नवलपरासी (ब.सु.प.)

नवलपरासीमा बढदै एचआईभी संक्रमण
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

नवलपरासीमा बढदै एचआईभी संक्रमण

नवलपरासी,१७ मंसिरजिल्लामा अहिले एचआई संक्रमितको संख्या बढदै गएको पृथ्वीचन्द्र अस्पतालमा रहेको एन्ट्रोभाईरल थेरापी(एआरटी) सेन्टरले जानकारी गराएको छ । विगतको तुलनामा अहिले एचआईभि संक्रमितको संख्या थपिदै गएको जानकारी गराएको हो ।समाजमा अहिले पनि संक्रमितको थप संख्या हुन सक्ने अनुमान समेत सेन्टरले गरेको छ । केही जागरुक समाजका ब्यतिmहरुले एआरटी सेवा लिन आएको भए पनि यो भन्दा बढि अझ समाजमा खुल्न नखोज्ने समुदायका ब्यतिmमा एचआईभी संक्रमितको संख्याले आउने दिनमा यसलाई थप बढाउन सक्ने आशका अस्पतालले गरेको छ । यसका लागि पालिका स्तरबाट पनि सचेतना गरि परिक्षण गराउन उन्मुख गराउने र परिक्षणमा एचआईभि पोजेटिभ देखिए उनीहरुलाई निदानका लागि एआरटी सेन्टरमा पुर्याउने कार्य गर्न सकेमा मात्र एचआईभी निर्मुल पार्न सक्ने सेन्टरका काउन्सेलर दिपेन्द्र ठाकुरले बताए । परिक्षण पश्चात सेन्टरमा सेवा लिन आउने सेवाग्राहीको सुचना...
एमसिए नेपालद्धारा १८ किलोमिटरको प्रसारणलाईन निर्माण कार्य शुभारम्भ
अर्थ, नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

एमसिए नेपालद्धारा १८ किलोमिटरको प्रसारणलाईन निर्माण कार्य शुभारम्भ

नवलपरासी,१० मंसिरएमसिसी नेपालद्धारा न्यु बुटवल सब स्टेसन र १८ किलोमिटर प्रसारणलाईन निर्माण कार्यको शुभारम्भ नेपाल सरकारका अर्थमन्त्री रामेश्वर खनाल र अमेरिकी राजदुत डिन आर थम्पसनले संयुतm रुपमा शुभारम्भ गरेका छन् । बहुचर्चित अमेरिकी सहयोगको आयोजना(मिलिनियम च्यालेन्ज कार्पोरेसन(एमसिसी) अन्तरगतको एमसिसि नेपालद्धारा न्यु बुटवल सब स्टेसन र १८ किमि प्रसारणलाई निर्माणको शुभारम्भ गरेका हुन् ।सुनवल नगरपालिका १२ बडेरा स्थित आयोजना स्थलमा बेल्चाले दुबै जना माटो खन्दै आयोजना कार्य शुभारम्भ भएको जानकारी गराएका थिए । एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तरगत निर्माण गर्न लागिएको यि नयाँ पुर्वाधारले नेपालको विद्युतय सञ्जाललाई सशतिmकरण गर्नुका साथै नेपाल र भारतबीच महत्वपुर्ण उर्जा ब्यपार अन्तर सम्बन्ध स्थापना गर्ने विश्वास अर्थमन्त्री खनालले गरेका थिए । अमेरिकी राजदुत थम्पसन,एमसिसिका आवासीय राष्ट्र निर्द...
खोलाजन्य समाग्रिको चोरी तस्करी रोक्न बैधानिक निकासीको तयारी
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

खोलाजन्य समाग्रिको चोरी तस्करी रोक्न बैधानिक निकासीको तयारी

नवलपरासी, ९ मंसिरबर्षायाम सकिना साथै खोलाजन्य समाग्रिको चोरी तस्करी हुन थाले पछि खोला जन्य समाग्रि निकासी ब्यवस्थापन र नियमन गर्ने निकायहरु ठेक्का बन्दोबस्तमा लागेको बताएका छन् । बन क्षेत्रको खोलानाला डिभिजन बन कार्यालय र बन बाहिरका नारायणी नदी लगायतका खोलानालाहरु सम्बन्धित स्थानिय सरकारले निकासी बन्दोबस्तमा जुटेका हुन् ।खोला निकासीका लागि दुई दिन पहिला सुस्ता गाउपालिकाले स्थानियसँग नारायणी नदिबाट खोलाजन्य समाग्रि निकासीबारे सार्वजनिक सुनुवाई गरेको छ,भने प्रतापपुर गाउपालिकाले समेत विशेष गाउसभाबाट खजुरा खोलाबाट भस्कट,माटो,बालुवा निकासी गर्ने गरि निर्णय गराएको छ । यता डिभिजन बन कार्यालयले समेत जिल्ला भित्र रहेको बन क्षेत्रमा पर्ने १४ वटा खोलाको निकासी प्रकृया अगाडी बढाएको छ । डिभिजन बन कार्यालयका अनुसार सुनवल नगरपालिका स्थित आदर्श सामुदायिक बन क्षेत्र भित्र पर्ने तुरिया खोला,बडेरा सामुदायिक ...
भारतको गँगा बाढी नियन्त्रण आयोगद्धारा गण्डक क्षेत्रमा अनुगमन
कृषि, नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

भारतको गँगा बाढी नियन्त्रण आयोगद्धारा गण्डक क्षेत्रमा अनुगमन

नवलपरासी,३ मंसिरगण्डक परियोजनासँग दर्जनौ समस्या दुई देशका प्राविधिकहरुको बैठक चार बर्ष देखी बस्न नसकिरहेको बेला अहिले भारतको गँगा बाढी नियन्त्रण आयोगको टोलीले अनुगमन गरेको छ । गण्डक क्षेत्रको डुबान,कटान तथा नदि नियन्त्रणका कार्य प्रगति तथा देखिने समस्याबारे आयोगको टोलीले अनुगमनसँगै दुबै नेपाल भारत दुबै देशका सिचाई प्राविधिकहरुसँग छलफल गरेको हो । अयोगका प्रतिनिधि सेर सिँह सहितको टोलीले सुस्ता ३ स्थित गण्डक कोलोनीमा संयुतm बैठक बस्नुका साथै गण्डक बाँधका संरचनाहरुको स्थलगत अनुगमन समेत गरेको थियो । अनुगमन पश्चात गण्डक बाँध अन्तरगतका विभिन्न बाँध,स्परहरुमा कामको गुणस्तरियता माथी प्रश्न उठाउदै सोधपुछ समेत गरेको थियो । स्पर बनाउदा फिनिसिँग(सफाई) काम नगरिएको बारे जिज्ञासा राखेको थियो । स्पर तथा नदि तटबन्ध गर्दा नदिको सतहसँग म्याचिगँ(मिलान) नगरि काम गर्दा तलबाट ब्लकहरु बग्ने अवस्था रहेको ,नद...
करदाता सेवा कार्यालय खारेजी प्रति सरकारको ध्यानाकर्षण गराउदै ज्ञापनपत्र
नवलपरासी (ब.सु.प.), समाचार, समाज

करदाता सेवा कार्यालय खारेजी प्रति सरकारको ध्यानाकर्षण गराउदै ज्ञापनपत्र

नवलपरासी,२८ कातिकजिल्ला स्थित राजस्व सेवा कार्यालय खारेज गर्ने सरकारले निर्णय परे पछि नागरिक समाज नवलपरासी सहित विभिन्न सरोकारवाला संघसस्थाले प्रधानमन्त्री तथा अर्थमन्त्रीको ध्यानाकर्षण गराउदै ज्ञापनपत्र बुझाएका छन् । समाजको अगुवाईमा संघस्थाका प्रतिनिधिहरु प्रमुख जिल्ला अधिकारी र कर सेवा कार्यालयमा छुट्टा छुट्टै ज्ञापनपत्र बुझाउदै उतm कार्यालय खारेजी भन्दा स्तरोन्नती गर्नु पर्ने ध्यानाकर्षण गराएका हुन् ।नागरिक समाजका अध्यक्ष बेचु गौड सँगै उपभोतmा हित संरक्षण मञ्च नवलपरासीका अध्यक्ष भोजराज बाराकोटी,भ्रष्टाचार विरुद्ध नागरिक निगरानी सस्था नवलपरासीका अध्यक्ष रामजी ज्ञवाली,कृषक हक हित संरक्षण मञ्चका अध्यक्ष सम्भु उपाध्याय र उद्योग बाणिज्य संघ नवलपरासीका सचिव रामशंकर कुर्मीले संयुतm हस्ताक्षर सहितको ज्ञापनपत्र बुझाएका थिए । करदाता सेवा कार्यालयले २० हजार करदाता रहेको र १ अर्ब ११ करोड राजस्व हाल...
चार बर्ष देखी जेसिकेजिपी बैठक बस्न नसक्दा गण्डक क्षेत्रमा काम गर्न समस्या
कृषि, नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

चार बर्ष देखी जेसिकेजिपी बैठक बस्न नसक्दा गण्डक क्षेत्रमा काम गर्न समस्या

नवलपरासी,२७ कातिकगण्डक परियोजनासँग दर्जनौ समस्या दुई देशका प्राविधिकहरुको बैठक हुन नसक्दा निकास निकाल्न जटिलता थपिएको छ । नेपाल भारत विच भएको गण्डक क्षेत्रको समस्या समाधानका लागि बर्षेनी हुने गण्डक कोशी संयुतm आयोजना बैठक(ज्वान्ट कमिटि आफ गण्डक कोशी परियोजना) जेसिकेजिपीको बैठक विगत चार बर्ष देखी बस्न नसक्दा सो क्षेत्रका समस्या हल हुन नसकेको हो ।गण्डक परियोजनासँग दर्जनौ समस्याहरुबारे दुई पक्षिय आपसी समझदारी,सहकार्य,समन्वय नगरि गर्न नसकिने हुदा जेसिकेजिपी बैठक नभएर समस्याहरु जटिल बन्दै गएको नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली ब्यवस्थापन कार्यालय सेमरीले जनाएको छ । भारतसँग भएको गण्डक र कोशी परियोकजनामा उत्पन्न हुने समस्या समाधानका लागि नेपाल भारतका उच्च अधिकारी तथा प्राविधिक टोलीहरुको संयुतm बैठक बसेर निर्णय गरि कार्यान्वयन गरिन्छ । तर चार बर्ष देखी बैठक बस्न सकेको छैन्,ब्यस्थापन कार्यालयका...
नाम दर्ता गराउन निर्वाचन कार्यालयमा नागरिकको भिडभाड
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

नाम दर्ता गराउन निर्वाचन कार्यालयमा नागरिकको भिडभाड

नवलपरासी,२५ कातिकमतदाता नामावली संकलन गर्ने समय जति सकिदै जादा जिल्ला स्थित निर्वाचन कार्यालयमा मतदाता नामावलीका लागि फोचो खिचाउनेको भिडभाड बढदै गएको छ । शुरु शुरुमा नआउने तर समय सकिदै जादा मतदाता नामावलीका लागि कार्यालयमा भिडभाड लाग्ने नेपालीहरुकै प्रवृति भएको निर्वाचनन कार्यालयका कर्मचारीहरुले बताउन थालेका हुन् ।जेनजी आन्दोलन पश्चात बनको नागारिक सरकारले फागुन २१ संघिय संसद प्रतिनिधिसभाको निर्वाचन तोकेको थियो । निर्वाचन आयोगले त्यसका लागि थालेको निर्वाचन प्रकृया अनुसार नै अहिले मतदाता नामावलीमा नास समावेश गराउने र मतदान गर्ने स्थान परिवर्तन गराउन चाहनेका लागि निर्वाचन कार्यालयले काम शुरु गरे पनि कातिकको दोश्रो साता देखी मात्र भिडभाड हुने गरेको छ । आन्दोलन पश्चात दशै तिहार,छठ जस्ता चाडपर्वले पनि मानिसको ब्यस्तता तथा विदाले पनि निर्वाचन कार्यालयमा भिडभाड कम हुने गरेको तर अहिले दिनहुँ विहान ...
बफरमा छुट्याइएका मल वितरणमा दुरुपयोग भईरहेको आशँका,हटाउनु पर्ने माग
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

बफरमा छुट्याइएका मल वितरणमा दुरुपयोग भईरहेको आशँका,हटाउनु पर्ने माग

नवलपरासी,२६ कातिकसरकारले किसानका लागि वितरण गर्दै आएको रासायनिक मलखाद्यमा उपलब्ध हुने सरकारी अनुदान किसान भन्दा विभिन्न विउँ विजन कम्पनीले फाईदा लिइने गरेको प्रति सरोकारावालाहरुको ध्यानाकर्षण भएको छ । जिल्लामा रासायनिक मलखाद्य विगतरण सहज सुलभ तरिकाले गर्नका लागि जिल्ला स्तरिय सरोकारवाला कार्यालय तथा सस्था विच भएको बैठकमा सो कुरा उठाइएको हो ।जिल्ला समन्वय समिति नवलपरासीले जहिले पनि मलखाद्यका समस्या देखिने र त्यसबारे गुनासो जिल्ला समन्वयमा समेत आउने गर्दा सरोकारवालाहरुको सर्वपक्षिय बैठक बोलाएका थिए । उतm सरकारी अनुदानमा आउने मलखाद्यमा बफर जोन भनेर प्रदेश सरकारहरुले केही मलखाद्य छुट्याएर मात्र जिल्ला जिल्लामा विगतरण गर्दा किसान भन्दा कम्पनीले उतm अनुदान राहत पाउने गरेको हुदा बफर कोटा हटाउन समेत माग गरेका थिए । सरकारले प्रदेशलाई मलखाद्यको कोटा उपलब्ध गराए पश्चात प्रदेश सरकारले जिल्ला जिल्लाका ...
पृथ्वीचन्द्र अस्पतालमा करोड बढिका अनियमितताको आरोप
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालमा करोड बढिका अनियमितताको आरोप

नवलपरासी,२४ कातिकजिल्ला स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा करोड बढिको अनियमित कार्य भएको आरोपबारे आन्तरिक अनुसंधानमा अस्पताल प्रशासन लागेको छ । विगतका अस्पताल ब्यवस्थान तथा प्रशासनद्धारा भएका अनियमितताबारे वास्तविकता पत्ता लगाउनका लागि आन्तरिक अनुसंधान भई रहेको अस्पतालले जनाएको हो ।अस्पताल अनियमिततामा ब्यवस्थापन,प्रशासन मात्रै नभई मन्त्रालय तथा निर्देशनालयसम्म पहुँचले भएको अस्पतालका कनिष्ठ कर्मचारीहरुले आशंका गरेका छन् । जस्मा सबै भन्दा बढि हतार हतारमा अस्पतालको नयाँ भवन हस्तानान्तरण लिने ब्यवस्थापन तथा प्रशासनले अस्पतालका लिफ्ट नचल्ने अवस्थाको भए पनि भवन बुझेका थिए । कुल १४ करोड बढिको योजनाम दुई करोड भन्दा बढि लिफ्टमा खर्चको भुतmानी सम्बन्धित ठेकेदारले लिई सकेको छ,एक कर्मचारीले भने,तर लिफ्ट सञ्चान नै भई रहेको छैन् । दोश्रो र तेश्रो तल्लामा जाने विरामी स्वाँ स्वाँ गर्दै कठिनाई पुर्वक चट्न...
सिमा क्षेत्रमा तस्करी मौलाउदै, महेशपुर भन्सारको राजस्व घटदै
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

सिमा क्षेत्रमा तस्करी मौलाउदै, महेशपुर भन्सारको राजस्व घटदै

नवलपरासी, २१ कातिक  जिल्ला स्थित महेशपुर भन्सारमा राजस्व उठ्नमा कमि हुदा लक्ष्य भेटाउन पनि गा्रहो हुदै गएको देखिएको छ । गत बर्ष लक्ष्यसम्म भेटाउदै राजस्व उठाउदै आएको महेशपुर भन्सारलाई अहिले लक्ष्य अनुसारको राजस्व उठाउन मुस्किल हुदै आएको हो ।भन्सार भन्दा तस्करी मौलाउदै जादा भन्सार राजस्व घट्दै जाने गरेको स्थानियले बताएका छन् । माल समान भारतबाट प्रठारी हुने क्रम रोकिएको छैन्,एक स्थानियले भने, तर भन्सारले लक्ष्य अनुसारको राजस्व उठाउन नसक्दा स्थानिय प्रशासन राजस्व भन्दा खाजस्वलाई प्राथमिकतामा राखेर तस्करी गराई रहेको अनुमान गर्न सकिन्छ । चालु आर्थिक बर्ष २०८२।०८३ को साउनमा पनि भन्सारले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेन्,उनले तथ्याँक देखाउदै भने,भदौ महिनामा केही राजस्व उठ्ने क्रम बढ्यो,तर पनि लक्ष्य भेटाउन सकेन्,अहिले असोज महिनामा भदौ भन्दा पनि कम राजस्व संकलन भएको देखिन्छ । भन्सार कार्यालयको...