कातिक पुर्णिमाको अवसरमा अनोमाघाट(ठाढीघाट)मा “हजार बत्ति बाल्ने” कार्यक्रम

नवलपरासी,
जिल्लाको सुस्ता ५ स्थित गण्डकी (प्राचिन अनोमा नदी) स्थित बौद्ध तिर्थ स्थलको रुपमा पहिचान बनाउदै आएको अनोमाघाट (ठाढीघाट) मा हजार बत्ति बाल्ने कार्यक्रम गाउपालिकाले गर्ने भएको छ । परापुर्वकाल देखी कातिक पुर्णिमामा मेला लाग्दै गएको तर पछिल्लो समय बौद्ध तिर्थ स्थलको रुपमा अनोमाघाट त्यही भएको घोषणा पश्चात बौद्ध मान्यता अनुसारका कार्यक्रम थपिने क्रममा यो बर्ष देखी पुर्णिमाको साझ हजार बत्ति बाल्ने कार्यक्रम राखिएको गाउपालिकाले जनाएको हो ।
नेपालको बोधगायको रुपमा संसार भरि चिनाउने उदेश्यले गाउपालिकाद्धारा विभिन्न कार्यक्रम हुदै आएको छ । अहिलेको कातिक पुर्णिमा बौद्ध मान्यता अनुसार धेरै महत्वपुर्ण दिन रहेकोले त्यसलाई ब्यापकता दिनका लागि हजार बत्ति बाल्ने कार्यक्रम आयोजना गरिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । कातिक पुर्णिमा कातिक २२ गते परेको छ । यसका लागि गाउपालिकाबासीलाई सो घाटमा पुगेर बत्ति बाल्ने कार्यक्रममा सहभागि हुनका लागि आह्वान गरिएको छ, प्रमुख प्रशासकिय अधिकृत पौडेलले भने, यो पवित्र कार्यमा पालिकाबासी मात्रै नभई संसारका जो कोही पनि भाग लिन पाउने छन् । हजार बत्तिको अर्थ भगवान बुद्धको संघमा एक हजार जना साधु दिक्षा लिएर भिच्छु बनेको दिन हो । ति हजार जना भिच्छु पछि बुद्धको शिक्षा अनुसार ध्यान (विपश्यना) अभ्यास गरेर पछि अरहन्त(मुतm) भएको बौद्ध इतिहासमा उल्लेख छ ।


सारनाथमा पाँच बर्गिय भिच्छुलाई धम्म चक्र पर्वतन चलाए । सिद्धार्थ गौतम बुद्ध हुनु पुर्व मगधका तत्कालिन सम्राट बिम्बिसारलाई बुद्धत्व(ज्ञान) प्राप्ती पछि त्यो ज्ञान सबै भन्दा पहिला सम्राट बिम्बिसारलाई दिने बचन दिएका थिए । सो बचन पुरा गर्नका लागि बुद्ध सारनाथबाट कातिक पुर्णिमाका दिन ज्ञान दिन तत्कालिन मगधको राजधानी राजगिर जाने क्रममा नदी कश्यप,उर्वेला कस्यप र गया कश्यप तिन जना जटिल ऋषि सहित उनका शिस्यलाई समेत सो ज्ञान बाटोमा दिदै भिच्छु संघ बनाए । ति ऋषिका क्रमशः५ सय, ३ सय २ सय शिष्य थिए । ति सबै जना बुद्धबाट दिक्षा लिएर भिच्छु बनेका थिए । एकै दिन १ हजारको संख्यामा साँधुहरु भिच्छु भएको दिन कातिक पुर्णिमाको दिन थियो । तिनै एक हजार भिच्छुलाई लिएर भगवान बुद्ध सम्राट बिम्बिसारको दरबारमा पुगेका थिए । सम्राट विम्बिसारले भगवानको स्वागतमा पुरै राजगिरमा दिप जलाउन लगाएका थिए । भोजदान गरेका थिए । सोही दिन सम्राट विम्बिसारले भोजनदान पछि भगवानलाई बेलुबन उपहारमा पनि दिए । सोही स्थानमा भिच्छुहरुको बासका लागि बेलुबन विहार बनेको थियो ।
भारत,श्रीलंका,म्यानमार,थाईलैण्ड लगायतका विभिन्न देशमा कातिक पुर्णिमालाई विभिन्न कार्यक्रम गरि बौद्ध विहारहरुमा कार्यक्रम हुने गरेको छ । बुद्धको तिनै शिक्षालाई प्रवाह गर्ने गरि विश्व शान्तिको स्रोतको रुपमा अनोमाघाटलाई विकास र पहिचानका लागि कार्यक्रम गर्ने क्रममा यो बर्ष देखी कातिक पुर्णिमाको दिन ति एक हजार भिच्छुहरु बुद्धको ज्ञान पाएर जरामरणबाट मुतm भएको दिन सम्झदै हजार बत्ति बाल्ने कार्यक्रम गर्न लागिएको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए । गत असार पुर्णिमामा पनि सिद्धार्थ गौतम गृहत्याग गरि यो अनोमाघाटमा पुगेर कपाल मुण्डन गरि राजसी पोशाक त्याग गरि सन्यास धारण गरेर बोद्धीको खोजीमा लागेको दिन सम्झदै स्थानिय र श्रद्धालुहरुले कपाल मुण्डन गरि असार पुर्णिमा मनाएका थिए । अहिले कातिक पुर्णियमा हजार बत्ति बाल्ने कार्यक्रमले अनोमा घाटलाई थप उचाईमा पुर्याउने उनले विश्वास ब्यतm गरेका थिए । अनोमाघाटमा कम्तीमा पनि असार पुर्णिमा र कातिक पुर्णिमालाई भब्यताका साथ मनाउने कार्यले संसारका बौद्धहरुको आकर्षण बढ्दै गएको छ । यो क्षेत्रमा हालै अष्ट्रेलियाबाट बौद्ध साधक यो स्थानमा विहार बनाउने उदेश्यले स्थलगत गरेर फर्केका छन् । विपश्यना केन्द्र बनाउने विपश्यनाचार्यहरुले पनि अवलोकन गरेका छन् । केही भिच्छुहरुले समेत यो स्थानमा आउने जाने क्रम निरन्तर भई रहेको छ ।
सिद्धार्थ गौतम गृह त्याग गरेर ज्ञानको खोजीमा निस्कदा कोलिय राज्यको अन्तिम सिमा अनोमा नदी किनारमा पुगे पछि उनको कन्टक घोडा ठढा भयो,त्यही बेला देखी स्थानिय स्तरमा ठाढीघाटको रुपमा चिनिएको हो । अनोमा नदी पुर्व मगध राज्यको सिमा थियो । मगध राज्यमा प्रवेश गर्नका लागि अनुमति चाहिन्थ्यो,सिद्धाथएको राजकिय घोडा भएकोले त्यो घोडा नदी पुर्व मगध क्षेत्रमा जान मानेन, ठढा भयो , अधिकृत पौडेलले भने,तर सन्यासीलाई मगध राज्यमा जान प्रवेशाज्ञा नचाहिने हुदा सिद्धार्थले कपाल मुण्डन गरि सन्यास धारण गरेका थिए । बुद्धको जिवनको एक महत्वपुर्ण घटना घटेको स्थान बौद्ध तिर्थालुलाई श्रद्धाको केन्द्रको रुपमा यो बिकास गर्न स्थानिय तहसँगै प्रदेश सरकार र संघिय सरकार समेत लाग्नु पर्ने गाउपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले बताए । उनका अनुसार स्थानिय सरकारको रुपमा रहेको गाउपालिकाले आफ्नो स्तरबाट डिपिआर गरि विभिन्न कपालमुण्डन स्थल,बुद्ध,कन्टकघोडा,उनका छन्ना सारथी लगायतको मुर्ति स्थापना गर्ने,ध्यान केन्द्र बौद्ध विहार लगायत विभिन्न पर्यटकिय पुर्वाधार बनाउने कार्य गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *