
नवलपरासी, १९ बैशाख
जिल्ला स्थित पृथ्वीचन्द्रमा आन्तरिक ब्यवस्थापनमा समस्या र प्रदेश सरकारको गैरजिम्मेवारीनले थपिने भनिएको थप दुई सेव विस्तार हुन सकिरहेको छैन् । विगत ६ महिना पहिला नै अस्पतालमा आँखा उपचार विभागको स्थापना गरि आँखाको अप्रेसन र मृगौला रोगीलाई गरि डायलसिस सेवा तथा आईसियु सेवा सुचारु हुन नसकेको स्थानियले बताएका हुन् ।
यता चैत्र २२ गते नै अस्पतालमा अध्यक्षको म्याद सकिएर अध्यक्ष विहिन बनेको अस्पतालमा नयाँ अध्यक्ष नआउदा आन्तरिक ब्यवस्थापनका लागि समस्या भई रहेको अस्पताल ब्यवस्थापनले जनाएको छ । अस्पतालका यि दुबै सेवा सञ्चालन गर्नु पर्ने आवश्यकता पनि छ, तयारी पनि भई रहेको र निकट डायलसिस सेवा सञ्चालनका लागि तयारी भई रहेको दाबी अस्पतालका सुचना अधिकारी गोविन्द बहादुर ज्ञवालीले डायलसिसका लागि नयाँ मेसिन आएको हुदा सो मेसिन सञ्चालन गर्नका लागि दुई जना कर्मचारी बुटवलमा तालिम लिन पठाइएको जानकारी गराए । डायलसिस सञ्चालनका लागि उचित स्थानको प्रवन्ध मिलाउन नसक्दा ढिलो भएको थियो, उनले भने, अहिले अस्पतालका अधिकाँस सेवाहरु नयाँ भवनमा सरेको छ, पुरानो भवनमा डायलसिस सञ्चालनका लागि ब्यवस्थापन गर्ने कार्य भई रहेको छ ।
त्यसै गरि आँखा उपचारका लागि नेत्र रोग विशेषज्ञ सिमा भण्डारी र नेत्र सहायक समेत अस्पतालमा भए पनि उचित उपकरण अभावले आँखाको अप्रेसन हुन सकेको छैन । आँखाका लागि विशेषज्ञले समान्य आँखा परिक्षण गर्ने कार्य मात्रै भई रहेको छ । ब्यवस्थापकिय अभावले सर्जिकल सेवा हुन सकेको छैन् । त्यसै गरि सघन उपचार कक्ष(आईसियु) को ब्यवस्थापन पनि कमजोर हुदा सो सेवा प्रभावकारी हुन सकिरहेको छैन् । अस्पतालमा डेढ महिना देखी रेडियो लोजिस्ट डाक्टर हाजिर भएर सेवा दिदा विरामीको आकर्षण बढेसँगै अहिले अस्पतालमा आँखा परिक्षणका लागि विभाग खडा गर्ने जानकारी गराइएको थियो । ५० सैया अस्पतालमा बहिरँग विभाग अन्तरगत नै आँखा परिक्षणका सेवा समेत सञ्चालन गर्नु पर्ने मान्यता अनुसार अस्पतालले सो आँखा परिक्षणका लािग विभाग बनाउने योजना ल्याएको थियो ।
अस्पतालमा नियमित उपचार गराउने मधुमेह तथा रतmचाप लगायतका िविरामीलाई औषधी चलाउदा आँखामा समेत असर पर्ने हुदा त्यसको समेत नियमित परिक्षण गर्नु पर्ने भएकोले अस्पतालले आँखा परिक्षणको सेवा थप गर्न लागेको अस्पताल ब्यवस्थापनले जानकारी गराएको हो । आँखा उपचार सेवाले अस्पतालमामा सेवा विस्तारसँगै गुणस्तरिय सेवालाई प्रभावकारी बनाउने अस्पतालका सुचना अधिकारी ज्ञवालीले जानकारी गराएका थिए । शाखाका लागि सरकारले एक जना बि अप्टोमेसिस्ट चिकित्सक अप्सना अंसारी ६ महिना पहिला नै हाजिर भई सकेकी थिईन । पछि आँखाका डाक्टर (अप्टोमेलोजिष्ट) भनि भर्ना भएको उनको भनाई थियो ।
सर्जरीका लागि पनि अस्पतालले बेहोस बनाउने जनशतिm पनि राखि सकेको हुदा अस्पतालको सेवाको गुणस्तरियतामा अब प्रश्न उठ्ने कुरा नहुने विश्वास गरिएको उनको भनाई थियो । त्यसै गरि अस्पतालले आफ्नै स्रोतमा सर्जन चिकित्सक पनि राखि सकेको छ । उनीबाट पनि सेवा प्रवाह भई रहेकोले विरामीलाई बर्षेनी सेवा थपिने हुदा विरामीको आकर्ष(ा बढेको दाबी सुचना अधिकारी ज्ञवालीको रहेको थियो । लामो समय देखी खाली रहेको रेडियोलोजिष्ट पनि अहिेले निरन्तर सेवा दिदै आए पछि अस्पतालको सेवा प्रभावकारीतामा सधै प्रश्न उठने गरेको छ ।
पहिला विभिन्न विषयका विशेषज्ञ चिकित्सक सेवा दिदै आएको अस्पतालमा रेडियोलोजिष्ट नहुदा भिडियो एक्सरे गर्ने र विश्लेषण गरि रिपोर्ट दिने अवस्था नहुदा उपचारमा केही समस्या भए पपिछ अहिले अस्पतालमा रेडियोलोजिष्टको उपस्थितीले सेवासँगै गुणस्तरिय सेवा विरामीले पाउन थालेको दाबी अस्पतालको छ । तर आईसियु सेवा,आँखा उपचार सेवा र डाईयलसिस सेवा अझै प्रभावकारी हुन नसकेको अस्पताल ब्यवस्थापनले स्वीकार गरेको छ । यसका लागि तत्काल अस्पतालमा अध्यक्ष नियुतm भएर आउनु पर्ने र बैठक बसेर योजना बनाई अगाडी बढनु पर्ने आवश्यकता देखिएको छ ।
अस्पतालमा मेसिन र जनशतिm उपलब्ध भए पनि ब्यवस्थापकिय कमजोरी कारण डाईलासिस सेवा सञ्चालन हुन सकेको छैन् । लाखौ रुपियाका उपकरण मेसिन खरिद भएर थन्किएको र बैशाख देखी नै डाईलासिस सञ्चालनका लागि आवश्यक तालिम लिई स्वास्थ्यकर्मीले तलब सुविधा लिदै बसेको तर ब्यवस्थापनले काम गर्न नसक्दा सो सेवा सञ्चालनमा आउन नसकेको हो । सरकारले डाईलसिस गराउने बिरामीलाई निशुल्क सेवा दिन स्थानिय स्तरमै उपकरण र जनशतिm पठाई सकेको तर उपकरण मेसिन जडान नगरि त्यसै राखिएको अवस्थामा फेला परेको कुरा महालेखा परिक्षकको टोलीले आफ्नो मलेप प्रतिवेदनमै तस्विर सहित नै उल्लेख गरेको छ ।
अस्पतालमा झण्डै ४० लाखका उपकरण तथा मेसिनहरु खरिद गरि थन्किएका अवस्थामा छन् । स्वास्थ्यकर्मीहरु पनि तालिम लिई अन्य काम गर्दै बस्ने र तलब खाने कार्य मात्र गर्दै आएका छन् । जिल्लामा दुई दर्जन बढि विरामी नियमित डायलसिस गर्न बुटवल र भैरहवा जानु पर्ने समस्या झेल्दै आएका छन् । सरकारले ति विरामीहरुलाई नै लक्षित गरि विभिन्न दातृनिकायसँग सहयोग माग्ने,ऋण लिईने कार्य गर्छ । तर ति विरामीले सेवा पाउदैनन् । डाईलसिस सेवा सबै ब्यवस्था भएर पनि सञ्चालनमा ल्याउसन नक्सनु ब्यवस्थापाकै कमजोरी भएको अस्पतालका एक स्वास्थ्यकर्मीले बताए । यो विरामी प्रतिको बेईमानी हो, उनले भने, जति सक्दो चाडै डायलसिस सेवा सञ्चालनमा ल्याएर सेवा प्रवाह गर्नु पर्छ ।