नवलपरासी, ७ चैत्र,
डिभिजन बन कार्यालयले आफ्ना विभिन्न कार्यक्रम गर्दै बन डढेलो सचेतना सप्ताह कार्यक्रम सम्पन्न गरेको छ । चैत्र १ देखी ७ गतेसम्म बन क्षेत्र भित्र र सामुदायिक बन मार्फत डिभिजन कार्यालयले विभिन्न जनचेतना,आगो निभाउने प्रयोगात्मक अभ्यास,विद्यालय शिक्षा कार्यक्रम गर्दै सप्ताह मनाउने कार्य सम्पन्न गरेको हो ।
उतm कार्यक्रम सुनवल ४ स्थित मुलपानी सामुदायिक बन उपभोतmा समुहको बन क्षेत्र भित्र जिल्लाका सरोकारवाला विच सो कार्यक्रमको समापन गरिएको थियो । बन डढेलो सप्ताह सकिए पनि बन डढेलो रोक्ने कार्य निरन्तर जारी नै रहने डिभिजन बन अधिकृत महेन्द्रराज बाग्ले तथा मुलपानी सामुदायिक बन उपभोतmा समुहले प्रतिवद्धता जनाएका थिए । जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादव (रुदल)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको उतm कार्यक्रममा प्रमुख जिल्ला अधिकारी,प्रहरी उपरिक्षक लगायत सुरक्षा निकायको समेत सहभागिता रहेको थियो । बन डढेलोले बन विनास गर्ने र वातावरणिय प्रदुषण समेत बढाउने हुदा बन डिभिजन र सामुदायिक बनको जिम्मेवारी मात्रै नभई आम नागरिकको पनि दायित्व भएको औल्याइएको थियो ।
स्थानिय स्तरमा स्थानिय सरकारले पनि आफ्ना कार्यक्रममा बनको संरक्षण र प्रवद्र्धन गर्ने कार्य गर्न आवश्यकता रहेको बताइएको थियो । बनमा आगलागी हुनै नदिउ,आगलागी भई हालेमा सबै मिलेर नियन्त्रण गरौ,नाराका साथ मनाइदै गरिएको बन डढेलो नियन्त्रण सप्ताहको बेलामा पानी परेर पनि प्रकृतिले राहत गराएको समेत सो कार्यक्रममा बताइएको थियो । बनजंगल जादा आगलागी जन्य श्रोत सलाई,लाईटर आदी नलैजाउ,पिकनिक खाई सके पछि आगो पुर्ण रुपमा निभाऔ जस्ता नारा सहितको सचेताना मुलक समाग्रि समेत वितरण गरिएको थियो । बन ऐन २०७६ को अनुसार बनमा आगो लगाइको वा आगलागी हुन जाने कुनै कार्य गरेमा क्षतिको विगो असुल गरि ३ बर्षसम्म कैद वा साठी हजार जरिवाना वा दुबै सजाय हुन सक्ने कानुनी प्रावधान रहेको बन प्राविधिकहरुले जानकारी गराएका थिए ।