सिमा क्षेत्रमा तस्करी रोक्न प्रहरीले बढायो सक्रियता
नवलपरासी,२३ चैत्रखुल्ला सिमा क्षेत्रमा तस्करी बढदै गए पछि अहिले फेरी प्रहरीले तस्करी नियन्त्रणमा सक्रियता देखाएको छ । पहिलाको प्रमुख जिल्ला अधिकारी(प्रजिअ) सरुवा भएर नयाँ प्रजिअ आएको मौका छोपी तस्करहरु भन्सार छल्दै तस्करमिा लाग्दा फागुन महिनामा महेशपुर भन्सारको लक्ष्य घटे पछि प्रहरीले तस्करी नियन्त्रणमा पुनः सक्रियता देखाएको हो ।गत माघमा तत्कालिन प्रजिअ स्किम श्रेष्ठले तस्करीमा कडाई गरेकी थिईन । सो महिनामा महेशपुर भन्सारले माघ महिनामा मासिक लक्ष्य भन्दा बढि १सय ९४ प्रतिसत राजस्व बढेको थियो । तर सोही महिना पछि पुरा अवधी नपुग्दै प्रजिअ श्रेष्ठको ९ महिना मै तस्करहरुकै दवावमा सरुवा भए पछि नयाँ प्रजिअ हिरालाल रेग्मी आएका छन् । सोही मौकामा तस्करहरुले तस्करी गर्न पाउदा त्यसको असर भन्सारको राजस्व संकलनमा देखिएको छ । भन्सारको राजस्व संकलन मासिक प्रतिवेदन अनुसार अहिले राजस्व संकलन घटेर फागुन महिनाको...










