समाजिक सुरक्षा भत्ता वार्ड मै बाड्ने तयारीका लागि रामग्राम नपाले बैंकहरुलाई गर्यो ताकेता

राज्यबाट समाजिक सुरक्षा भत्ता पाउनेलाई वार्ड र टोलमै रकम बुझाउने योजनाका साथ रामग्राम नगरपालिकाकाले सम्बन्धित बैंकहरुलाई ताकेता गरेको छ । आउदो असोज महिनामा समाजिक सुरक्षा भत्ता वितरण गर्ने भएकोले त्यसको तयारी के कस्तो भएको भन्ने बारे सम्बन्धित बैंक्हरुलाई नगरपालिकाले ताकेता गरेको हो ।
गत साउन २० गते नगरक्षेत्र भित्रका जेष्ठनागरिकको समाजिक सुरक्षा भत्ता वार्ड र टोलमा नै गएर बाड्नका लागि नगरपालिकाका मेयर धनपत यादवले सबै बैंकको बैठक बोलाएका थिए । बैठक पछि नगरपालिकाले बंैंकहरुलाई औपचारिक लिखित पत्र पनि दिई सकेको छ । तर त्यसको तयारीबारे बैंकहरुले अझै अन्योलता ब्यतm गर्ने गरिए पछि पुनः ताकेतापत्र पठाइएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्काले बताए । गाउ गाउबाट समाजिक सुरक्षा भत्ता बुझ्न सदरमुकाम धाउदै आएका जेष्टनागरिकहरुको समस्यालाई सम्बोधन गर्न बैंकहरु वार्डमै पुगेर भत्ता बाड्ने प्रकृयाको थालनी गर्ने गरि बैंकहरुको बैठक बोलाएर जानकारी गराइएको थियो । बैंकहरुले त्यसका लागि पत्रमार्फत जानकारी गराउन भनेका थिए । नगरपालिकाले ति काम पनि गरिसकेको छ, उनले भने, अब बैंकहरुले आफ्नो केन्द्रिय कार्यालयबाट खासै कुनै निर्देशन नआएको प्रतिकृया दिए पछि केन्द्रिय कार्यालयलाई नै पत्र लेख्दै सम्बन्धित शाखालाई बोदार्थ पठाउन लगाइएको अधिकृत खड्काले बताए । बाड्न नसकिने हो भने त्यसको जानकारी बेलामै नगरपालिकालाई सम्बन्धित बैंकले गराईदिन पर्यो,उनले भने, ति बैंकमा रहेका सबै जेष्ठनागरिकको खाताहरु वार्डमा गएर सेवा दिने बैंकमा सारिदिन्छौ । त्यसका लागि पनि केही बैंकहरु नगरपालिकाको सम्पर्कमा छन्,उनले थपे, तर पहिलो प्राथमिकता जुन बैंकले अहिलेसम्म भत्ता वितरण गर्दै आएका थिए,तिनै बैैंकलाई छ । वार्डमा गएर वितरण गर्न सकिदैन भने सहजै भनिदिन पर्यो ।
समाजिक शुरक्षा भत्ता सबै बैकिँक प्रणालीमा मार्फत भुतmानी हुने र बैकहरु सबै सदरमुकाम परासी बजारमा रहेको हुदा जेष्ठनागरिक,अशतm,अपाँग,विधवा,दलित,लोपोन्मुख लगायतका बर्गलाई रकम बुझ्न निकै समस्या झेल्नु परेको हुदा नगरपालिकाले यस्तो गर्न लागेको हो । बैकमा चेक साट्नका लागि विहानै वृद्धवृद्धा बैंक अगाडी घामपानीमा बस्ने गरेको देखियो,उनले भने,राज्यले सम्मान वापत दिइने रकम बुझ्ने प्रकृयामा अपमानित र सास्ती भोग्नु पर्ने अवस्था पाइयो । त्यही भएर बैंकहरुले के कसरी ? वार्ड र टोलमा गएर भत्ता वापतको रकम बुझाउन सक्छन भनेर बैठक बोलाई जानकारी गराइएको थियो । चुनावी घोषणापत्रमा समेत मेयर यादवले समाजिक शुरक्षा भत्ता वार्ड र टोलमै पुर्याउन ब्यवस्था मिलाउने उल्लेख गरेका थिए । अहिले घोषणापत्रमा उल्लेखित कार्य आफ्नो कार्यकालमा पुरा गर्ने गरि योजना कार्याक्रम अगाडी सारेका छन् ।
जेष्ठनागरिकको रकम आ आफ्नो बैंक मार्फत बुझाउन खाताका लागि पहिला नगरपालिका धाउने खाता खोले पछि जेष्ठनागरिकले रकम लिन दुःख पाउने समस्या प्रति गम्भिर नभईदिने बैंक प्रति नगरपालिका उद्धार हुन सक्नदैन् । जेष्ठनागरिकलाई सर्बोत्तम सेवा दिनु मेयर यादवको लक्ष्य थियो । नगरपालिकाले समाजिक शुरक्षा वापतको रकम त्रैमासिक रुपमा प्रत्येक त्रैमासिक ४ करोड ६१ लाख ३८ हजार ४ सय ५६ रुपियाको हिसाबले रकम बैंकहरुलाई छोड्ने गरेको छ । यसरी बार्षिक १८ करोड ४५ लाख ५३ हजार ८ सय २४ रुपिया हुन्छ । यतिको रकम चलाउदा पनि बैंकहरुले सेवा दिन आनाकानी गर्न हुदैन ।
रामग्राम नगरपालिकामा ७० बर्ष माथिका जेष्ठनागरिक २ हजार २ सय २४ जना रहेका छन् । त्यसैगरि दलित जेष्ठनागरिक ४ सय ८९ जना, एकल महिला जेष्ठनागरिक ५ सय १७ जना,विधवा आर्थिक सहायता पाउने ७ सय ४९ जना,पुर्ण अपाँगता क बर्गमा पर्ने २ सय २९ जना,अति अशतm अपाँगता ख बर्ग का २ सय ७८ जना,दलित बालबालिका ६ सय ६७ जना र लोपोन्मुख जनजाती १ सय ४३ गरि कुल ५ हजार १ सय ६८ जनाले समाजिक सुरक्षा भत्ता पाउदै आएका छन् । ११ वटा बिकास तथा बाणिज्य बैंकहरु मार्फत समाजिक सुरक्षा वितरण हुदै आएको रामग्राम नगरपालिकाममा १८ वडा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *