रामग्राम स्तुप र कोलिय गणराज्यको राजधानी पण्डितपुर क्षेत्रमा अध्ययेताहरु

Health Advertisement
Health Advertisement

नवलपरासी,४ पुस
जिल्लाका विभिन्न बँौद्धकालिन स्थानको अध्ययन अवलोकन र अनुंधानमा विद्यार्थीहरुको चाँसो बढदै गएको छ । भगवान गौतम बुद्धको अस्तिधातु रहेको रामग्राम स्तुपमा तथा प्राचीन कोलिय गणराज्यको राजधानी(पण्डितपुर) तथा राज्य भित्रका विभिन्न बौद्धकालिन नगरहरुको अध्ययन अनुसंधान विकासमा चाँसो बढन थालेको हो ।
जस्मा केही विदेशका विश्वविद्यालय तथा त्रिभुवन विश्वविद्यालय र बौद्ध विश्वविद्यालयका विद्यार्थीहरुको समेत चाँसो बढन थालेको देखिएको स्थानियले बताएका छन् । यो क्षेत्रमा बेलायत दुराम विश्वविद्यालयले तँ बर्षाै देखी अध्ययन अनुसंधान गर्दै आएको भए पनि गत मंसिरमा पुरातत्व विभागले कोलिय राजधानी कोलनगर(पण्डितपुर) क्षेत्रमा उत्खनन भई राख्दा त्यसमा ३५ जना त्रिभुवन विश्वविद्यालय र ५ जना बौद्धविश्वविद्यालयका विद्यार्थीहरु उत्खननको प्रयोगात्मक तालिम र अनुसंधान कार्यमा लागेका थिए । एक महिने अनुसंधान सकाई उनीहरु फर्के पश्चात त्रिभुवन विश्वविद्यालयकै एमविए अध्ययनरत ७० जना भन्दा बढि विद्यार्थीहरु रामग्राम स्तुप क्ष्ेत्र तथा रामग्रामका अन्य क्षेत्रमा समेत एक सातासम्म अनुसंधान गर्ने गरि काममा खटिएका छन् । जस्मा ७ वटा समुहमा ति विद्यार्थीहरु अध्ययन गरिरहेको सहायक प्राध्यापक फूलप्रसाद सुवेदीले जनाएका छन् । सहायक प्राध्यापक सुवेदी त्रिभुवन विश्वविद्यालयको ब्यवस्थापन विभागको केन्द्रिय सहप्राध्यापक हुन् ।
उनका अनुसार पशुपालन क्षेत्र,महिला शसतिmकरण,शिक्षाको अवस्था,पर्यटन,कृषि(धानखेती)बसाई सराई र स्वास्थ्य तथा सरसफाई क्षेत्रमा अध्ययन भई रहेको प्राध्यापकको भनाई थियो । उनीहरु यसै क्षेत्रको वृहद अध्ययन गरि प्रस्तुतीकरण गर्ने छन्, उनले भने, यस अध्ययनले सरकारलाई नीति निर्माण देखी कार्यान्वन तहसम्म काम गर्न सहज हुने गरि दस्तावेज प्रदान गर्ने छन् । साथै यि विद्यार्थीहरु पनि पछि सरकारी तथा नीति निर्मा(ा तहमा जाने वा विदेश जादा पनि यो रामग्राम क्षेत्रको विकास तथा यहाँका पर्यटन क्षेत्रको विकास गर्नमा सहयोगी बन्ने उनको भनाई थियो । रामग्राममा रहेका प्राचीन सम्पदाहरुको ब्राण्डिगँ र मार्केटिगँ क्षेत्रमा समेत उनीहरुको भुमिका रहने छ । रामग्राम स्तुपामा जानकारी लिई केही समय ध्यानको समेत अभ्यास गराइएको थियो । स्तुपको अध्यात्मिक,धार्मिक,ऐतिहासिक र पुरातात्विक क्षेत्रको जानकारी गराइएको थियो । यस्ले विद्यार्थी यस क्षेत्रको पर्यटन क्षेत्र विकास प्रति उत्साही देखिएका थिए ।
उता मंसिरमा त्रिभुवन विश्वविद्यालय नेपाली इतिहास सस्कृति तथा पुरातत्व विभागका प्रमुख डा.महेश अचार्य सहित प्राध्यापकहरुको टोलीले उत्खनन क्षेत्र सहित जिल्ला स्थित बौद्धकालिन तथा ऐतिहासिक साँस्कृति सम्बन्धि जानकारी लिई फर्केका थिए । उनले जिल्ला स्थित संस्कृति सम्पदा संरक्षण महाअभियानसँग समेत अन्तरक्रिया गरेका थिए । उनले महाअभियानको लक्ष्य समय सापेक्ष रहेको र गर्दै आएको कार्यको प्रशंसा गरेका थिए । स्थानिय नागरिकहरुले पुरातत्व स्थल,बस्तु तथा समाजमा रहेका संस्कृति बचाएर राख्नु पर्ने औल्याएका थिए । हाम्रो इतिहास,परम्परा,संस्कार,संकृति तथा पुरातत्विक स्थान र बस्तु हाम्रा गहना हुन्,यसलाई बचाएर जोगाएर राख्न आवश्यक छ । यसका लागि सरकारले नीतिगत ब्यवस्था गरेर संरक्षण गर्नु पर्ने उनको भनाई थियो । उत्खनन कार्य विस्तारै विस्तारै अध्ययन गर्दै गर्नु पर्ने हुन्छ,हतार हतारमा उत्खनन गरेर देखाई हाल्दा पनि पुरातात्विक बस्तु नष्ट हुन सक्ने हुदा यसका लागि स्थानियले धैर्य समेत राख्नु पर्ने उनले औल्याएका थिए ।
केही दिन अगाडी चिनिया अध्ययेताहरुको टोलीले समेत ‘विश्व शान्ति कार्यक्रम’ रामग्राममा गरेर फर्केको सोही वार्डका पुर्व वार्डअध्यक्ष शिवशंकर हरिजनले जानकारी गराएका थिए । अन्तरगत विविध कार्यक्रम गरि चिन लगायतका विभिन्न देशका पर्यटकले विश्व शान्तिको कामना गरिनुका साथै चिनिया कला,गित र संगित प्रस्तुत गर्दै विभिन्न देशबाट आएका बुद्धिस्ट र अतिथिहरुको सहभागितामा साझ स्तुप परिसरमा दीप प्रज्वलन गरिएको थियो ।
रामग्राम स्तुप क्षेत्रमा आउने पर्यटक ३१ देशबाट आएको रहेछन् । अहिलेसम्म अमेरिका,अष्ट्रेलिया,भुटान,क्यानाडा,फ्रान्स,जर्मनी,हंकगँ,इण्डोनेसिया,इटली,जापान,कोरिया,मंगोलिया,रसिया,साइप्रस,सिँगापुर,स्पेन, स्विडेन,स्वीस,ताईवान,युगाण्डा भियतनामका पर्यटकहरु पनि आएका थिए । मगधका तत्कालिन सम्राट अशोक स्तुप उत्खनन गराउदै ८४ हजार स्थानमा स्तुप बनाउने गरि स्तुपको उत्खनन गराउने क्रममा अन्तिम समयमा रामग्राम स्तुपको उत्खनन गर्न आई पुगेका थिए । तर स्तुपमा पुजा ध्यान गर्दै आएका नागबंशीहरुको आग्रहमा रामग्राम स्तुप उत्खनन गरेनन् । बरु रामग्राम स्तुप नजिकै स्नान गर्न पोखरीको निर्माण गराई दिए । भिच्छुलाई बस्नका लागि बौद्ध विहार बनाई दिए ।
उपासकहरुको बसोबासका लागि पनि आवास बनाई दिएका थिए । आधुनिककालमा भारतमा अग्रेज शासनकालमै बेलायतबाट आएका अग्रेजी विद्धान डा.डब्लु होयले रामग्राम स्तुपको पत्ता लगाएका थिए । सन १८९६ मा लुम्बिनीमा अशोक पिलरको माध्यमले लुम्बिनी पत्ता लागे पछि उनले त्यसकै आधारमा खोज्दै आउदा सन १८९८ मा रामग्राम स्तुपको पत्ता लगाएका थिए ।
कोलिय राजाहरुको राजधानी तथा बुद्धको जन्म दिईने महामायाको जन्म स्थल हो । यस स्थानमा संसार भरिबाट बौद्धमार्गी एक पटक आउन चाहन्छ । यसको देश विदेशमा अझै पनि राम्ररी प्रचार प्रसार हुन सकेको छैन् । यसले यहाँको धार्मिक पर्यटनलाई बढावा दिइने छ । भगवान गौतम बुद्धको जन्म दिईने आमा महामाया,पालन गर्ने प्रजावति गौतमी,सिद्धार्थको बुद्धत्व(ज्ञान) प्राप्तीमा सहज सहयोग गर्ने उनकी पत्नि यशोधराको जन्मस्थल त्यही कोलनगर क्षेत्र भएको हुदा संसारका बौद्धमार्गीका लागि एक महत्वपुर्ण स्थान हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *