
नवलपरासी ४ पुस
जिल्ला सदरमुकाम परासीमा जनता प्रगतिशिल पार्टीका केन्द्रिय तथा तथा पुर्वमन्त्री ह्ृदेशह त्रिपाठीले एक कार्यक्रमका विच ‘मधेशको मानवशास्त्र’ पुस्तकको विमोचन गरेका छन् । पुर्वमन्त्री त्रिपाठीले शुक्रवार परासी क्याम्पसको हलमा रुपन्देही तिलोत्तमा नगरपालिका ६ आदर्शनगरका भोला बानियाद्धारा लिखित उतm पुस्तकको बिमोचन गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालयमा मानवशास्त्रमा एमफिल(मास्टर अफ फिलोस्फी) गरेका बानियाले लेखेको उतm पुस्तक मधेश मधेशी मात्रै नभई मधेशकै जगमा रहेको नेपाल र नेपालीका लागि पनि उत्तिकै सान्दर्भिक रहेको पुर्वमन्त्री त्रिपाठीले बताएका थिए । पुस्तकमा उल्लेखित विषय बस्तु आजका नागरिक अगुवा,समाजशास्त्री तथा राजनीतिकर्मीका लागि पनि पठनिय रहेको उनले औल्याएका थिए । मधेशको गौरवपुर्ण मानव सभ्यताको विकास,मानव इतिहास देखी राज्य बन्ने प्रकृयासम्मका कुरा सो पुस्तकमा संक्षित रुपमा उल्लेख गरिएका छन् ।
उतm पुस्तकको पहिला इकाई मानवशास्त्रका प्रमुख शाखाहरु समाजिक साँस्कृतिक मानवशास्त्र,शारीरिक मानवशास्त्र,प्रागैतिकहासिक मानवशास्त्र र भाषविज्ञान मानवशास्त्रबारे पनि चित्रण गरिएको छ । दोश्रो इकाईमा मधेशको राजनैतिक इतिहास जस्मा नेपालमा तराई काँग्रेस देखी हालसम्मका ३० वटा राजनैतिक संगठनको उदयबारे उल्लेख गरिएका छन् । त्यसै गरि मधेशी दल तथा संगठनले सरकारसँग गरेका विभिन्न मितिका २५ वटा सम्झौताहरुलाई समेटिएको छ । इकाई ३ मा मधेशको जनसंख्या शिक्षा,इकाई ४ मा मधेशका जिल्ला र जिल्ला तहसम्मका नेता र भुमिका रहेका छन् । इकाई ५ मा मानवशास्त्रको पवित्रता र अपवित्रताको अवधारणा र लागु सम्बन्धित अवस्थालाई चित्रण गरिएको छ ।
मधेशको प्रागैतिहासिक मानवशास्त्रलाई इकाई ६ मा कृषिको उत्पति र समाजिक विशिष्टिकरणलाई इकाई ७,मानवशास्त्रमा मधेशको संस्कृति इकाई ८,मधेशका मानिस संविधान संसोधन वा अन्त्येष्टिको पक्षमा इकाई ९ मा,मधेशका जिल्लामा तस्करी नियन्त्रणमा सरकार असफललाई इकाई १० मा,इकाई ११ मा मधेश तराईको दुःख र इकाई १२ मा मधेशमा हिन्दु मुस्लिम विच कारक हाबी भन्ने विषयलाई गहन र संक्षिप्त तरिकाले समेटिएका छन् । कुल १४५ पृष्टको उतm पुस्तक शिलशिलाबद्ध सरल तरिकाले सबैले बुझ्ने भाषाको प्रयोग गरिएको छ । उतm पुस्तकमा उल्लेखित शिर्षकलाई विस्तृत रुपमा विस्तार गरियो भन्ने ठूलो ग्रन्थको स्वरुप पाउने आधार रहेको हुदा अबका दिनमा अन्य लेखकलाई समेत आधार बन्ने उतm कार्यक्रममा बोल्ने बतmाहरुले बताएका थिए ।

