
नवलपरासी,२५ कातिक
मतदाता नामावली संकलन गर्ने समय जति सकिदै जादा जिल्ला स्थित निर्वाचन कार्यालयमा मतदाता नामावलीका लागि फोचो खिचाउनेको भिडभाड बढदै गएको छ । शुरु शुरुमा नआउने तर समय सकिदै जादा मतदाता नामावलीका लागि कार्यालयमा भिडभाड लाग्ने नेपालीहरुकै प्रवृति भएको निर्वाचनन कार्यालयका कर्मचारीहरुले बताउन थालेका हुन् ।
जेनजी आन्दोलन पश्चात बनको नागारिक सरकारले फागुन २१ संघिय संसद प्रतिनिधिसभाको निर्वाचन तोकेको थियो । निर्वाचन आयोगले त्यसका लागि थालेको निर्वाचन प्रकृया अनुसार नै अहिले मतदाता नामावलीमा नास समावेश गराउने र मतदान गर्ने स्थान परिवर्तन गराउन चाहनेका लागि निर्वाचन कार्यालयले काम शुरु गरे पनि कातिकको दोश्रो साता देखी मात्र भिडभाड हुने गरेको छ । आन्दोलन पश्चात दशै तिहार,छठ जस्ता चाडपर्वले पनि मानिसको ब्यस्तता तथा विदाले पनि निर्वाचन कार्यालयमा भिडभाड कम हुने गरेको तर अहिले दिनहुँ विहान ९ बजे देखी नै भिड हुने गरेको कार्यालयले जनाएको हो ।
निर्वाचन कार्यालयमा मतदाता नामावलीमा समावेश गराउने कार्य बर्षेनी अध्यावधिका लागि काम हुने गरे पनि विगत बर्ष देखी छुटेका ब्यतिm पनि अहिले नाम समावेश गराउन आउने गरेको उनीहरुको भनाई थियो । निर्वाचन बारे विभिन्न दलका फरक फरक प्रतिकृया आई रहे पनि निर्वाचनका लागि जनता उत्साही नै देखिएका छन्, निर्वाचनमा भाग लिन पाउनु नागरिकको अधिकार नै हो, नागरिक समाजका सचिव अनिल अग्रहरीले भने, अहिले दलको प्रचार प्रसार भन्दा नागरिक आफै उत्साही भएर मतदाता नामावलीमा नाम समावेश गराउन आउने गरेका छन् । २०८२ काितक १६ गतेसम्म १८ बर्ष उमेर पुरा भएका नागरिकले मतदान गर्न पाउने छन् । उनीहरुको नामा समावेश गर्ने कार्य भई रहेको छ ।
कार्यालयका अनुसार नामदर्ता गर्ने प्रक्रियाका लागि जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन आयोगले तोकेको मतदाता नामावली दर्तास्थलमा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिई जानुपर्दछ । नागरिकताको प्रमाणपत्रमा रहेकोभन्दा भिन्नै ठेगानामा हाल स्थायी बसोबास गरेको भए नागरिकता प्रमाणपत्रको अतिरिक्तदेहायका प्रमाणहरूसमेत पेश गर्नुपर्दछ । त्यसैगरि बसाई सरी आएको प्रमाणपत्र, वा विवाह गरी हालको स्थायी ठेगानामा आएको हकमा विवाह दर्ता प्रमाणपत्र, कुनै व्यक्तिको नाम मतदाता नामावलीमा दर्ता गर्दा निजको जन्म वा उमेर वा बासस्थान नागरिकताको प्रमाणपत्र बाट मात्र खुल्न नसकेमा नाम दर्ता अधिकारीले थप प्रमाणको रुपमा जग्गा धनि प्रमाण पुर्जा वा शैक्षिक योग्गताको प्रमाणपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र माग गर्न सक्नेछ ।
उक्त प्रमाणहरु पेश गर्न नसकेमा नाम दर्ता अधिकारीले तेस्तो व्यक्ति संग सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको सिफारिस माग गर्न सक्दछ,. आयोगले तोकेको मतदाता नामावली सङ्कलन फाराम भर्नुपर्दछ । . तोकिएबमोजिम फोटो खिचाउनुपर्दछ । फोटोको लागि कुनै शुल्क तिर्नुपर्दैन । औँलाहरूको रेखात्मक छाप दिनुपर्दछ । यस्तो औँला छाप विधुतीय माध्यमबाट सङ्कलन गरिन्छ । दर्ता सम्पन्न भइसकेपछि दर्ता कर्मचारीबाट प्राप्त हुने अर्धकट्टी आफ्नो नाम दर्ता गरेको प्रमाणस्वरूप सुरक्षित राख्नुपर्दछ । मतदाता नामावली मतदाताको स्थायी बसोबासको ठेगानामा दर्ता गरिन्छ
