समाचार

जिल्ला अस्पताल परिसरमै आयुर्वेद स्वास्थ्य केन्द्र खुले पछि आयुर्वेद तर्फ विरामीको आकर्षण
रामग्राम नगरपालिका, समाचार

जिल्ला अस्पताल परिसरमै आयुर्वेद स्वास्थ्य केन्द्र खुले पछि आयुर्वेद तर्फ विरामीको आकर्षण

नवलपरासी,१३ भदौ,जिल्ला अस्पताल परिसरमै आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनमा आए देखी विरामीको आकर्षण आयुर्वेदिक उपचार तर्फ बढदै गएको छ । जिल्ला पृथ्वीचन्द्र अस्पताल परिसरमै आयुर्वेदिक उपचार हुने जानकारी स्थानियले थाहा पाउदै गए पछि दिर्घरोगी,जेष्ठनागरिकहरुको आकर्षण आयुर्वेदिक उपचार तर्फ बढन थालेको हो । रामग्राम नगरपालिका १४ अईचावलबाट घुडा दुखाईको उपचारका लागि केन्द्रमा आएका आएका ७५ बर्षिय फेकु यादवले गाँउकै लक्ष्मण हरिजन उपचार गराएर गए पछि आफुलाई उनीबाट थाहा भएको बताए । लामो समय ऐलोपैथिक उपचार गराउदै आए पनि निको नभएका कारण उनी आयुर्वेदिक उपचार केन्द्रमा आएर उपचार गराएका थिए । यहिँबाट लागेको औषधीले दुई दिनमै राहत महशुस भएको बताए । उनले नै भनेर आफु आयुर्वेदिक स्वास्थ्यकेन्द्र खोज्दै आएको हुँ,उनले भने, गाउका धेरैले भने,घुडाको दुखाई अग्रेजी औषधी भन्दा आयुर्वेदिक औषधीले निको हुन्छ । छिमेकी...
रामग्राम स्तुपा देखी बौद्धकालिन प्राचिन ककरपत्त नगर(जावा) जोड्न झरहीपुल निर्माण हुने
रामग्राम नगरपालिका, समाचार, सरावल गाउँपालिका

रामग्राम स्तुपा देखी बौद्धकालिन प्राचिन ककरपत्त नगर(जावा) जोड्न झरहीपुल निर्माण हुने

नवलपरासी,११ भदौजिल्लाको पर्यटकिय मार्गको रुपमा रहेको महामाया मार्ग र प्राचिन ककरपत्त नगर(जावा) जोड्न पुल निर्माण हुने भएको छ । पुर्वपश्चिम राजमार्ग देखी रामग्राम जोड्ने उतm माहामाया मार्गसँग सरावल गाउपालिका २ स्थित प्राचिन कोलिय गणराज्य अन्तरगतको एक प्रमुख ककरपत्त नगर जोड्ने मार्गको पुलको टेण्डर भए पछि उतm पुल निर्माण हुने सुनिश्चित भएको हो । रामग्राम नगरपालिका ७ उजैनीमा रहेको रामग्राम स्तुपबाट प्राचिन ककरपत्त नगर जाने सडकको विचमा झरहीखोला रहेको र अहिले सो पुल निर्माणका लागि सडक डिभिजनले टेण्डर समेत गरि सकेको हुदा पुल बन्ने कुरा निश्चित भएको स्थानिय देवराज चौधरीले बताए । सो पुलले रामग्राम स्तुपलाई प्राचिन ककरपत्त नगरले जोड्ने भएको छ, उनले भने, पर्यटन मार्गको रुपमा रहेको महामाया मार्ग रामग्राम स्तुपामा पुगेको थियो,तर ककरपत्त नगर पुग्नका लागि बिचमा झरही नदीमा पुल नभएका कारण समस्या थिय...
चार बर्षपछि परासी हाटबाजरमा आउन थाल्यो सालको पात र टपरी
रामग्राम नगरपालिका, समाचार

चार बर्षपछि परासी हाटबाजरमा आउन थाल्यो सालको पात र टपरी

नवलपरासी,११ भदौ,जिल्लाको रामग्राम नगरपालिका २ स्थित परासी साप्ताहिक हाटबाजरमा विगत चार बर्ष देखी विस्थापित भएको पात र पातबाट बनेको टपरी आउन थालेका छ । नगरपालिकाले टपरीमा समेत कर लगाए पछि पात र टपरी विक्रि गर्ने महिलाहरु बजार आउन नै छाडेको तर अहिले नगरपालिकाले त्यस्तो ब्यवसायिलाई राहत दिने भने पछि उनीहरु आउन थालेका हुन् ।शनिवार पातको मुठो लिएर आएकी दशकट्ठाकी ५० बर्षिय सुमित्रा सुनारले चार बर्ष पछि फेरी यो बजारमा पात बेच्न आएको बताईन् । बुद्ध शान्ति साझेदारी बनबाट सालको पात संकलन गर्ने र बजारमा बेचेर आफ्नो जिविका चलाउदै आएकी सुनार विगत बर्षमा नगरपालिकाले बैठकी कर उठाउन थालेको कारण नआएको सुनाईन् । शनिवार पुनःआफु ७ मुठा सालको पात बोकेर आएको बताउदै उनले भनिन्,पात बेचेर गुजारा गर्ने हामी गरिब परिवारलाई नगरपालिकाले राहत दिनु भन्दा कर लगाएका कारण विस्थापित भएका थियौ । प्रति मुठा ५० रुपियामा विक्रि...
धुलोमुक्त नगर बनाउन रामग्राम नगरपालिकाले शुभारम्भ गर्यो साप्ताहिक सफाई अभियान
रामग्राम नगरपालिका, समाचार

धुलोमुक्त नगर बनाउन रामग्राम नगरपालिकाले शुभारम्भ गर्यो साप्ताहिक सफाई अभियान

नवलपरासी,११ भदौ, रामग्राम नगरपालिकाले परासी बजारलाई सप्ताहिक रुपमा अभियानमुखी सरसफाईको शुभारम्भ गरेको छ । नेपाली सेना,प्रहरी स्थानिय संघसस्थाको समन्वयमा शनिवार बजार सफाई गरि सो अभियान शुरु गरिएको नगरपालिकाका नगरप्रमुख धनपत यादवले जानकारी गराएका हुन् । प्रत्येक शनिवारलाई अभियानमुखी तरिकाले परासीबजारलाई सफाई गरिने छ । दैनिक फोहोर उठाउने कार्य नगरपालिकाले गराउदै आए पनि बजारको सडक लगायत अन्य सार्वजनिक स्थलहरुको सफाई अभियान साप्ताहिक रुपमा गर्दै लैजाने लक्ष्य अनुसार कार्यक्रमको शुभारम्भ गरिएको हो । यस अभियानमा नेपाली सेना र नेपाल प्रहरीको सहयोग रहने छ,उनले भने, यसमा स्थानिय संघसस्था समेतको सहभागिता हुन्छ । स्थानिय नगारिकहरु आफै पनि यो अभियानमा सरिक हुन सक्छन् । यसले सामुहिक रुपमा सफाई गर्ने र सफा स्वच्छ नगर राख्न सन्देश प्रभाव गर्ने छ । यसको सिको नगरपालिका क्षेत्र भित्रका पटखौली,उजैनी,मं...
समाजिक सुरक्षा भत्ता वार्ड मै बाड्ने तयारीका लागि रामग्राम नपाले बैंकहरुलाई गर्यो ताकेता
रामग्राम नगरपालिका, समाचार

समाजिक सुरक्षा भत्ता वार्ड मै बाड्ने तयारीका लागि रामग्राम नपाले बैंकहरुलाई गर्यो ताकेता

राज्यबाट समाजिक सुरक्षा भत्ता पाउनेलाई वार्ड र टोलमै रकम बुझाउने योजनाका साथ रामग्राम नगरपालिकाकाले सम्बन्धित बैंकहरुलाई ताकेता गरेको छ । आउदो असोज महिनामा समाजिक सुरक्षा भत्ता वितरण गर्ने भएकोले त्यसको तयारी के कस्तो भएको भन्ने बारे सम्बन्धित बैंक्हरुलाई नगरपालिकाले ताकेता गरेको हो ।गत साउन २० गते नगरक्षेत्र भित्रका जेष्ठनागरिकको समाजिक सुरक्षा भत्ता वार्ड र टोलमा नै गएर बाड्नका लागि नगरपालिकाका मेयर धनपत यादवले सबै बैंकको बैठक बोलाएका थिए । बैठक पछि नगरपालिकाले बंैंकहरुलाई औपचारिक लिखित पत्र पनि दिई सकेको छ । तर त्यसको तयारीबारे बैंकहरुले अझै अन्योलता ब्यतm गर्ने गरिए पछि पुनः ताकेतापत्र पठाइएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्काले बताए । गाउ गाउबाट समाजिक सुरक्षा भत्ता बुझ्न सदरमुकाम धाउदै आएका जेष्टनागरिकहरुको समस्यालाई सम्बोधन गर्न बैंकहरु वार्डमै पुगेर भत्ता बाड्ने ...
सुनवलको महलपोखरीमा केबुलकार पुर्याउन लागनीकर्ता खोजिदै
समाचार, सुनवल नगरपालिका

सुनवलको महलपोखरीमा केबुलकार पुर्याउन लागनीकर्ता खोजिदै

नवलपरासी,९ भदौजिल्लाको सुनवल नगरपालिकाले चुरेमा रहेको ऐतिहासिक स्थल महलपोखरीमा सुनवल बजार देखी केबुलकार पुर्याउने लगानीकर्ताहरुको खोजमा लागेको छ । धार्मिक तथा पर्यटकिय स्थलमा सुनवल बजार देखी सहजरुपमा यात्रीहरुले यात्रा गर्न सकुन भनेर केबुलकार पुर्याउनका लागि लगानी गर्ने लगानीकर्ताहरुको खोजमा लागेको हो ।प्राचिन सेन राज्यको दरबारको अवशेषहरु समेत रहेको उतm क्षेत्रका विगत बर्ष देखी नै मगर संस्कृतिको होम स्टे तालिम दिलाएर बनाउन लागिएको नगरप्रमुख(मेयर) विमला अर्यालले बताईन् । सोही डाडामा ध्यानकेन्द्र बनाउने गरि अहिले बजेट बिनियोजन गरिएको छ । पर्यटकिय पुर्वाधार बनाउनमा नगरपालिकाले लगानी गर्दै आएको छ,मेयर अर्यालले भनिन्, तर त्यहा सहजरुपमा पर्यटक पुग्नका लागि केबुलकार सञ्चालनका लागि ठूलै लगानी चाहिन्छ,त्यो भएर नीजि क्षेत्रका लगानीकर्तालाई नगरपालिकाले आह्वान गरेको छ,त्यसमा नगरपालिकाले समेत साझेदारी ...
सुस्ताको स्वास्थ्यचौकी मै भिडियो एक्सरे(अल्ट्रासाउण्ड) सेवा
समाचार, सुस्ता गाउँपालिका

सुस्ताको स्वास्थ्यचौकी मै भिडियो एक्सरे(अल्ट्रासाउण्ड) सेवा

नवलपरासी,९ भदौधेरै जसो अस्पतालमा मात्र भिडियो एक्सरे(अल्ट्रासाउण्ड) मात्रै सञ्चालन हुदै आए पनि जिल्लाको सुस्ता गाउपालिकाले गाउपालिका भित्रको स्वास्थ्य चौकीबाट नै अल्ट्रासाउण्डको सेवा दिने भएको छ । विहिवार गाउपालिकाले कुडिया स्वास्थ्यचौकीलाई अल्ट्रासाउण्ड सेवा सञ्चालनका लागि अल्ट्रासाउण्ड मेसिन उपलब्ध गराए पनि स्थानियबासीले सो सेवा पाउने भएका हुन् । जिल्लाकै दुर्गम क्षेत्रको रुपमा रहेको सुूस्ता गाउपालिकाका विरामीहरु ति सेवा लिनका लागि १० देखी १५ किलोमिटर दुरीमा सेमरी,वर्दघाट र परासी पुग्नु पर्ने बाध्यता थियो । तर गाउकै स्वास्थ्यकर्मीलाई तालिम दिलाएर एक्सरे मेसिन सहित उपलब्ध गराए पछि सुस्ताबासी गाँउमै ति सेवा पाउने गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पौडेलले जानकारी गराए । खास गरि पश्चिम गर्भवती महिलाहरुलाई लक्षित गरि अल्ट्रासाउन्डद्वारा निशुल्क गर्भ परिक्षण सेवा सुरु गरिए...
रामग्राम नगरपालिकाको आफ्नै अस्पताल खोल्ने
रामग्राम नगरपालिका, समाचार

रामग्राम नगरपालिकाको आफ्नै अस्पताल खोल्ने

नवलपरासी,८ भदौजिल्लाको रामग्राम नगरपालिकाले आफ्नै अस्पताल बनाउने योजना अगाडी सारेको छ । सदरमुकाम परासीमा रहेको जिल्ला पृथ्वीचन्द्र अस्पतालले नगरपालिकासँग गर्ने समन्वय,उत्तरदायित्व र सुचना प्रणालीमा समेत गैरजिम्मेवारीपुर्ण काय गर्ने भएकोले नगरपालिकाले आफ्नै अस्पताल खोल्ने योजना बनाउन थालेको हो ।बेला बेला नगरपालिका भित्रका स्वास्थ्य संस्थाहरुले अस्पतालको कार्यशैली प्रति असन्तुष्टि ब्यतm गर्दै आएको थियो । बुधवार पनि नगरपालिकामा आयोजित पालिका स्तरिय आब २०७८/०८९ को पोषण कार्यक्रमको समिक्षा कार्यक्रममा उपस्थित स्वास्थ्य सस्थाकाका स्वास्थ्यकर्मीहरुले अस्पतालको कार्यशैली प्रति असन्तुष्टि ब्यत गरेका थिए । स्वास्थ्य संस्थाहरुले रिफर गरेका विरामीलाई वेवास्ता गर्ने र नगरपालिकालाई अस्पतालले गर्ने स्वास्थ्य ब्यवस्थापन सुचना प्रणाली(एचएमआईएस) मा रिपोर्टिगँ नगरिदिने,डाटा भरेर नपाईदिने गर्दा नगरपालिकाको स्...
पहिला शसर्त बजेट खर्च गर्नुः गाउँपालिका अध्यक्ष चाैधरी
समाचार, सरावल गाउँपालिका

पहिला शसर्त बजेट खर्च गर्नुः गाउँपालिका अध्यक्ष चाैधरी

नवलपरासी,७ भदौजिल्लाको सरावल गाउपालिकाले शाखाहरुका लागि सरकारले पठाएको शसर्त योजनाहरुलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडी बढाउने निदेर्शन गरेको छ । शिक्षा,स्वास्थ्य,कृषि,पशुसेवा महिला बालबालिका लगातका शाखालाई सरकारले नै तोकेर पठाएको शसर्त बजेटका कार्यक्रम पहिला खर्च गरि सकाएर मात्र अनुदान तर्फको योजना सञ्चालन गर्न निर्देशन गरेको हो ।विगतका दिनमा सम्बन्धित शाखाहरुले शसर्त बजेट खर्च गर्न छाडेर अनुदान तर्फको योजना पहिलो प्राथमिकतामा राख्ने गरेको तर त्यसले गाउपािलकाका बिकासका कार्यक्रम प्रभावित बनाएको निकर्ष निकाल्दै त्यस्तो निर्देशन गरिएको गाउपािलका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । शसर्तको बजेट खर्च नगर्दा अन्तिममा ति कार्यक्रमको बजेट फ्रिज भएर जाने अवस्था देखियो,उनले भने, बरु अनुदान तर्फ आएको बजेट खर्च गर्न नसकिएमा फ्रिज हुदैन् । आर्को बर्ष अल्या ल्याएर थप योजनामा खर्च गर्न सकिन्छ, उनल...
हुलाकी राजमार्गको दर्जनौ जिर्णपुलबारे गाउपालिकाको ध्यानाकर्षण
प्रतापपुर गाँउपालिका, समाचार

हुलाकी राजमार्गको दर्जनौ जिर्णपुलबारे गाउपालिकाको ध्यानाकर्षण

नवलपरासी,६ भदौजिल्ला स्थित हुलाकी मार्ग निर्माण गर्ने कार्य भए पनि हुलाकी मार्गमा रहको बर्षाै देखीका पुलहरु जिर्ण भए पनि त्यसको निर्माण नभएको प्रति प्रतापपुर गाउपालिकाको ध्यानाकर्षण भएको छ । हुलाकी राजमार्ग निर्माण गर्ने ठेकेदारले पुल निर्माण तर्फ ध्यान नदिदा ति पुल निर्माण हुन नसकेको प्रति ध्यानाकर्षण भएको हो ।हुलाकी राजमार्ग नेपाल सरकारले निर्माणका लागि ठेक्का गरेको भए पनि त्यसमा रहेका दर्जन पुलको पनि निर्माण हुने कि नहुनेबारे स्थानिय अनभिज्ञ छन् । पुल समेतको ठेक्का भएको भए ठेकेदारले सडक बनाउनु पुर्व पुल निर्माणका कार्य पनि शुरु गथ्र्यो,तर अहिले पुलबारे स्थानिय तहलाई पनि खासै जानकारी नभएको प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताए । सडक निर्माणकै लागि पटक पटक ठेकेदारलाई भन्दा पनि अटेरी गरेको थियो, उनले भने,ठेकेदारका उपकरणहरु नियन्त्रणमा लिए पछि प्रजिअ मार्फत सम्पर्कमा आएको थिय...