नवलपरासी क्षेत्र नं. १ का जित्ने सांसदद्धय मन्त्रि बने, सडक बनेन

नवलपरासी,
जिल्लाको पुर्वि क्षेत्रका साँसद र प्रदेश साँसद मन्त्रि बने तर सो क्षेत्रको सडक नबनेको गुनासो स्थानियबासीले गरेका छन् । जिल्लाको निर्वाचन क्षेत्र नं.१ साँसद हृदेश त्रिपाठी संघिय मन्त्री बने क्षेत्र नं.१(ख)का प्रदेश साँसद अजय बहादुर शाही प्रदेश सरकारका मन्त्री भए पनि सोही क्षेत्रको प्रमुख सडक महेशपुर —त्रिवेणी सडक जिर्ण सडक बन्न नसकेको गुनासो गरेका हुन् ।
चुनावको बेला घरदैलोमा पुग्ने र विभिन्न आश्वासन बाड्ने नेता जितेर गए पछि गाँउका घरदैलो बिर्सने र आफ्नै दुनो सोच्याउनमा ब्यस्त हुने गरेको आरोप स्थानियको छ । यसको प्रत्यक्ष उदाहरण हुन सोही क्षेत्रका दुई साँसद त्रिपाठी र शाही । आफ्नो बलबुतोमा जित्न नसक्दा एमालेको बैशाखी लिए र त्यसको आडमा साँसद बने पछि विभिन्न तिगडम गरि दुबै जना मन्त्री पनि भए तर जनताले जनताको आधार भुत सडक मर्मत हुन नसकेन् । जिर्ण बन्दै गएको छ । विगत बर्षमा सर्वदलिय प्रतिनिधिहरु हुदा बरु तत्कालिन जिविसबाट निर्णय गराएर परियोजना मार्फत सडकलाई ओटासिल गराएका थिए । जिविस खारेज भए पछि सो सडकको मर्मत सम्भार पुर्ननिर्माण कस्ले गर्ने ? बारे पनि अन्यौलता छ । स्थानिय तहमा नपर्ने उतm सडक कि संघ सरकार र कि प्रदेश सरकारको स्वतः जिम्मेवारी हो,तर यसै क्षेत्रका दुबै मन्त्रि रमितेमै दिन विताए,सडक प्रति वास्ता नगर्दा अहिले सो सडक वेवारिसे भएको स्थानिय ४१ बर्षिय अंगद कुमार यादवले बताए ।
चुनाव आउदा नेता लम्पार पर्छन् भोट माग्छन्,नानाथरी आश्वसन दिन्छन्,तर चुनाव सकेर गए पछि नाक मुख देखाउदैनन् । जनतालाई पनि बाध्यता छ,उनले भने, कसलाई विश्वास गर्ने ? कस्लाई नगर्ने ? कसै न कसैलाई मोट हाल्नै पर्छ । जनताको बाध्यता हो,जनताको बाध्यतालाई नेताले अवसरको रुपमा लिने गरेका छन् । जनता त जन्तु नै भए,मानवियता हराएका नेताहरुको दृष्टिमा उनले दुखेसो पोखे । तत्कालिन जिबिसले एक दशक अगाडी सन २०१२ साल विश्व बैंकको सहयोगमा ग्रामिण पहुँच सुधार तथा विकेन्द्रकरण परियोजना(आए ए आई डिपि) अयोजना मार्फत साढे ८ किलो मिटर सडकमा माटो पुर्ने,सडक ग्राभेल गरि ओटासिल गर्ने काम मात्र गरेको थियो । ओटासिल गरेको उक्त सडक दुई चार बर्ष धुलो मुक्त बनायो, तर पछि मर्मत सम्भार गर्ने निकाय नहुदा सडक भत्किएर फेरी ग्राभेलमा परिणत भएको छ । सडकमा आवत जावत गर्न समस्या भएको गुनासो यादवको थियो ।
शहरी क्षेत्रमा सडक बनेको बनेका छन्,उनले दुखेसो पोखे,गाँउका बासिन्दालाई कस्ले हेर्ने ? नेता चुनावमा मात्र देखिन्छन्,चुनाव सके पछि शहरीया बनि हाल्छन् । सडकको बेहाल छ । अहिले पनि यो सडक बनाउने आश्वास दिने त गरेका छन् । पहिला पनि आश्वास दिएका थिए । पाँच बर्ष आश्वास मै सिमित रह्यो । सडक बनेन,दुबै साँसद मन्त्रि बने । एमालेको चुनाव चिन्ह लिएर चुनाव जितेका त्रिपाठी संघिय मामिला मन्त्री भए अर्बौको बजेट चलाए,तर त्यसमा अटेन यो सडक । एमालेकै चुनाव चिन्ह लिई लुम्बिनी प्रदेश साँसद बनेका अजय बहादुर शाही अहिले पनि उद्योग मन्त्री नै छन् । दुबै जना अहिले पनि चुनाव लडेका छन् । जनतासँग भोट माग्दै छन् । काम नगरेकोमा ति नेतालाई लज्जाबोध पनि छैन् ।
मधेश केन्द्रित राजनीति गरेर वि.सं.२०४८ साल देखी नै लगातार साँसद हुदै आएका त्रिपाठीलाई २०७० सालमा सो क्षेत्रका जनताले धुलो चटाएका थिए । त्यसैको भयले उनी २०७४ सालमा एमालेको सुर्य चुनाव चिन्ह लिएर स्वतन्त्र राजनीतिक समुह भनेर चुनाव लडेका थिए । अहिले आफ्नै जनता प्रगतिशिल पार्टी दर्ता गराए पनि एमालेकै समर्थनमा फेरी चुनावमा आएका छन् । तर विगत जस्तो अहिले चुनाव उनलाई सहज नभएको स्थानिय बताउछन् । छलछाम र मन्त्रमुग्द बनाई भोट बटुल्ने चतुर्याई चल्नेमा अहिले चुनौती नै छ । किनकी उनको प्रतिस्पर्धामा नेपाली काँग्रेसले अर्बपति उद्योगपति बिनोद चौधरीलाई उमेदवार बनाएको छ । विगतको ब्यवहार र प्रतिप्रर्धीको प्रहार उनलाई भारी पर्नेमा स्थानियको अनुमान छ ।
नवलपरासी क्षेत्र नं.१ को प्रतिनिधिसभामा सरकारी सत्ता गठबन्धन विथोलिएको हुदा केहीले पुनः त्रिपाठी नै आउने अडकलबाजी पनि गरिरहेको अवस्था छ । सो क्षेत्रमा नेपाली काँग्रेस एक्लै चुनाव लडेको देखिन्छ । जस्मा प्रतिनिधिसभा सदस्य चौधरी र प्रदेश सभा सदस्यमा (क)बाट विश्वप्रेम पाठक र (ख)बाट देवकरण(सन्तु) कलवार छन् । आर्को तर्फ एमालेको समर्थनमा प्रतिनिधिसभा सदस्य त्रिपाठी र प्रदेश सभा सदस्य(क)मा एमालेका उमेदवार पुण्य प्रसार पौडेल र (ख)बाट एमालेकै दिपक राज शर्मा उमेदवार छन् । सो क्षेत्रमा त्रिपाठी र चौधरी आमुने सामुने प्रतिस्पर्धा देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *