रामग्राम नगरपालिकाको आफ्नै अस्पताल खोल्ने

नवलपरासी,८ भदौ
जिल्लाको रामग्राम नगरपालिकाले आफ्नै अस्पताल बनाउने योजना अगाडी सारेको छ । सदरमुकाम परासीमा रहेको जिल्ला पृथ्वीचन्द्र अस्पतालले नगरपालिकासँग गर्ने समन्वय,उत्तरदायित्व र सुचना प्रणालीमा समेत गैरजिम्मेवारीपुर्ण काय गर्ने भएकोले नगरपालिकाले आफ्नै अस्पताल खोल्ने योजना बनाउन थालेको हो ।
बेला बेला नगरपालिका भित्रका स्वास्थ्य संस्थाहरुले अस्पतालको कार्यशैली प्रति असन्तुष्टि ब्यतm गर्दै आएको थियो । बुधवार पनि नगरपालिकामा आयोजित पालिका स्तरिय आब २०७८/०८९ को पोषण कार्यक्रमको समिक्षा कार्यक्रममा उपस्थित स्वास्थ्य सस्थाकाका स्वास्थ्यकर्मीहरुले अस्पतालको कार्यशैली प्रति असन्तुष्टि ब्यत गरेका थिए । स्वास्थ्य संस्थाहरुले रिफर गरेका विरामीलाई वेवास्ता गर्ने र नगरपालिकालाई अस्पतालले गर्ने स्वास्थ्य ब्यवस्थापन सुचना प्रणाली(एचएमआईएस) मा रिपोर्टिगँ नगरिदिने,डाटा भरेर नपाईदिने गर्दा नगरपालिकाको स्वास्थ्य उपलब्धीमा असर पाने गरेको एक स्वास्थ्यकर्मीले आक्रोस पोखेका थिए । स्वास्थ्य सस्थाबाट उपचार हुन नसक्ने वा अस्पतालबाट पाउने निशुल्क सेवाहरु बेलामा नपाउने गर्दा स्वास्थ्य सस्थामा आउने विरामीहरुले स्वास्थ्यकर्मीलाई गुनासो गर्नेै गरेका छन्,उनले भने, यता एचएमआईएस रिपोर्टमा उल्लेख नहुदा स्वास्थ्य सेवा विभागमा प्रतिवेदन पठाउदा समस्या हुने गरेको छ ।
अस्पतालको अस्तब्यस्तताले नगरपालिकाको स्वास्थ्य सुचनामा समस्या देखिने गरिएको छ । समान्य नागरिकले अस्पताल पनि नगरपालिका भित्र पर्ने हुदा अस्पतालको गुनासो स्वास्थ्य सस्थामा गर्ने गर्छन् । अस्पतालले नगरपालिकाका स्वास्थ्य सस्थाहरुलाई कुनै गणनामै राख्दैन् । लुम्बिनी प्रदेश अन्तरगत रहेको पृथ्वीचन्द्र अस्पताल विगत बर्ष देखी रिफर सेन्टरको रुपमा रहेको छ, स्वास्थ्य सस्थाका विरामीलाई त्यही रिफर सेन्टरमा रिफर गरेर के काम ? रिफर गर्दा अस्पतालको रवैया हेरेर विरामी सिधै अ आफ्नो सुविधा अनुसार भैरहवा र बुटवल जाने गरेका छन् । त्यसले गर्दा एचएमआईएसमा समस्या देखिनु स्वभाविक भएको स्वास्थ्यकर्मीहरुको भनाई थियो । अस्पतालको बदनामीले नगरपालिकाका स्वास्थ्य सस्था पनि उस्तै भनेर आरोप लाग्ने गरेको छ । जबकी अस्पतालमा छुट्टै ब्यवस्थापन समिति छ । अस्पताल आफ्नै तरिकाले सञ्चालन हुने गर्छ । चिकित्सा क्षेत्रका अधिकाँश स्वाथ्यकर्मीहरु भएकोले जनस्वास्थ्य र स्वास्थ्य शिक्षा र सुचनाको मर्म बुझ्नै सक्दैनन । गैरजिम्मेवार अस्पतालका कारण नगरपालिकाले चिकित्सा सेवाका लागि आफै सोच्नु पर्ने समेत उनिहरुको राय थियो ।
पृथ्वीचन्द्र अस्पताल नगरपालिका भित्रै पर्ने भएको हुदा छुटटै नगरपालिकाको अस्पतालमा लगानी गर्नु भन्दा त्यही अस्पतालमा नगरपालिकाबाट पनि बजेट पठाउने गरिएको नगरपालिकाका नगरप्रमुख(मेयर) धनपत यादवले बताए । तर यस्तो स्वास्थ्यकर्मीहरुको गुनासो आएका कारण अब नगरपालिका आफैले अस्पताल खोल्ने सोच बनाउने उनले जानकारी गराए । अस्पतालको यस्तो गैरजिम्मेवार रवैया नगरपालिकाले कहिलेसम्म झेल्ने ? उनले प्रश्न गर्दै भने, सबै वार्ड अध्यक्ष र कार्यपालिकामा पहिला अस्पतालबारे कुरा राख्छु, सबै वार्डअध्यक्षहरुलाई लिएर प्रदेश सरकारसँग एक पटक छलफल गर्छु । प्रदेश सरकारले पृथ्वीचन्द्र अस्पतालको सञ्चालन ब्यवस्थानको जिम्मेवारी नगरपालिकालाई दिन तयार भयो भने,यहिँ अस्पताललाई ब्यवस्थित गरिन्छ,होईन भने नगरपालिकाले आफ्नै १५ सैयाको अस्पताल सञ्चालनमा ल्याउनका लागि निर्णय गर्छ ।

विज्ञापन


१५ सैयाको अस्पतालसम्मको स्वास्थ्य सस्था खोल्न अनुमति दिन र आफै सञ्चालन गर्न सक्ने नगरपालिकालाई कानुनी अधिकार छ । पहिला प्रदेश सरकारसँग समन्वय गरेर नै अस्पतालको सुधार र ब्यवस्थापनका लागि पहल गरिन्छ,मेयर यादवले थपे, होईन भने नगरपालिकालाई अस्पताल खोल्न कुनै समस्या छैन् । नगरपालिकाको आफ्नै अस्पताल खोलिन्छ । १८ वटा वार्ड भएको जिल्लाकै ठूलो नगरपालिका पनि हो । नगरपालिकासँग अस्पताल र चिकित्सक भए पछि नगरपालिका भित्रका अन्य सामुदायिक तथा निजी स्वास्थ्य सस्थाहरुको अनुगमन नियमन,अनुमति,स्वीकृति र एचएमआईएस रिपोटिगँ पनि सजिलो हुने मेयर यादवको भनाई थियो । भैरहवा भुमही बन्दरगाहमार्ग,हुलाकी राजमार्गसँगै जोडिएको नगरपालिकाको पश्चिमी क्षेत्रको वार्ड नं.१६ हकुई क्षेत्रमा अस्पताल वा ट्रमा अस्पताल बनाउने माग पनि विगत बर्ष देखी स्थानियले उठाउदै पनि आएका छन् । मेयर यादवको चुनावी प्रतिवद्धतापत्रमा पनि नगरपालिकाको छुटटै अस्पताल बनाउने कुरा पनि उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *