
नवलपरासी,१८ बैशाख
जिल्ला स्थित इभरग्रिन अस्पताल प्रालिले विश्व मजदुर दिवसको अवसरमा उद्योग मजदुरलाई उपचारमा छुट दिईने घोषणा गरेको छ । विहिवार अस्पतालका श्रमिकहरुलाई सम्मान गर्दै अन्य औद्योगिक क्षेत्रका श्रमिकहरुको उपचारमा १० देखी १५ प्रतिसत छुट उपलब्ध गराउने घोषणा गरेको छ ।
अस्पतालका सञ्चालक बलिराम कोईरीले मजदुरको सम्मान गर्दै अन्य उ
द्योगका मजदुर आफ्नो परिचय पत्र सहित अस्पतालमा उपचार गराउन आएमा बहिरँग विभागको काउन्टरमा १० प्रतिसत र चिकित्सा सेवामा १५ प्रतिसतसम्म छुट दिईने जानकारी गराएका थिए । मजदुरलाई नियमित स्वास्थ्य परिक्षणमा सहज होस भनेर आफुले यस्तो घोषण गरेको हो,उनले भने, सबै उद्योग एक आपसमा परिपुरक हुनु पर्छ । यो अस्पताल पनि निजी क्षेत्रको एउटा सेवा उद्योग हो । अन्य उद्योगमा पनि मजदुरहरु काम गर्छन् । यो सेवा उद्योगमा पनि मजदुरले काम गर्छन् । सेवा साटासाट पनि हुने यो घोषणाले वातावरण सृजना हुने उनले विश्वास ब्यतm गरेका थिए । कुनै पनि उद्योगको प्रतिगत मजदुरको उत्साहले मात्र सम्भवन हुने हुदा श्रमिक पनि उद्योगको एक तत्व हुन,भन्ने कुरा उद्योग ब्यवस्थापनले बुझ्न आवश्यकर रहेको उनले बताएका थिए ।