेशी समुदायमा रहेको छ । त्यसमा पनि मधेशी महिला १ सय ४९ र ४ जना पुरुष पिडित रहेका छन् । दोश्रोमा दलित महिला ७६ जना र पुरुष २ जना थिए । तेश्रो स्थानमा मुस्लिम ३८ जना महिला मात्रै रहका छन् । जनजातीका पनि ३५ जना महिला पिडित आएको उल्लेख गरिएको छ । पिडितहरु नातेदार मार्फत २ सय ६९ जना र सिधै आफै आउनेमा १३ जना छन् । हिँसाका प्रकारमा सबै भन्दा शारिरीक हिँसा २ सय २५ र बलत्कार १६,यौनजन्य दुब्र्यवहार ४ र मानसिक दब्र्यवहारमा परेका १० जना थिए । हिँसामा संलग्न अशिक्षित भन्दा शिक्षित बढि भएको देखिएको छ । जस्मा कुल पिडक ३ सय १६ मध्ये २ सय ५२ जना पिडिक शिक्षित नै रहेको उथ्याँकमा देखाइएको छ । पिडित हुनेमा शिक्षित महिला नै बढी पिडित देखिएकी छिन् । ३ सय १६ जना पिडित मध्ये १ सय ३६ जना शिक्षित र ८० जना अशिक्षित रहेका छन् ।