वर्दघाट नगरपालिकाले गर्यो त्रैमासिक प्रगति समिक्षा कार्यक्रम

नवलपरासी,
जिल्लाको वर्दघाट नगरपालिकाले चालु आर्थिक बर्ष २०७९/०८० को तिन महिनाको कार्य प्रगति विवरण सहितको त्रैमासिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामै पहिलो पटक त्रैमासिक रुपमा कार्यप्रगति सार्वजनिक गर्ने र समिक्षा गर्ने पहिलो नगरपालिका हो ।
सार्वजनिक गरिएको उतm ५६ बुदे प्रगाति विवरणमा शिक्षा,कृषि विकास,योजना अनुगमन,नगर प्रशासन,न्यायिक कार्य र वार्डहरुबाट सम्पादन हुने कार्यहरु उल्लेख गरिएको छ । त्यसै गरि राजश्वमा हालसम्म ३१.३१ प्रतिसत राजश्व संकलन भएको जनाइएको छ । बार्षिक ५ करोड ६० लाख राजश्व उठाउने लक्ष्यमा हालसम्म १ करोड ७५ लाख ३७ हजार ९ सय ७६ रुपिया राजश्व संकलन भएको छ । राजस्व बढाउनका लागि कर सहभागिता अभियान २०७९ घोषणा गरि वार्ड कार्यालय मार्फत अभियान लैजानका लागि उत्प्रेरित गरिएको छ । सार्वजनिक जग्गाको अभिलेखिकरणका लागि पनि जिम्मेवारी बाडिएको छ । पन्जीकरण तर्फ जन्मदर्ता ३ सय ६,मृत्युदर्ता १ सय ७ सम्पन्ध विच्छेद १५ विवाहदर्ता १२ र बसाई सराई ४ सय ७३ वटा भएको छ । बसाई सराईमा गएको भन्दा आएको बढि देखिएको छ । बसाई सारी गएको १ सय २० छन,भने आएको ३ सय ५३ जना छन् ।
समाजिक सुरक्षा तर्फ पनि जेष्ठ नागरिक ३ हजार ८ सय ६८ छन्,दलित जेष्ठनागरिक ४ सय ४५,जेष्ठनागरिक एकल महिला ६ सय ५२,विधवा १ हजार ८७ जना छन् । अपाँगता तर्फ पुर्ण अपाँगता भएका १ सय २२,अति अशतm अपाँगता ३ सय ४७,लोपोन्मुख जाती ४१ जना लोपोन्मुख बालबालिका १ जना दलित बालबालिका ५ सय ४० जना रहेको आद्यावधिक गरिएको छ । विकास पुर्वाधार तर्फ ३७ वटा योजना उपभोतmा मार्फत सम्झौता भई कार्यान्वयनमा छ । ५ वटा ठेक्का प्रकृयामा रहेको छ । नक्सापास तर्फ विना नक्सा पास गरि बन्ने भौतिक संरचनाहरुलाई प्रतिबन्धित गरिएको छ । कहिँ कतै त्यस्तो कार्य हुन नदिनका लागि नगर प्रहरी परिचालन गरिएको छ ।
ब्यवस्थित तरिकाले नगरको विकासका लागि नगर विकास समिति गठन भएको छ । त्यसै गरि नगर क्षेत्रमा भाषा कला संस्कृति साहित्यको संरक्षण र सम्वद्र्धन गर्ने उदेश्यले वर्दघाट प्रज्ञा प्रतिष्ठानको स्थापना गरिएको छ । सडक बत्ति ब्यवस्थापनका लागि विद्युत प्राधिकरणलाई ५२ लाख रुपिया भुतmानी गरिएको छ । चिसापनी अस्पताललाई थप ब्यवस्थित गर्दै अस्पतालमा अल्ट्रासाउण्ड र एक्सरे मेसिन खरिद गरि प्रदान गरिएको छ । त्यसै गरि उद्योग विकास तर्फ नगरपालिकामा १ सय १० वटा उद्योग र बाणिज्य दुबै तर्फको उद्योग,२० वटा उद्योग,१३ वटा फर्म दर्ता भएका छन् । ४९ वटा उद्योग र बाणिज्य दुबै भएको फर्मको नबिकरण,१२ वटा फर्म नविकरण१९ वटाको पुजिँ वृद्धि गरिएको छ ।
त्यसैगरि नगरपालिकामा अख्तियार दुरुपयोग अनुसंधान अयोगबाट विगत र हालमा सम्पादन गरेका विभिन्न कार्यहरु क्याम्पस चौर,पाडाबजार,घोला सफाई,क्षमता अभिवृद्धि कार्यक्रम र कर्मचारी नियुतिm लगायतका विषयमा परेका उजुरीबारे भएको सोधनीमा कार्यालयले जवाफ दिने कार्य गरेको जानकारी प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले गराएका थिए । कार्यक्रम नगरप्रमुख सम्भु श्रेष्ठको अध्यक्षतामा भएको थियो । सो कार्यक्रम उपप्रमुख रुद्र प्रसाद उपाध्यायको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *