भक्सिपुरको ‘होचो पुल’ सांसद कण्डेलमाथि प्रश्न

नवलपरासी,
जिल्लाको पाल्हीनन्दन २ स्थित झरहीखोला भक्सिपुरको होचो पुल अहिले चुनावी ऐजेण्डा बन्न थालेको छ । विगत तिन दशक देखी उतm होचो पुलको विकल्पमा नयाँ पुल किन बन्न सकेन ? भनेर स्थानियले सो पुललाई अहिलेको चुनावी मुख्य एजेण्डा बनाउन थालेका हुन् ।
समाजिक सञ्जाल देखी घरदैलोमा भोट माग्न आउने राजनीतिक दलको नेता तथा उमेदवारसँग कहिले बन्छ ? पुल भनेर प्रश्न गर्न थालेका छन् । जिल्लाकै प्रमुख महेशपुर नाकासँग जोड्ने उतm पुल सम्भवतः पुर्व पश्चिम राजमार्ग बन्दाको समकालिन पुल हो । अहिलेसम्म पनि सोही पुलले भारतिय बजार ठूठीबारी जाने र राजमार्गसँग जोड्ने सुनवल—परासी—महेशपुर सडकको सबै भन्दा पुरानो र लामो पुल हो । जमिनको सतह देखी पनि करिब डेढ मिटर होचो पुल छ । बाढीको बेला आवागन बन्द प्राय हुने गरेको छ । जोखिम मोलेर स्थानियहरु बाढी र बर्षायाममा आवत जावत गर्ने गरेका छन् । पुलको निर्माण हरेक चुनावको बेला उठ्ने गरेको छ । चुनावको बेला पुल अग्लो बनाउने प्रतिवद्धता नेता तथा उमेदवारले गर्ने तर चुनाव जितेर गए पछि विर्सने गरेको आरोप स्थानिय ७२ बर्षिय स्थानिय रामवृक्ष धोबीले बताए ।
चुनावको बेला सबैले आश्वास दिने तर चुनाव सके पछि पुलको कुरा विर्सने गरेका छन्, पाल्हीनन्दन २ मुडेरा घर भएका धोबीले पुल देखाउदै भने,अहिले फेरी चुनाव आएको छ,जितेका उमेदवारसँग स्थानियले यहिँ प्रश्न फेरी दोहर्याउदै छन् । पुल फेर्न नेता र दल नै फेर्दा हुन्छ ? कि तिनैबाटै हुन्छ ? यसले अन्यौलता पनि केही स्थानियमा रहेको उनको भनाई थियो । भन्ने बेला त सबैले बनाउन लगाउछौ भन्छन्,तर अन्तमा सबै नेता उस्दै देखिन थालेका छन् । पुल होचो हुदा सास्ती त जनतालाई मात्रै होईन्,नेतालाई पनि हुन्छ,तर किन नेता र साँसदले यो कुरा बुझ्दैनन् ? उनले दुखेसो पनि पोखे । बर्षायाममा कतिपयलाई ब्यतिmलाई बगाएर खोलाले क्षति पनि पुर्याएको छ । बालबालिकालाई झन सास्ती हुने गरेको धोबीले बताए । होचो पुलले पालिका जिल्लाबासी मात्रै होईन,पाल्हीनन्दन वार्ड नं.२ का केही बस्तीका बासिन्दा समेत आफ्नै वार्ड कार्यालय पुग्न सास्ती बेहोर्न परेको छ ।
पुल नै एजेण्डा बन्ने गरेको सोही क्षेत्रमा पुगेका पुर्व रक्षाराज्य मन्त्रि रामबच्चन यादवले पनि सुनाए । २०६४ सालको संविधानसभा सदस्यमा आफु एक पटक यसै क्षेत्रबाट चुनाव जितेको थिए,उनले भने, त्यो बेला सडकको चौडाई बढाउन लगाइएको थियो,सडक फराकिलो पनि भएको थियो । पुलको कुरा पनि आफुले तत्कालिन विजय कुमार गच्छेदारसँग राखेको तर पछि सरकारबाट गच्छेदार हटे,आफु पुनः जित्न सफल भइन् । उनले भने, तर यसै क्षेत्रबाट २०५१ साल देखी निरन्तर राजनीतिमा रहेका पुर्व गृहराज्य मन्त्रि देवेन्द्र राज कण्डेल अहिले पनि साँसद नै थिए,उनको जिम्मेवारीमा थियो । तर उनले वेवास्ता नै गरेको आरोप उनले लगाए । महेशपुर उनको गाँउ नै हो,यादवले भने,उनी यसै क्षेत्रबाट चार पटक साँसद बनेका छन्,गृहराज्य मन्त्रि पनि भए,अहिले सत्तामा पनि थिए । उनले आफ्नै गाँउको पुल बनाउन नसक्नु उनको असक्षमता पनि भएको दाबी यादवले गरेका थिए ।
कण्डेल मात्र होईन उनकै दलबाट लुम्बिनी प्रदेश साँसद जितेका बैजनाथ जैसवालले समेत यो पुल प्रति वेवास्ता गरेको भनाई पुर्वमन्त्रि यादवको थियो । मुखले केही बोल्ने गर्ने बेला अरु नै गर्ने दुई जिब्रे नेताका कारण स्थानियले दुःख पाएको उनको भनाई थियो । बरु नेकपा एमालेको सरकार हुदा महेशपुर भन्सारलाई स्तरोन्नती गरि ठूलो भन्सार बनेको थियो । तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडा भन्सारको उदघाटन गर्ने बेला सडक पुर्वाधारको कुरा उठेको थियो । सायद त्यही सरकार हुदा यो पुल सम्बोधन पनि हुन सक्थ्यो,तर सरकार नै नभए पछि सम्बोधन हुन सकेन् । अहिले राजपामा रहेका पुर्व मन्त्री यादव र नेकपा एमालेको गठबन्धन बनेको छ । यो गठबन्धनलाई स्थानियले चुनाव जिताए पहिलै बर्षमा यो पुललाई प्राथमिकतामा राखि अग्लो बनाउने कार्य हुन सम्भव भएको मन्त्री यादवले दाबी गरे ।
नवलपरासी क्षेत्र नं.१ (ख) मा सो होचो पुल पर्ने गरेको छ । सो क्षेत्रबाट लुम्बिनी प्रदेश सभा सदस्यमा राजपाबाट धरेन्द्र यादव र प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका दिपेन्द्र अधिकारीको सो क्षेत्रमा राजपा एमाले गठबन्धन उमेदवारी छ । राप्रपा लोसपा गठबन्धनले प्रदेशसभा सदस्यमा लोसपाका नगेन्द्र अग्रहरी र प्रतिनिधिसभा सदस्यमा धु्रव बहादुर प्रधानको उमेदवारी छ । त्यसै गरि सरकारी गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकै प्रदेशसभा सदस्यमा बैजनाथ जैसवाल र प्रतिनिधिसभा सदस्यमा पुनः देवेन्द्रराज कण्डेलकै उमेदवारी रहेको छ । यो क्षेत्रमा त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *