Health Advertisement

नारायणी(गण्डक) नदीबाट नदीजन्य पदार्थको निकासी अनुगमनमा विवाद

नवलपरासी,१३ बैशाख
जिल्लाको नारायणी (गण्डकी) नदीबाट अनियन्त्रित रुपमा नदिजन्य पदार्थ दोहन भएको आरोप स्थानियले लगाए पछि अहिले अनुगमनमा विवाद सृजना भएको छ । जिल्ला अनुगमन समितिको अनुगमन पछि गाउपालिकाले आफै अनुगमन गरेको र अहिले स्थानियले गाउपालिकाको अनुगमनमा पनि आँशका गरे पछि आउदो सोमवार पुनः जिल्ला,गाउपालिका सहितको टोलीले अनुगमन गर्ने भएको हो ।
सुस्ता गाउपालिकाले नदीजन्य पदार्थ झिक्नका लागि निकास ठेक्का लगाएको भन्दा बढि नदीजन्य पदार्थको दोहन गरिए पछि अनुगमनकारी निकाय प्रति नै आशँका जन्माउदा एक अर्का नियामक निकाय मै विवाद हुने देखिएको स्थानियले जनाएका छन् । नदीबाट अध्याधिक नदीजन्य पदार्थ दोहन भए पछि गाउपालिका बचाउमा लागेको स्थानियले आरोप लगाएका छन् । ठेकेदारको प्रलोभनमा परेर अहिले ठेकेदारलाई बचाउन गाउपालिकाले शुक्रवार अनुगमन गरेको थियो । गाउपालिकाको अनुगमन टोलीले ठेकेदारलाई तोकिएको परिमाणको ९० प्रतिसतसम्म मात्र झिकेको दाबी गर्दै आएको छ । तर बुधवार नै नदी क्षेत्रमा अनुगमन गर्न जिल्ला अनुगमन टोली पुगेको जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवले जानकारी गराएका थिए ।
घाँम र हाँवाहुरी भएका कारण सबै क्षेत्रको अनुगमन टोलीले अनुगमन गर्न सक्ने अवस्था भएन् । तर पनि अनुगमन अनुसारको प्रतिवेदन तयार गरि सार्वजनिक गर्ने उनले प्रतिवद्धता जनाएका थिए । उनका अनुसार अनुमति भन्दा बढि खोलाजन्य समाग्रि झिकिएको अवस्था भेटिएको छ । तर उनीहरुको घाटगद्दिको यकिन भई रहेको छैन् । ठेकेदारले नदीमा खोलाजन्य समाग्रि झिक्दा पानी बग्ने धार तर्फ झिक्दै आएका छन् । ताकी पानीले खाल्टा पुरियोस, अध्याधिक निकासी गरेको आधार नभेटियोस भन्ने छल गरेका छन् । प्रमुख यादवले प्रतिकृया दिदै भने,ठेकेदारहरुबाट यो सम्बन्धमा जानकारी लिदा पहिला पानी नभएको र अहिले बाढी आएर पानी बढ्दा धार तिरबाट झिकिएको अवस्था देखिको बताएका थिए ।
अनुगमन विवाद मात्रै नभई भित्र भित्र अनुगमन कारी निकायमा रकम लेनदेन गरि छाकछोप गर्ने सौदाबाजी पनि चलिरहेको भनाई स्थानियबासीको रहेको छ । अध्याधिक मालबस्तुलाई आवश्यक कारवाही भन्दा रफदफा गरिदिनका लागि अनुगमनकारी निकायलाई ३० लाखसम्म बुझाउने ठेकेदार समुहमा छलफल भई रहेको एक स्थानियले बताए । ठेकेदार समुहमा नै रकम बुझाएर विवाद मिलाउने हल्ला सुनिएको छ, उनले भने,तर कसलाई कतिमा मिलाउने विवादले अहिले अनुगमन मै विवाद देखिन थालेको हो । सुस्ता गाउपालिकाले ठेक्का लगाउदा विभिन्न ४ वटा ठेक्का मध्ये १ वटा ६ र ३ वटा ठेक्का १६ नम्बर ठोक्कर नजिकै बाट झिक्न ठेक्का लगाएको छ । सबै ठेक्का मार्फत झिक्नका लागि पनि एक लाख घन फिट भन्दा केही बढि होला । तर ठेकेदारहरु र केही स्थानिय खोला तस्करहरु मिलेर ६० लाख घन फिट भन्दा बढि समाग्रि झिकिएका छन् । उनले झिकिएका मालबस्तु भण्डारण नै नगरि सिधै सडक र बाँधका पठाउने हुदा कति परिमाणको झिकियो भन्ने यकिन गर्न गाह्रो छ । तर उनले वि ग्याप बाँध र नेपाल बाँध विचको लिँक बाँधमा मात्रै राखिएको ढुगाँ,गिट्टि र रोडाको यकिन गर्दा ६० लाख बढि हुन आउछ ।
यसको अनुगमन गर्ने निकाय पहिलो त सुस्ता गाउपालिका नै हो, उनले भने,गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसाल र अध्यक्ष टेकनारायण उपाध्याय समेत दबाव र प्रभावमा पर्दा यस्ता अनियन्त्रित उत्खनन भई रहेको दाबी स्थानियबासीको रहेको छ । ठेक्काको नाँउमा आँखा बन्द गरेर दोहनको समर्थन अध्यक्ष उपाध्याय र अधिकृत भुसालले रहेको आरोप थियो । उपाध्यक्ष गिता चौधरीले समेत नियमित अनुगमन गर्नु पर्ने हो,उनी अनुगमन प्रमुख नै भए पनि अनुगमन गरिएको देखिएन ् । करोडौ रकमको चलन खेल भई रहेको दाबी उनको थियो । ४ रुपिया प्रति घनफिटको मुल्यलाई आधार मान्ने हो भने अहिलेसम्म २४ करोड भन्दा बढिको खोलाजन्य समाग्रि झिकिसकिएको छ ।
ठेक्का अवधी अझै पनि जेठ मसान्तसम्म रहेको दाबी ठेकेदारहरुको रहेको छ । लिँक बाधको दुई किलोमिटरको दुरीमा दुबै छेउमा १०।१० फिट चौडाई,१० फिट जति उचाईको आधारमा पनि ६ लाख घनफिट मौजुदा अवस्थामा खोलाजन्य पदार्थ देख्न सकिन्छ, उनले बाँधमा खसालिएको खोलाजन्य समाग्रि देखाउदै भने,यस्ता बाँधमा ५ किलोमिटर रतनगँजसम्म खोलाजन्य समाग्रि खसालिएका छन् । बर्दघाट देखी सेमरी स्थित क्रसर उद्योगमा पनि यहिँबाट सबै खोलाजन्य समाग्रि पुर्याइएका छन् ।
खोला जन्य समाग्रिमा आफ्‌ना भाग पाएर मौन बस्ने स्थानिय प्रहरी समेत रहेको स्थानियले बताए । ठेक्काको आठमा यस्तो दोहन कहिलै देखिएको थिएन्,जुन अहिले भई रहेको छ । नदीमा लुट मच्चाईएको छ । सरोकारवाला मौन छन्, स्थानिय दुई चारले बोल्ने आट गर्न सक्दैनन् । तर खोलाबाट झिक्ने मालबस्तु तँ जो सुकैले कहाँबाट आयो भन्ने प्रश्न गर्न सक्ने आधार छ । तर जिल्लाबाट पनि अनुगमन भई रहेको छैन् । एक साता देखी नै जिल्लाबाट अनुगमन आउछ,भन्ने हल्ला चल्ने गरेको तर त्यो भन्नलाई मात्रै भएको उनको भनाई थियो । अनुगमनबारे प्रतिकृया दिदै सुस्ता गाउपालिकाकी उपाध्यक्ष चौधरीले जिल्लाबाटै अनुगमन आउने सुनाएकी थिईन् । जिल्लाबाट नै निकासीको स्वीकृति दिईने हुदा जिल्लाले नै अनुगमन गर्छ, मंगलवार उनले प्रतिकृया दिइएकी थिईन् । गाउपालिकाले त निकासी गर्दा घाटगद्दि गर्नु भन्दै आएको छ,तर ठेकेदारले घाटगद्दि गरेको पाइएको छैन् । उनीहरुले घाटगद्दि गर्नु पर्छ ।
विगत बर्षमा पनि नारायणी नदीको तत्कालिन जिल्ला विकास समिति(जिविस)ले निकासी ठेक्का लगाउने गरेको थियो । यस्ले नदीको धार पश्चिम तर्फ फर्कदै जादा गण्डक बाँधहरु नै खत्तरामा पर्न थालेका थिए । तत्पश्चात भारत सरकारको सिचाई अभियन्ता कार्यालयले नै जिविसलाई पत्राचार गरि निकासी गर्नमा रोक लगाएको थियो । बाँध मर्मत सम्भारका लागि भारतले १० अर्ब भन्दा बढि रकम खर्च गरि सकेको छ । नदी दुई देशिय सिमामा पर्ने हुदा नदी निकासीमा भारतिय चाँसो पनि हुने गर्छ । अध्याधिक निकासीले बाँधलाई कमजोर बनाउने र कमजोर बाँध बाढीको बेला भत्कियो भन्ने नेपालको दर्जन गाँउ र भारत उत्तर प्रदेशकै चार जिल्लालाई प्रभावित बनाउने हुदा नदी निकासीमा सिमावर्ति महराजगँज जिल्ला अधिकारीहरुले पनि चाँसो ब्यतm गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *