नवलपरासीमा विश्व खाद्य दिवस मनाइयो
नवलपरासी,१८ कातिकनवलपरासीमा खाद्यसँग सरोकारवाला कार्यालयले विश्व खाद्य दिवस मनाएका छन् । कृषि ज्ञान केन्द्र नवलपरासीको आयोजनामा सो दिवस मनाइएको हो ।उतm कार्याक्रमा किसानको उत्पादनलाई बजारीकरणमा सरोकारवालाले पहल गर्नु पर्नेमा किसानले गरेका थिए । कार्यक्रमका प्रमुख अथिती समेत रहेका जिल्ला समन्वय प्रमुख भगौती यादवले बजारीकरण कै समस्याले उत्पादनमा कमि आएकोले कृषक लक्षित अनुदानका कार्यक्रमलाई जोड दिँदै उत्पादन वृद्धिसँगै बजार व्यवस्थापनका लागि पहल गर्न जरुरी रहेको बताएका थिए । कार्यक्रममा सहभागिहरुले कार्यक्रममा सहभागी भएका विभिन्न क्षेत्रका कृषक, बिउ उत्पादक संघ संस्थालगायत सरोकारवाला प्रतिनिधिहरुले जिल्लाको कृषि उत्पादनलाई बढाउन बीउमा आत्मनिर्भर कार्यक्रम, साना सिंचाइँसहित व्यवसायिक कृषि कार्यक्रममा ल्याउनु पर्नेमा जोड दिएका थिए ।खाद्यान्न र फलफूलमा जिल्ला आत्मनिर्भर भए पनि खाद्यान्नमध्ये चाम...










