

नवलपरासी,१८ बैशाख
मेलमिलाप परिषद(मेडिइसन काउन्सिल)बाणिज्य तथा बंकिँग प्रकृतिका मुद्दा÷विवादहरुको मेलमिलाप प्रकृयाबाट समाधान गर्न उद्योग बाणिज्य संघलाई अख्यिारी प्रदान गरेको छ । काउन्सिलले नेपाल उद्योग बाणिज्य महासंघ मार्फत जिल्ला तथा नगरका उद्योग बाणिज्य संघहरुमा मेलमिलाप केन्द्र स्थापन गरि सो प्रकृतिका मुद्दा÷विवादहरुको मेलमिलाप गराउन अख्तियारी आएको उद्योग बाणिज्य संघ नवलपरासीले जनाएको हो ।
काउन्सिलले महासंघलाई २०८१ साल चैत्र १७ गते नै पत्राचार गरि मेलमिलाप केन्द्र स्थापना गरि काम गर्न अनुरोध गरेको थियो । सोही अनुसार महासंघले जिल्ला र नगर उबासंघलाई अ आफ्ना संघमा मेलमिलाप केन्द्र स्थापना गर्न पत्राचार गरेको संघका बाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्तले बताए । यसका लागि संघको बैठक बसेर केन्द्र खोल्ने निर्णय गरे पश्चात मेलमिलाप केन्द्र सञ्चालन गरिने उनले जनाए । काउन्सिलले यस्तो अख्तियार सरोकारवाला निकायलाई नै दिइनु र त्यहीबाट काम गर्नु शुखद पक्ष रहेको छ , उनले भने, यसका लािग संघले छ्टिटै निर्णय लिई आवश्यक कार्यविधि झिाकाउने वा बनाउने र सम्बन्धित क्षेत्रका विज्ञहरु सहितको प्रतिनिधि रहने गरि केन्द्र खोल्ने छ । यसले उद्योगी ब्यवसायिलाई ठूलो राहत पुग्ने उनको भनाई थियो । उद्योगी ब्यवसायिसँग सम्बन्धित धेरै कुरा आपसी समझदारीमा चल्ने र धेरै जसो मौखिक कारोबारले कागजी प्रमाणापत्र नहुदा सहजीकरण मार्फत समस्या समाधानमा सहयोगी हुने उनले विश्वास ब्यतm गरेका थिए ।