Health Advertisement

नारायणी(गण्डक) नदीबाट नदीजन्य पदार्थको अत्याधिक दोहन,सरोकारवाला निकाय मौन

नवलपरासी,११ बैशाख
जिल्लाको नारायणी (गण्डकी) नदीबाट अनियन्त्रित रुपमा नदिजन्य पदार्थ दोहन हुदा पनि सरोकारवाला निकाय मौन रहेको स्थानियले बताएका छन् । सुस्ता गाउपालिकाले नदीजन्य पदार्थ झिक्नका लागि निकास ठेक्का लगाएको ५० गुना बढि नदीजन्य पदार्थको दोहन गरिएको दाबी स्थानियको रहेको छ ।
सुस्ता गाउपालिकाले ठेक्का लगाउदा विभिन्न ४ वटा ठेक्का मध्ये १ वटा ६ र ३ वटा ठेक्का १६ नम्बर ठोक्कर नजिकै बाट झिक्न ठेक्का लगाएको छ । सबै ठेक्का मार्फत झिक्नका लागि पनि एक लाख घन फिट भन्दा केही बढि होला,एक स्थानियले भने, तर ठेकेदारहरु र केही स्थानिय खोला तस्करहरु मिलेर ६० लाख घन फिट भन्दा बढि समाग्रि झिकिएका छन् । उनले झिकिएका मालबस्तु भण्डारण नै नगरि सिधै सडक र बाँधका पठाउने हुदा कति परिमाणको झिकियो भन्ने यकिन गर्न गाह्रो छ । तर उनले वि ग्याप बाँध र नेपाल बाँध विचको लिँक बाँधमा मात्रै राखिएको ढुगाँ,गिट्टि र रोडाको यकिन गर्दा ६० लाख बढि हुन आउछ ।

Health Advertisement


यसको अनुगमन गर्ने निकाय पहिलो त सुस्ता गाउपालिका नै हो, उनले भने,गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसाल र अध्यक्ष टेकनारायण उपाध्याय समेत दबाव र प्रभावमा पर्दा यस्ता अनियन्त्रित उत्खनन भई रहेका छन् । ठेक्काको नाँउमा आँखा बन्द गरेर दोहनको समर्थन अध्यक्ष उपाध्याय र अधिकृत भुसालको रहेको उनको आरोप थियो । उपाध्यक्ष गिता चौधरीले समेत नियमित अनुगमन गर्नु पर्ने हो,उनी अनुगमन प्रमुख नै भए पनि अनुगमन गरिएको देखिएन ् । करोडौ रकमको चलन खेल भई रहेको दाबी उनको थियो । ४ रुपिया प्रति घनफिटको मुल्यलाई आधार मान्ने हो भने अहिलेसम्म २४ करोड भन्दा बढिको खोलाजन्य समाग्रि झिकिसकिएको छ ।
ठेक्का अवधी अझै पनि जेठ मसान्तसम्म रहेको दाबी ठेकेदारहरुको रहेको छ । लिँक बाधको दुई किलोमिटरको दुरीमा दुबै छेउमा १०।१० फिट चौडाई,१० फिट जति उचाईको आधारमा पनि ६ लाख घनफिट मौजुदा अवस्थामा खोलाजन्य पदार्थ देख्न सकिन्छ, उनले बाँधमा खसालिएको खोलाजन्य समाग्रि देखाउदै भने,यस्ता बाँधमा ५ किलोमिटर रतनगँजसम्म खोलाजन्य समाग्रि खसालिएका छन् । बर्दघाट देखी सेमरी स्थित क्रसर उद्योगमा पनि यहिँबाट सबै खोलाजन्य समाग्रि पुर्याइएका छन् ।


खोला जन्य समाग्रिमा आफ्‌ना भाग पाएर मौन बस्ने स्थानिय प्रहरी समेत रहेको स्थानियले बताए । ठेक्काको आठमा यस्तो दोहन कहिलै देखिएको थिएन्,जुन अहिले भई रहेको छ । नदीमा लुट मच्चाईएको छ । सरोकारवाला मौन छन्, स्थानिय दुई चारले बोल्ने आट गर्न सक्दैनन् । तर खोलाबाट झिक्ने मालबस्तु तँ जो सुकैले कहाँबाट आयो भन्ने प्रश्न गर्न सक्ने आधार छ । तर जिल्लाबाट पनि अनुगमन भई रहेको छैन् । एक साता देखी नै जिल्लाबाट अनुगमन आउछ,भन्ने हल्ला चल्ने गरेको तर त्यो भन्नलाई मात्रै भएको उनको भनाई थियो । अनुगमनबारे प्रतिकृया दिदै सुस्ता गाउपालिकाकी उपाध्यक्ष चौधरीले जिल्लाबाटै अनुगमन आउने सुनाएकी थिईन् । जिल्लाबाट नै निकासीको स्वीकृति दिईने हुदा जिल्लाले नै अनुगमन गर्छ, मंगलवार उनले प्रतिकृया दिइएकी थिईन् । गाउपालिकाले त निकासी गर्दा घाटगद्दि गर्नु भन्दै आएको छ,तर ठेकेदारले घाटगद्दि गरेको पाइएको छैन् । उनीहरुले घाटगद्दि गर्नु पर्छ ।
यता बुधवार नै नदी क्षेत्रमा अनुगमन गर्न जिल्ला अनुगमन टोली पुगेको जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवले जानकारी गराए । घाँम र हाँवाहुरी भएका कारण सबै क्षेत्रको अनुगमन टोलीले अनुगमन गर्न सक्ने अवस्था भएन् । तर पनि अनुगमन अनुसारको प्रतिवेदन तयार गरि सार्वजनिक गर्ने उनले प्रतिवद्धता जनाएका थिए । अनुमति भन्दा बढि खोलाजन्य समाग्रि झिकिएको अवस्था भेटिएको छ । तर उनीहरुको घाटगद्दिको यकिन भई रहेको छैन् । ठेकेदारले नदीमा खोलाजन्य समाग्रि झिक्दा पानी बग्ने धार तर्फ झिक्दै आएका छन् । ताकी पानीले खाल्टा पुरियोस, अध्याधिक निकासी गरेको आधार नभेटियोस भन्ने छल गरेका छन् । यसबारे प्रमुख यादवले प्रतिकृया दिदै भने,ठेकेदारहरुबाट यो सम्बन्धमा जानकारी लिदा पहिला पानी नभएको र अहिले बाढी आएर पानी बढ्दा धार तिरबाट झिकिएको अवस्था देखिको बताएका थिए ।
विगत बर्षमा पनि नारायणी नदीको तत्कालिन जिल्ला विकास समिति(जिविस)ले निकासी ठेक्का लगाउने गरेको थियो । यस्ले नदीको धार पश्चिम तर्फ फर्कदै जादा गण्डक बाँधहरु नै खत्तरामा पर्न थालेका थिए । तत्पश्चात भारत सरकारको सिचाई अभियन्ता कार्यालयले नै जिविसलाई पत्राचार गरि निकासी गर्नमा रोक लगाएको थियो । बाँध मर्मत सम्भारका लागि भारतले १० अर्ब भन्दा बढि रकम खर्च गरि सकेको छ । नदी दुई देशिय सिमामा पर्ने हुदा नदी निकासीमा भारतिय चाँसो पनि हुने गर्छ । अध्याधिक निकासीले बाँधलाई कमजोर बनाउने र कमजोर बाँध बाढीको बेला भत्कियो भन्ने नेपालको दर्जन गाँउ र भारत उत्तर प्रदेशकै चार जिल्लालाई प्रभावित बनाउने हुदा नदी निकासीमा सिमावर्ति महराजगँज जिल्ला अधिकारीहरुले पनि चाँसो ब्यतm गर्दै आएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *