Health Advertisement

औद्योगिक क्षेत्रको डुबान समस्याले त्रसित

नवलपरासी,१२ बैशाख
जिल्ला स्थित औद्योगिक क्षेत्रका उद्योगबाट हुने बायु प्रदुषण लगायतका समस्या समाधान गर्न तर्फ लागे पनि औद्योगिक क्षेत्रमा अहिले देखिएको डुबान समस्याले उद्योगहरु त्रसित बनेका छन् । सरोकारावाला निकायसँग उद्योग तथा उद्योग बाणिज्य संघका प्रतिनिधिहरुले समस्या समाधानका लागि आवश्यक पहल गर्न आग्रह गर्दै आए पनि सुनुवाई नहुदा बर्षायाममा डुबान हुने त्रास उद्योगीहरुमा देखिन थालेको हो ।

Health Advertisement


उद्योगबाट निस्कने धुवाँ र धुलोको आन्तरिक ब्यवस्थापन गरिए पनि उद्योग बाहिरबाट हुने डुबान समस्या समाधानको पहल नभएको औद्योगिक क्षेत्रमा लुम्बिनी पेपर मिल्स प्रालिका कर्मचारीले बताए । यसका लागि उद्योग बाणिज्य संघका प्रतिनिधिसँग पनि डुबान नियन्त्रणका लागि आवश्यक जलनिकास बनाउन आग्रह गरेका थिए । त्यसका लागि उद्योगबाट गर्न सकिने सहयोग गर्न तयार रहेको उनीहरुको भनाई रहेको थियो । केही महिना पहिला उद्योग र संघका प्रतिनिधिले आवश्यक पहल गर्नका लागि जिल्ला समन्वय समिति(जिसस)को ध्यानाकर्षण गराएका थिए । औद्योगिक क्षेत्रको समस्याहरुबारे अध्ययन र जानकारी लिईने शुरक्षित औद्योगिक वातावरण बनाउन अभियान चलाउदै आएका संघका उद्योग उपाध्यक्ष गिरीराज पाण्डे र बाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्तले जिसस प्रमुख भगौती प्रसाद यादवलाई जानकारी गराएका थिए ।
औद्योगिक क्षेत्रको विभिन्न समस्या मध्ये अहिले प्रमुख तिन वटा समस्या पहिलो प्राथमिकतामा राखेर समाधानका लागि पहल गर्न उपाध्यक्षद्धय पाण्डे र गुप्ताले गराएका थिए । प्रमुख तिन समस्यामा विद्युतको अनियमित कटौती,पर्यटन मार्ग अग्लो हुदा औद्योगिक क्षेत्र डुबानमा पर्ने हुदा जलनिकासको उचित ब्यवस्थापन र औद्योगिक क्षेत्रमा काम गर्ने स्थानिय महिला तथा मजदुरहरुको सुरक्षार्थ शुरक्षार्थ प्रहरी विटको स्थापना रहेको उपाध्यक्षद्धयले समन्वय प्रमुखलाई जानकारी गराएका थिए । पर्यटन मार्गले औद्योगिक क्षेत्र डुबानमा पर्ने निश्चित प्राय छ, उद्योग उपाध्यक्ष पाण्डेले भने,सडकको नाली अग्लो बन्दा यस्तो समस्या देखिएको छ,तर अब बैकल्पिक जलनिकासका लागि ढल निकासका लागि पहल गरिदिन पर्यो । ति कार्यमा उद्योगहरु पनि सहकार्र्य गर्न तत्पर छन् । त्यसै गरि विद्युत कटौतीका समस्याबारे पुर्व सुचना गराएर मात्र विद्युत कटौती गर्नु पर्ने उद्योगको आसय रहेको जानकारी गराईएको थियो ।
पुर्व जानकारी गराएर विद्युत कटौती भयो भन्ने उद्योगको क्षति कम हुने भनाई उनको थियो । त्यसै गरि प्रहरी विटका लागि पनि जिल्ला शुरक्षा समितिसँग पहल गरिदिनका लागि जिसस प्रमुख यादवसँग आग्रह गरेका थिए । जिल्लामा एक खर्ब बढिको औद्योगिक क्षेत्रको लगानी छ । यसले अर्बौ रुपिया राजश्व बुझाउदै आएको छ । हजारौ युवा युवतीलाई रोजगारी प्रदान गरेको छ । यसले जिल्लाको पहिचान पनि बनाएको छ । जिल्ला स्तरबाट पहल गरेर औद्योगिक क्षेत्रको ब्यवस्थापन गर्न सकियो भन्ने आर्थिक चलायमानमा पनि योगदान रहने उपाध्यक्षद्धय पाण्डे र गुप्ताको दाबी रहेको थियो । बरु समन्वय गरेर ति उद्योगसँग समाजिक उत्तरदायित्व भनेर खर्चिने केही आर्थिक स्रोतहरुलाई समेत जिल्लाको समाजिक क्षेत्रको विकासमा योगदान पुग्ने थियो ।
जिल्ला अहिले औद्योगिक हब पनि बन्दै गएको छ,बाणिज्य उपाध्यक्ष गुप्ताले भने,औद्योगिक क्षेत्रलाई चाहिने आवश्यक कच्चा पदार्थको आपुर्ति महेशपुर भन्सार भएर गराउन सकियो भन्ने महेशपुर भन्सारलाई पनि लक्ष्य अनुसारको राजश्व संकलनमा योगदान पुग्ने र उद्योगी ब्यवासायीलाई पनि भैरहवा भन्सारमा लामा लागेर भन्सार छुटाउने समस्याबाट पनि राहत मिल्ने उनले बताएका थिए । भन्सारमा समेत पुगेर औद्योगिक समस्या समाधानका लागि सुझाव लिईने र सरोकारवाला कार्यालयहरुसँग जिससले समन्वय गरिदिनका लागि पनि आग्रह गरेका थिए ।
पर्यटन मार्गको निर्माण गर्दा सडकको दुबै किनारमा बन्ने नाली जमिन सतह भन्दा माथि बनाईदा सडकले औद्योगिक क्षेत्रलाई मात्रै नभई स्थानिय बस्ति र बालीनाली हुने खेतलाई समेत डुबान हुने बताएका थिए । जमिन सतह भन्दा अग्लो नालीले रोस्लान भोड्का उद्योगका कर्मचारीले उद्योग परिसरका पानी अहिले नै पम्पिगँसेटले उतm नालीमा फाल्न परेको देखाएका थिए । बर्षायामका पानीले तँ उद्योगलाई नै डबाउने छ । सडक अग्लो बनाउदा सबै औद्योगिक क्षेत्र डुबानको चपेटामा पर्ने छ । डुबान सडकले हुदै आएको छ । तर किसानको बाली डुब्दा उद्योगले क्षतिपुर्ति ब्यहोर्न परेको छ । सरकारसँग सुरक्षा माग्दा उल्टै उद्योगहरु डुबानमा पर्ने गरि संरचना निर्माण हुदैछ । एक्ला एक्लै उद्योगीले समस्या उठाउदा सुनुवाई नहुने र विभिन्न क्षेत्रबाट उद्योग प्रति नकारात्मक धारणा राखिने हुदा पनि औद्योगिक क्षेत्रको बास्तविक समस्या समाधान गर्न चुनौती रहेको छ । उद्योगको यो मात्र समस्या छैन्,उद्योग उद्योगको विच सामन्यजस्यता नहुदा पनि समस्याहरु छन् ।
विद्युत महशुल उद्योगले बुझाएनन्,भन्ने कुरा विद्युत प्राधिकरणले उठाउने गर्छ । केही दिन ढिलो भयो भन्ने जरिवाना तिराई हाल्छ । तर विद्युत आपुर्ति समस्याले उद्योगलाई कति क्षति भयो,त्यसबारे कहिलै विचार पुर्याउदैन् । तर आफ्‌नो गल्ति स्वीकार गर्दै कहिले गर्दैनन । यो एउटा उद्योग हो, उद्योगका एक प्रवन्धकले भने, तर औद्योगिक क्षेत्रमा पचास भन्दा बढि उद्योगहरु स्थापना भई सकेका छन् । हजारौको संख्यामा कर्मचारी र मजदुर कार्यरत छन् । विद्युत प्राधिकरणले विद्युत काट्ने हो पुर्व जनाउ गरि काट्दा कम्तीमा मजदुरहरुलाई सो दिन छुट्टी दिन सकिन्छ,वा अन्य कामका लागि योजना बनाएर बोलाईन्छ । औद्योगिक क्षेत्रको समस्याका लागि आफुले छिट्टै नै सरोकारवाला कार्यालयहरुसँग समन्वय गरि सार्वजनिक बहस चलाउने र निकास निकाल्ने जिसस प्रमुख यादवले आश्वासन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *