Health Advertisement

सुस्ताको स्वास्थ्यचौकी मै भिडियो एक्सरे(अल्ट्रासाउण्ड) सेवा

नवलपरासी,९ भदौ
धेरै जसो अस्पतालमा मात्र भिडियो एक्सरे(अल्ट्रासाउण्ड) मात्रै सञ्चालन हुदै आए पनि जिल्लाको सुस्ता गाउपालिकाले गाउपालिका भित्रको स्वास्थ्य चौकीबाट नै अल्ट्रासाउण्डको सेवा दिने भएको छ । विहिवार गाउपालिकाले कुडिया स्वास्थ्यचौकीलाई अल्ट्रासाउण्ड सेवा सञ्चालनका लागि अल्ट्रासाउण्ड मेसिन उपलब्ध गराए पनि स्थानियबासीले सो सेवा पाउने भएका हुन् ।


जिल्लाकै दुर्गम क्षेत्रको रुपमा रहेको सुूस्ता गाउपालिकाका विरामीहरु ति सेवा लिनका लागि १० देखी १५ किलोमिटर दुरीमा सेमरी,वर्दघाट र परासी पुग्नु पर्ने बाध्यता थियो । तर गाउकै स्वास्थ्यकर्मीलाई तालिम दिलाएर एक्सरे मेसिन सहित उपलब्ध गराए पछि सुस्ताबासी गाँउमै ति सेवा पाउने गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पौडेलले जानकारी गराए । खास गरि पश्चिम गर्भवती महिलाहरुलाई लक्षित गरि अल्ट्रासाउन्डद्वारा निशुल्क गर्भ परिक्षण सेवा सुरु गरिएको छ,प्रमुख प्रशासकिय अधिकृत पौडेलले भने, तर अन्य विरामीलाई पनि सहुलियतमा सो सेवा उपलब्ध गराईने छ । दुई बर्ष पहिला नै गाउपालिकाले तत्कालिन प्रधानमन्त्री केपी ओलीले एकै पटक धेरै गाउपालिकामा अस्पतालको शिलान्यास गरेको भए पनि अहिले अस्पताल बन्न नसकेर अस्पतालका सेवा पाउन सुस्ताबासीलाई समस्या नै थियो ।


अहिले सम्म ठेक्का लिएका ठेकेदारले काम शुरु नै गरेको छैन्,उनले भने, अस्पताल पर्खने हो,भने धेरै समय लाग्न सक्छ,धेरै गर्भवती महिलाले सेवाबाट पनि बन्चित हुन सक्छन् । अस्पताल निर्माणको पर्खाई भन्दा पनि भएको स्वास्थ्य चौकी र उपलब्ध स्वास्थ्यकर्मीलाई तालिम शिप दिलाएर जनताको सेवा गर्ने गरि यस्तो योजना बनाइएको गाउपालिका अध्यक्ष टेकनारायण उपाध्यायले बताए । अस्पताल बन्दै गर्छ,तर जनताले पाउने आधार भुत सेवा स्वास्थ्यचौकीबाटै दिने गरि स्वास्थ्य चौकीलाई भिडियो एक्सरे उपलब्ध गराइयो । यसको सहि सदुपयोग गर्न पर्यो, जनताले धेरै भन्दा धेरै सेवा पाउनु पर्यो । अझै आवश्यक उपकरण उपलब्ध गराउनमा गाउपालिका पछि नपर्ने उनको भनाई थियो । आधारभुत स्वास्थ्य सेवा संविधानकै अनुसुचीमा स्थानिय तहले उपलब्ध गराउने उल्लेख छ । त्यही अनुसार स्वास्थ्यचौकीमा दक्ष स्वास्थ्यकर्मीको उपलब्धता सहित आवश्यक स्वास्थ्य उपकरणको ब्यवस्थापन गर्दै जाने गाउपालिकाको नीति रहेको छ ।
यसमा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत पौडेलको क्रियासिलता पनि रहेको थियो । अधिकृत पौडेल सरावल गाउपालिकामा हुदा पनि अस्पताल भन्दा स्वास्थ्यचौकीलाई नै सुविधासम्पन्न र दक्ष स्वास्थ्यकर्मीको परिचालन गरेर स्वास्थ्य क्षेत्रमा नुमना कार्य गरेका थिए । गाउपालिकाकै ७ वटा स्वास्थ्यचौकी मध्ये ४ वटा स्वास्थ्यचौकीमा प्याथोलोजि(प्रयोगशाला र बर्थिगँ सेन्टर सञ्चालनमा ल्याएका थिए । प्याथोलोजि सेवासँगै घुम्ति रुपमा मेडिकल अधिकृत पनि परिचालन गरेका थिए । अहिले त्यस्तै अभियान अधिकृत पौडेलले सुस्ता गाउपालिकामा पनि भिडियो एक्सरे उपलब्ध गराएर शुभारम्भ गरेका छन् । अस्पताल बन्ला तर आधारभुत सेवाको पहिलो आधार स्वास्थ्यचौकीहरु नै हुन्,भन्ने मान्यताले स्वास्थ्यचौकीहरुमा उपकरण र दक्ष स्वास्थ्यकर्मी उपलब्ध गराएर सेवा प्रदान गरिएमा धेरै जनता लाभान्वित हुनेमा उनको विश्वास छ ।
अस्पतालले आकस्मिक सेवा दिने र विरामी भर्ना गरि स्वास्थ्यकर्मीको निगरानीमा उपचार गर्नु अधिक्तम सेवा हो,अधिकृत पौडेलले भने, तर स्वास्थ्यचौकीमा पनि आकस्मिक सेवा बाहेक जनस्वास्थ्य सहितको सेवा दिन सकिए आकस्मिक सेवालाई पनि सहज बनाउन सक्ने छ । अगामी दिनमा अन्य स्वास्थ्यचौकीहरुमा पनि यस्ता उपकरणहरु उपलब्ध गराउदै जाने बताएका थिए । पालिकाको यस्तो अभियानले सुस्ताबासी उत्साही भएको बताएका थिए ।

विज्ञापन


सुस्ताका गर्भवती महिलाहरुले भिडियो द्वारा आफ्नो गर्भ परिक्षण गर्न गोपिगन्ज,परासी,बुटवल र भारत लगायतका ठाउँमा गएर गर्भ जाच गराउन आवतजावत गर्दा गर्भवती महिलाहरुले विभिन्न समस्याहरु भोग्न परेको हुदा पालिका भित्रका सम्पुर्ण गर्भवती महिलाहरुलाई निशुल्क रूपमा भिडियो द्वारा अर्थात अल्ट्रासाउन्ड मेसिनबाट गर्भ जाच सेवा सुचारु गरिएको सुस्ता गाउँपालिकाका अध्यक्ष उपाध्यायले भनाई थियो । अध्यक्ष उपाध्यायले अब हाम्रो पालिका भित्रका महिला दिदीबहिनीहरुले गर्भवती भएको अवस्थामा अन्य स्थानमा जानुपर्ने समस्या हल हुने र पालिका भित्रका गर्भवती महिलाहरु निर्धक रूपमा कुडिया स्वास्थ्य चौकीमा आएर निशुल्क गर्भ जाच गराएर सेवाको भरिपूर्ण रूपमा फाइदा लिनका लागि आग्रह समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *