समाजिक सुरक्षा सेवा प्रभवाकारी बनाउन परिचयपत्र

नवलपरासी,
जिल्लाको सुस्ता गाउपालिकाले समाजिक सुरक्षा कार्यलाई प्रभावकारी बनाउन बेला बेला निवेदन संकलन गरि अपाँग परिचयपत्र बितरण कार्य गराउदै आएको छ । अपाँग परिचयपत्र प्राप्त गरे पश्चात उनीहरुले पाउने समाजिक सुरक्षा भत्ता र अन्य सेवा सुविधा पाउने हुदा सो कार्यलाई प्राथमिकतामा राखि काम गरिने गरिने गरिएको हो ।
सरकारबाट पाउने सेवा सुविधाका लागि अपाँग परिचयपत्र आवश्यक पर्ने भएको हुदा सेवा प्रवाह पुर्व नै निवेदन संकलन गरि महिला बालबालिका तथा समाजिक विकास शाखा मार्फत गाउपालिकामै अपाँग परिचयपत्र बनाउने गरिएको छ । निवेदन संकलन भए पछि चिकित्सकलाई गाउपालिकामै बोलाएर सिफारिस गराउने र परिचयपत्र वितरण गर्ने कार्य भई रहेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पौडेलले बताए । अपाँगलाई सेवा सुविधा प्रवाह गर्नका लागि परिचयपत्र आवश्यक पर्छ,उनले भने, त्यही भएर बेला बेला चिकित्सक गाउपालिकामै बोलाएर चेक जाँच गराउने र परिचयपत्र वितरण गर्ने कार्य गर्दै आएका छौ ।
सपाँग आफै सक्षम भए पनि अपाँगहरु आफै ति कार्य गर्न सक्षम हुदैनन्,उनले थपे, त्यही भएर गाउपालिकाले नै चाँसो लिएर अपाँग परिचयपत्र बितरण गराउने गर्छ । जेष्ठनागरिक तथा अन्य क्षेत्रका समाजिक सुरक्षा भत्ता पाउने नागरिक वार्डबाट सिफारिस लिएर आउने गर्छन् । उनीहरुको लागि नियमित रुपमा परिचय पत्र बन्ने गरेको छ । तर अपाँगता भएका ब्यतिmलाई चिकित्सकको चेकजाँच सिफारिस आवश्यक पर्छ । त्यसका लागि निवेदन संकलन भए पछि एकै पटक वितरण गरिदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *