नवलपरासी,९ भदौ
जिल्लाको सुनवल नगरपालिकाले चुरेमा रहेको ऐतिहासिक स्थल महलपोखरीमा सुनवल बजार देखी केबुलकार पुर्याउने लगानीकर्ताहरुको खोजमा लागेको छ । धार्मिक तथा पर्यटकिय स्थलमा सुनवल बजार देखी सहजरुपमा यात्रीहरुले यात्रा गर्न सकुन भनेर केबुलकार पुर्याउनका लागि लगानी गर्ने लगानीकर्ताहरुको खोजमा लागेको हो ।
प्राचिन सेन राज्यको दरबारको अवशेषहरु समेत रहेको उतm क्षेत्रका विगत बर्ष देखी नै मगर संस्कृतिको होम स्टे तालिम दिलाएर बनाउन लागिएको नगरप्रमुख(मेयर) विमला अर्यालले बताईन् । सोही डाडामा ध्यानकेन्द्र बनाउने गरि अहिले बजेट बिनियोजन गरिएको छ । पर्यटकिय पुर्वाधार बनाउनमा नगरपालिकाले लगानी गर्दै आएको छ,मेयर अर्यालले भनिन्, तर त्यहा सहजरुपमा पर्यटक पुग्नका लागि केबुलकार सञ्चालनका लागि ठूलै लगानी चाहिन्छ,त्यो भएर नीजि क्षेत्रका लगानीकर्तालाई नगरपालिकाले आह्वान गरेको छ,त्यसमा नगरपालिकाले समेत साझेदारी गर्न सक्छ । चुरे पहाड भएकोले सडक खन्ने र पहिरो जाने समस्या निरन्तर रहदै आएको छ । सडकयात्रा भन्दा केबुलकार सजिलो हुने र त्यसको लागन पनि उठाउन सक्ने कार्य सजिलो छ ।
लगानीकर्ताहरु आएमा आवश्यक लगानी र पहल नगरपालिकाले नै गर्ने उनको भनाई थियो । विगत दुई दशक देखी गाविस र जिबिसले महलपोखरीलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नमा लागेका थिए । महलपोखरी हुदै हुदै पाल्पासँग जोड्ने पहाडीमार्गको समेत परिकल्पना भई काम भई सकेको छ । पाल्पा देखी महलपोखरी,सुनवल हुदै महेशपुर नाका जोड्ने मार्गको माग हुदै आएको छ । मार्गका लागि धेरै पटक राष्ट्रिय स्तरमा कुरा उठेको छ,तर त्यस प्रति सरकारको उदासिनता नै देखिन्छ । महलपोखरीको मनमोहक दृष्यावलोकन गराउनका लागि यातायात सुविधा नै प्रमुख चुनौती छ । सडक पुर्वाधार पछि पुग्दै गरे पनि यदि सुनवल बजार देखी केबुलकार सञ्चालनमा ल्याउन सकिए पर्यटक तान्न सजिलो हुने थियो । केबुलकार एक आफैमा पर्यटकिय पुर्वाधार हो,उनले भनिन्,यसमा धेरै क्षेत्रको लागनी हुन सक्छ, सडकमा बरु बन जंगलका रुख विरुवा काट्नु पर्ने,घुमाउरो सडकले दुरी बढाउनुका साथै चुरे कमलो पहाडले जहिले पनि चुनौती थपिने अवस्था हो ।
तर केबुलकार जोड्न सकेमा सुनवल नगरपालिकासँगै नीजि क्षेत्र र नागरिकले समेत लगानी गर्ने अवस्था आउछ सक्छ । सो पुर्वाधारले नै एकै छिनमा गर्मि क्षेत्रबाट चिसो वातावरणमा पुग्न सकिने अवस्थाको सृजना गर्न सक्छ । जाडोमा पनि तराई मधेशमा शिललहर र कुहिरो लागेर महिनौ घाम देखिने अवस्था हुदैन्,तर त्यही महलपोखरी स्थानमा जहिले पनि घाम हुने अवस्था छ । पर्यटकका लागि तेश्रो मुलुकका पर्यटक थोरै आए पनि भारत उत्तर प्रदेश र विहार प्रदेशबाट धेरै पर्यटक आउने गर्छन् । जानका लागि कुरा राखे पनि आवश्यक यातायातका पुर्वाधार नभएका कारण महलपोखरीको भ्रमण गराउन सक्ने अवस्था छैन् । हिउँदमा सडकको मर्मत सम्भार र सफाई गरि सवारीसाधन सञ्चालनमा ल्याए पनि बर्षायाम लाग्ने वित्तिकै पहिरोले बाटो भत्काई हाल्छ, उनले भनिन् , त्यो भएर बर्षायाममा महलपोखरीको यात्रा गर्न समस्या छ । समुद्री सतह देखी करिब एक हजार मिटर उचाईमा रहेको सुनवल चोक देखी महलपोखरी ८ दशमलव २ किलोमिटर उत्तरमा छ । सुनवल चोक देखी परासी सदरमुकाम ९ किलोमिटर र सदरमुकाम परासी देखी महेशपुर भारतिय सिमा नाका ११किलोमिटर गरि कुल २८ किलोमिटर दुरी पार गरेर भारतिय पर्यटक सो स्थानमा जान सक्ने छन् । लगानीकर्ता आए पछि त्यसका लागि आवश्यक नीतिगत कार्य अगाडी बढाईने उनको भनाई थियो ।