Health Advertisement

किसोरी गर्भवती सँख्या बढदै, परिवार नियोजन साधनको प्रयोगकर्ता घट्दै

नवलपरासी,१२ बैशाख
जिल्लामा किसोरी मैत्री स्वास्थ्य कार्यक्रम प्रभावकारी हुन नसक्दा जिल्लामा किसोरी गर्भवतिको संख्या बढने र परिवार नियोजन सेवा घट्ने क्रम देखिएको छ । परिवार नियोजनका साधन प्रयोगकर्ता घट्दै जानु र किसोरी गर्भवति संख्या बढदै जानुले सुरक्षित मातृत्व कार्यक्रमलाई नै चुनौती थपिएको हो ।
कार्यालयको तत्याँक अनुसार अस्थाई परिवार नियोजन सेवा लिइनेमा पुरुषले प्रयोग गर्ने परिवार नियोजनका साधन कण्डमको प्रयोग बढेको देखिए पनि महिलाले प्रयोग गर्ने परिवार नियोजनका साधन प्रयोग गर्ने संख्या घट्दो क्रममा छ । तथ्याँक अनुसार कण्डमको प्रयोग आर्थिक बर्ष २०७८/०७९,२०७९/०८० र २०८०/०८१ मा नयाँ प्रयोगदर क्रमशः ५.४,५.३ हुदै घटेर ४.९ मा पुगेको छ । क्रमश :२ हजार ७ सय १९,२ हजार ९ सय ९१ र ३ हजार ८ सय १४ देखिन्छ । तर महिलाले प्रयोग गर्ने अस्थाई परिवार नियोजन साधनहरु क्रमशः पिल्स,डिपो,इम्प्लान्ट आईयुसिडि र स्थाई साधनमा समेत कमि हुदै आएको छ ।
तिन वटै आर्थिक बर्षको तुलनात्मक सँख्या हेदा पिल्सको नयाँ प्रयोगकर्ता क्रमशः १ हजार ६ सय ४८, १ हजार ५ सय ४२ र १ हजार ४ सय ६५ पुगेर घटदो क्रममा छ । डिपोमा पनि आर्थिक बर्षको क्रमशः२ हजार ५ सय ६१,२ हजार ३ सय ५२ र २ हजार ४७ घट्दो क्रममा छ । इम्प्लान्टको पनि प्रयोग क्रमशः१ हजार ३ सय ३०, १ हजार ६ सय ४९ पुगेर पछि पछिल्लो बर्षमा १ हजार ६ सय ३७ मा झरेको छ । आईयुसिडि पनि क्रमशः २ सय २,१ सय ३८ र १ सय ७१ छ । स्थाई साधनमा आर्थिक बर्षको क्रमशः ५ सय ५०,५ सय १६ र ४ सय ९१ मा झरेको छ ।
यि साधन प्रयोगकर्तामा सबै भन्दा बढि सँख्या रामग्राम नगरपालिकामा रहेको छ,भन्ने सबै भन्दा कम सुूस्ता गाउपालिका रहेको छ । ‘विहाबारी विस बर्ष पारी’ नारा बनाई किसोर किसोरीको प्रजनन स्वास्थ्यमा करोडौ खर्चेर विभिन्न कार्याक्रम सञ्चालन हुदै आए पनि कार्यक्रमहरु प्रभावकारी नहुदा किसोरी प्रजनन स्वास्थ्यको समस्या देखिएको हो । किसोरीमा परिवार नियोजनको साधन पुर्याउन नसक्दा किसोरी आमाको सँख्यामा वृद्धि देखिएको तथ्याँकले नै प्रष्ट पारेको देखिन्छ । किसोरीहरु गर्भवती हुने संख्यामा वृद्धि हुदै जादा प्रजनन स्वास्थ्यमा अझै चुनौती कायम नै रहेको तथ्याँकले देखाएको हो ।
स्वास्थ्य कार्यालयको तथ्याँक अनुसार गत आर्थिक बर्ष २०८०/०८१ मा जिल्ला भित्र कुल ४ सय जना (२० बर्ष मुनि) का किसोरी गर्भवती भएका छन् । एका तर्फ किसोरी अवस्थामै २० बर्ष मुनि नै गर्भवती हुन र आर्को तिर प्रोटोकल अनुसार गर्भवती किसोरीहरुले गर्भ परिक्षणको पहुँचमा नहुनुले चुनौती देखिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याँकले देखाएका छ । चार जना गर्न किसोरी गर्भवती मध्ये प्रोटोकल अनुसार पहिलो पटक गर्भ जाँच गराउने सँख्या २ सय ८२ रहेको छ । ४ पटक गर्भवती जाँच सेवा लिइने क्रम घट्दै गएको पनि देखाएको छ । जस्मा ४ पटक गर्भवती जाँच गराउने संख्या घटेर २ सय ४३ रहेको छ ।
यसको प्रमुख जिम्मेवार निकाय स्वास्थ्य कार्यालय र पालिकाका स्वास्थ्य शाखाहरु हुनु पर्ने बताइएको छ । संघिय सरकारले नै किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९ जारी गर्दै सो सेवा प्रवाह गर्नका लागि तिन तहकै सरकारलाई निर्देशन गरेको थियो । तर संघिय सरकारले विभिन्न मापदण्ड जारी गरे पनि स्थानिय तह र प्रदेश सरकारका जिल्ला स्वास्थ्य कार्यालयहरुले सो क्षेत्रमा प्रभावकारी ढंगले काम नगर्दा किसोरी प्रजनन स्वास्थ्य चुनौती बन्ने गरेको नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले बताए । सरकारले विभिन्न दातृ निकायलाई देखाउनका लागि कानुन,मापदण्ड बनाउने तर बनाएर थन्काउने कार्य मात्रै गरेको जस्तो देखिएको उनको आरोप थियो ।
स्वास्थ्य सस्थाहरुबाट प्रवाह हुने स्वास्थ्य सेवालाई किशोरकिशोरी मैत्री बनाउन जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ६४ ले दिइएको अधिकार प्रयोग गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो निर्देशिका बनाएर जारी गरेको थियो । किशोरकिशोरी मैत्री सेवा अन्तरगत यौन तथा प्रजनन स्वास्थ्य सेवा,परामर्श र प्रेषण सेवा,परिवार योजना वा नियोजन सेवा,परामर्श र प्रेषण सेवा (कम्तीमा कण्डम,पिल्स,तीन महिने सुई,आकस्मिक गर्भ निरोधक साधन) को सेवा,पोषण सम्बन्धि जानकारी वार परामर्श सेवा,यौनजन्य संक्रमण तथा एचआईभि नियन्त्रण,रोकथाम बारेमा जानकारी वा परामर्श र प्रेषण सेवा दिइनु पर्छ ।
त्यसैगरि हिँसाबाट बच्ने उपायबारे जानकारी वा परामर्श र प्रेषण सेवा,लागु पदार्थ दुर्ब्यसनबाट बच्ने उपायको बारे जानकारी वा परामर्श र प्रेषण सेवा र मानसिक समस्या सम्बन्धि जानकारी वा परामर्श र प्रेषण सेवाहरु दिइएको हुनु पर्छ । यि सबै सेवाहरु भएको र आवश्यक पुर्वाधार र गोपनियताको हिसाबले पनि गोप्य र सुरक्षित स्थान हुनु पर्छ । सरकारी स्वास्थ्य संस्था मात्रै नभई निजी स्वास्थ्य सस्थाहरुलाई पनि सो मापदण्ड अनुसारको सेवा प्रवाह गराउन समेत लगाउनु पर्ने निदेशिकामा उल्लेख गरिएको छ ।
प्रत्येक ६ महिनामा सेवा प्रवाह गर्ने स्वास्थ्य सस्थाले स्वःमुल्याँकनका लागि अनुसुचि ३ बमोजिम भौतिक पुर्वाधार र संरचनामा किशोरकिशोरीलाई सेवा प्रदान गर्दा अरुले देख्ने सुन्न नसक्ने गरी गोपनियताको कायम राख्ने ब्यवस्था,स्वच्छ वातावरण र विद्युत आपुर्ति रहेको,सस्थामा नियमित विद्युत आपुर्ति रहेको र सेवाग्राहीले पालो पर्खदा बस्नको लागि उपयुतm ब्यवस्था भएको हुनु पर्ने उल्लेख छ । औजार उपकरण र समाग्रिमा तौल तथा उचाई मापन गर्ने उपकरण उपलब्ध भएको,कण्डम राख्ने बाकस सबैको पहुँच हुने गरि राखिएको,स्तेथोस्कोप तथा बीपिीसेट भएको,स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक नेपाल सरकारले तोके बमोजिम औषधीको उपलब्धता भएको र सेवा प्रदायक स्वास्थ्यकर्मीहरुको नियमित उपस्थिती रहेको अवस्था अनुसार अंकभार तोकिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *