मुलपानीमा बन समुहमा सम्पन्न गरियो बन डढेलो सचेतना सप्ताह
नवलपरासी, ७ चैत्र,डिभिजन बन कार्यालयले आफ्ना विभिन्न कार्यक्रम गर्दै बन डढेलो सचेतना सप्ताह कार्यक्रम सम्पन्न गरेको छ । चैत्र १ देखी ७ गतेसम्म बन क्षेत्र भित्र र सामुदायिक बन मार्फत डिभिजन कार्यालयले विभिन्न जनचेतना,आगो निभाउने प्रयोगात्मक अभ्यास,विद्यालय शिक्षा कार्यक्रम गर्दै सप्ताह मनाउने कार्य सम्पन्न गरेको हो ।उतm कार्यक्रम सुनवल ४ स्थित मुलपानी सामुदायिक बन उपभोतmा समुहको बन क्षेत्र भित्र जिल्लाका सरोकारवाला विच सो कार्यक्रमको समापन गरिएको थियो । बन डढेलो सप्ताह सकिए पनि बन डढेलो रोक्ने कार्य निरन्तर जारी नै रहने डिभिजन बन अधिकृत महेन्द्रराज बाग्ले तथा मुलपानी सामुदायिक बन उपभोतmा समुहले प्रतिवद्धता जनाएका थिए । जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादव (रुदल)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको उतm कार्यक्रममा प्रमुख जिल्ला अधिकारी,प्रहरी उपरिक्षक लगायत सुरक्षा निकायको समेत सहभागि...










