नवलपरासी (ब.सु.प.)

खारेज भएको ‘बैज्ञानिक बन ब्यवस्थापन कार्यक्रम’ फरक नामले छिट्टै पुनः सञ्चालनमा आउने
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

खारेज भएको ‘बैज्ञानिक बन ब्यवस्थापन कार्यक्रम’ फरक नामले छिट्टै पुनः सञ्चालनमा आउने

नवलपरासी,१८ पुुसकेही बर्ष देखी रोकिएको बैज्ञानिक रुपमा बनको ब्यवस्थापन गर्ने गरि बनेको ‘रेड प्लस रणनीति २०७५’ फरक ढगले सञ्चालनमा आउन लागेको जिल्ला बन कार्यालयले जनाएको छ । सरकारले खारेज गर्दा सो रणनीतिको कार्यक्रम नै प्रभावित बनको तर अहिले त्यही रणनीति कार्यान्वन गर्नका लागि लुम्बिनी प्रदेश सरकारले ‘सम्वद्र्धन प्रणालीमा आधारित बन ब्यवस्थापन कार्यक्रम’नामले पुनः सञ्चालनमा आउने भएको हो ।बैज्ञानिक बन ब्यवस्थापनको नाउमा कहिँ कुनै स्थानमा कजजोरी र दुरुपयोग हुदा देश भरिकै कार्यक्रम रोक्ने सरकारको अदुर्सीता भएको कुरा उठ्न थाले पछि पुनः फरक नामले सो कार्यक्रमले निरन्तरता पाउने डिभिजन बन कार्यालयले जानकारी गराएको थियो । आईतवार रेड प्लस अन्तरगतकै कार्यक्रमहरुको जिल्ला स्तरिय अनुगमनको क्रममा डिभिजनल बन अधिकृत महेन्द्र बाग्लेले जानकारी गराएका थिए । बायुमण्डलको कार्बन उत्सर्जनलाई बन मार्फत कार्बन सञ्चि...