
नवलपरासी,२४ कातिक
जिल्ला स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा करोड बढिको अनियमित कार्य भएको आरोपबारे आन्तरिक अनुसंधानमा अस्पताल प्रशासन लागेको छ । विगतका अस्पताल ब्यवस्थान तथा प्रशासनद्धारा भएका अनियमितताबारे वास्तविकता पत्ता लगाउनका लागि आन्तरिक अनुसंधान भई रहेको अस्पतालले जनाएको हो ।
अस्पताल अनियमिततामा ब्यवस्थापन,प्रशासन मात्रै नभई मन्त्रालय तथा निर्देशनालयसम्म पहुँचले भएको अस्पतालका कनिष्ठ कर्मचारीहरुले आशंका गरेका छन् । जस्मा सबै भन्दा बढि हतार हतारमा अस्पतालको नयाँ भवन हस्तानान्तरण लिने ब्यवस्थापन तथा प्रशासनले अस्पतालका लिफ्ट नचल्ने अवस्थाको भए पनि भवन बुझेका थिए । कुल १४ करोड बढिको योजनाम दुई करोड भन्दा बढि लिफ्टमा खर्चको भुतmानी सम्बन्धित ठेकेदारले लिई सकेको छ,एक कर्मचारीले भने,तर लिफ्ट सञ्चान नै भई रहेको छैन् । दोश्रो र तेश्रो तल्लामा जाने विरामी स्वाँ स्वाँ गर्दै कठिनाई पुर्वक चट्नु पर्ने बाध्यता छ । भवनमा आखिर लिफ्ट किन राखियो, उनले प्रश्न गरे,जब प्रयोगमै आउदैन भन्ने लिफ्ट किन बनाइयो,किन भुतmानी दिइयो ?
त्यसै गरि विग्रेको ६० लाख मुल्य बराबरको आत्याधुनिक एक्सरे समेत खरिद गरि अस्पतालमा दाखिला गरिएको छ । ति एक्सरे दाखिला देखी नै सञ्चालनमा छैन्,बनाउन पनि लाखौ रुपिया खर्च गर्नु पर्ने अवस्था देखिन्छ । कस्ले खरिद गरे र दाखिला गरे यो पनि सोच्नु पर्ने विषय बनेको छ । त्यसै गरि विमाको रकम समेत ४१ लाख माग नै नगरिएको र किन माग गरिएन ? भन्ने आर्को प्रश्न उब्जिएको छ । औषधी खरिदमा पनि ३१ लाख बराबरको माग र दाखिला नै नगरेर भुतmानी गर्न खोज्दा अहिले भुतmानी रोकिएका छन् ।
अस्पतालमा हुने यस्ता ठूलो रकमबारे मन्त्रालयका अधिकारीसँग पहुँच पुर्याई मात्र हुन सक्ने दाबी अस्पतालका कर्मचारीहरुको रहेको छ । हेर्दा समान्य देखिने भए पनि यो ठूलो अनियमितता भएको आरोप कर्मचारीहरुको रहेको छ । कनिष्ट कर्मचारीहरुले केही आफ्ना समान्य सुविधाका लागि किचकिच गर्ने अस्पताल प्रशासन कसरी यस्ता ठूलो रकम नोक्सानी हुने गरी अस्पतालमा काम गरेका रहेछन्, त्यसको सत्य तथ्य छानविन गरि सार्वजनिक हुनु पर्ने उनीहरुको माग रहेको थियो । यि कार्यहरु मध्ये केही तत्कालिन अध्यक्ष महेन्द्र गुप्ता, मेसु डा.नुरुल होदा,नासु गोविन्द ज्ञवाली रहेको बेला भएको उनीहरुले बताउने गरेका छन् । अहिले नयाँ अध्यक्ष जगदिश चौधरी छन,भने डा.होदा र नासु ज्ञवालीको सरुवा भई सकेको छ ।
विमा वापत सेवा दिदै आएको तर पुरै विमा रकम उपलब्ध नहुदा सेवा प्रवाहमा चुनौती थपिएको अस्पतालका लेखापाल लल्लन कुर्मीले बताए । विगत देखी पनि विमाको रकम आउन बाकी थियो, उनले भने, अहिले पनि विमा सेवामा खर्च हुने रकम बढदै गएको छ । त्यसमा पनि विमाको सफ्वेयर नै विग्रेर ४१ लाख रुपियाको हिसाब नै देखिदैन,यस्ले अस्पतालको सेवालाई प्रभावित बनाएको उनले जनाए् । औषधीको भुतmानीबारे विधि र प्रकृया पुरा नै नगरि खरिद गरिएकोले भुतmानीमा समस्या देखिन्छ,उनले भने,यसबारे यथार्थ विवरण आए पश्चात मात्र भुतmानी गर्न सकिने बताए ।
अस्पतालको जिन्सीमा के समान कस्तो अवस्थामा छ ? त्यसको लगत विवरण तयार गर्न अस्पतालकै डा.किरन पाण्डेलाई जिम्मेवारी दिइएको अस्पतालका अध्यक्ष जगदिश चौधरीले बताए । उनका अनुसार लिफ्टको समस्याबारे स्वास्थ्य मन्त्रालय गएर बुझ्दा अस्पतालको टेण्डर लिइने ठेकेदारले पेटीमा काम गर्न दिइएको र पेटी ठेकेदारले केही अतिआवश्यक उपकरण जडान नगरिदिदा सञ्चालन हुन सकिरहेको छैन् । ठेक्काको मर्मत सम्भारको म्याद समेत सकिसकेको हुदा यदि बनाउन परेमा त्यसको भार पनि अस्पताललाई नै पर्ने देखिएको छ । औषधी खरिद,विमा रकम र एक्सरेबारे पनि वास्तविकता बुझ्ने कार्य भई रहेको उनको भनाई थियो ।
अस्पतालमा विशेषज्ञ चिकित्सकको संख्या बढदै गएको छ,त्यसले गर्दा विरामीको चाँप पनि बढदै गएको छ । हालै मात्र अस्पतालमा बालरोग विशेषज्ञ वृजकुमार यादव सरुवा भई आएर हाजिर भएका छन् । अस्पतालमा ८ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि अहिले थप ६ जना विशेषज्ञ चिकित्सक गरि कुल १२ जना विशेषज्ञ चिकित्सक रहेको अस्पतालले जनाएको छ । ५ जना मेडिकल अधिकृत र दुई जना डेण्टल सर्जन सहित २० जना कार्यरत छन् ।
अस्पतालका अनुसार डा.प्रकाश ढकाल रेडियोलोजीष्ट कन्सल्टेन्ट,डा.कृष्ण श्रीवास्तव हाडजोर्नी विशेषज्ञ(अर्थोपेडिक सर्जन),डा. अजेन्द्र यादव स्त्री तथा प्रसुती रोग विशेषज्ञ (गाईनो),डा.सबा खान एनेस्थेसिया कन्सल्टेन्ट,डा.अब्दुल हकिम मुसलमान ल्याप्रोसकोपी सर्जन,डा.रुबी श्रीवास्तव स्त्री तथा प्रसुती रोग विशेषज्ञ(गाईनो)डा.नरेन्द्र यादव जनरल फिजिसियन,डा.किरन पाण्डे जनरल सर्जन,डा.सुस्मिता उपाध्याय जनेरेटिक मेडिसिन,डा.विवेक अचार्य क्षेत्री जनरल फिजिसियन,डा.वृन्दा ढुगाँना स्त्री तथा प्रसुती रोग विशेषज्ञ(गाईनो) डा.दिब्या शाह अपथार्मालोजिष्ट लगायतका कन्सल्टेन्ट(विशेषज्ञ चिकित्सकको टोली कार्यरत छ ।
अस्पतालमा नियमित डायलसिस सेवासँगै विशेषज्ञले सर्जरी गरे पश्चात दिईने अन्य सेवाका लागि नर्सिगँ स्टाफ,पारामेडिक्स,पोष्टअफ स्टाफ,ओटी सहयोगी स्टाफ अभाव नै रहेको छ । अस्पतालमा अहिले दैनिक चार सय भन्दा बढि विरामी आउने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । सर्जन भएर सर्जरीको गर्ने संँख्यामा वृद्धि भएको छ । दिनमा १० वटा सर्जरी पनि हुने गरेको छ । विशेषज्ञ चिकित्सकले सर्जरी गर्न सक्छन्,तर सर्जरी पछि दिईने सेवाका लागि सैया थप्नु पर्ने र सैया अनुसार स्वास्थ्यकर्मी थप्नु पर्ने अवस्था आउछ,त्यसैले केही विरामीलाई अप्रेसनका लागि प्रादेशिक अस्पतालमा समेत पठाउने गरिएको छ ।
