सामुदायिक मेलमिलापकर्ताको न्यायीक क्षेत्रमा ठूलो योगदान छ ः कामु प्रधानन्यायधिश सपना प्रधान मल्ल
नवलपरासी,२० बैशाखसर्वोच्च अदालतकी कामु प्रधानन्याधिश सपना प्रधान मल्लले न्यायिक क्षेत्रमा सामुदायिक मेलमिलापकर्ताहरुको ठूलो योगदान रहेको बताएकी छिन् । नवलपरासीमा शनिवार न्यायीक समिति प्रथम जिल्ला सम्मेलनको उदघाटन गर्दै सो कुरा बताएकी हुन् ।जिल्लाका सातवटै न्यायिक समितिको संयतm आयोजनामा भएको न्यायीक समिति जिल्ला सम्मेलन नेपाल मै पहिलो अभ्यास भएको चर्चा गर्दै उनले यस्तो सम्मेलनले न्यायीक क्षेत्रको साझा समस्या र सामुहिक समाधानलाई सहयोग पुर्याउने बताईन् । सामुदायिक मेलमिलाप कर्ताहरुको योगदानको प्रशंसा गर्दै भनिन्, न्याय सेवाका प्रमुख सहयात्रीहरु मेलमिलापकर्ता पनि हुन् । तर मेलमिलाप कर्ता र न्यायीक समिति एउटै होईन् । न्यायीक समितिले विधि कानुन र प्रकृयागत चल्छ, तर मेलमिलापकर्ता पिडित र पिडिक विच समान्जस्ता ल्याउदै आफ्ना शिप र कौशल प्रयोग गरि प्रत्यक्ष न्यायको अनुभुति गराउने सामुदायिक कार्यकर्ता...










