नवलपरासी, ११ फागुन
नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीमा मर्मत सम्भारको कार्य शुरु भएको छ । नहरको तेश्रो ढोका पनि खुल्ला गरि पानी प्रवाह गर्ने सिचाई प्रणाली सुदृणिकरण भएसँगै पानी प्रवाह सहज ढंगले होस भनि विभिन्न स्थानमा नहर मर्मतका कार्य थालिएको हो ।
कुल ३२ किलोमिटर लम्बाईको उतm नहर भित्र ठाँउ ठाँउमा माटो भरिएर पानी प्रवाहमा अवरोध हुने समस्या छ । धेरै स्थानमा नहर सफाई गर्ने कार्य थालिएको छ । नहरको डिल मर्मतसँगै डिल भत्किएर नहर पुरिने स्थानमा पक्कि संरचना निर्माण गर्ने कार्य पनि भई रहेको गण्डक नहर ब्यवस्थापन कार्यालयका प्रमुख रनधिर शाहले जनाए । सतही सिचाई किसानका लागि अति आवश्यक छ,उनले भने,यसका लागि विगत भन्दा अहिले धेरै मात्रामा नहरको अवस्था सुधार भई सकेको छ । ब्यवस्थापन कार्यालयले किसानलाई सहज ढंगले पानी प्रवाह गर्नका लागि नहर मर्मत सम्भार गर्ने कार्य थालेको छ । उनका अनुसार हाल सुस्ताको रुपौलिय स्थित नहर जहिले माटो बलौटो भएका कारण डिलको माटो भत्किदै नहरमा आउने हुदा त्यसलाई पक्कि ढलान गरि मर्मत गर्ने कार्य भईरहेका छन् ।
सो कार्य गर्नका लागि एम.के.कन्ट्रक्सनले काम गरिरहेको छ । करिब १ करोडको लागतमा सो स्थानमा ३ सय मिटर पक्कि गर्न लागिएको ब्यवस्थापन कार्यालयले जानकारी गराएको छ । नहर सिचाई अहिले जनताको माग बढन थालेको छ । विगत बर्षमा भुमिगत सिचाई प्रति आकर्षित किसान अहिले सतही सिचाई नै स्थाई सिचाईको स्रोत भएको हुदा नहर सिचाई प्रणालीलाई मजबुत बनाउन आवश्यक रहेको र सिचाई ब्यवस्थापन कार्यालयले काम थालेको गण्डक जल उपभोतmा सस्थाका अध्यक्ष हैदर अलि मोमिनले बताए ।
गण्डक नहर सिचाई प्रणालीमा धेरै संरचनागत समस्या छन् । त्यो भन्दा पनि नहरमा पानी प्रवाह गर्ने र नियन्त्रण गर्ने कार्य भारतिय पक्षमा रहेको हुदा पनि बेला बेलामा समस्या आउने गरेको छ । तर पनि अहिलेको अवस्थामा पेट्रोलियको मुल्यवृद्धिले भुमिगत सिचाई सम्भव नभएको उनको भनाई थियो । किसानलाई भुमिगत सिचाई धेरै महगो सिचाई हुन थालेको छ,उनले थपे,किसानको उत्पादन लागतलाई भुमिगत सिचाईले बढाउने गरेको छ । त्यती मात्रै नभई भुमिगत सिचाईले किसान आफैले पनि धेरै स्थानमा नहर संरचना भत्काएका थिए । तर अब तिनै किसानहरु अब महगो डिजलको मुल्यले नहर सिचाई नै स्थाई सिचाई स्रोत भएको महशुस गर्न थालेको उनले बताए ।
भुमिगत सिचाई आकस्मिक सिचाई सुविधा मात्रै हो । तर स्थाई रुपमा निरन्तर सिचाई स्रोत भनेको सतही सिचाई भएको कुरा किसानले स्वम् बुझ्न आवश्यक छ । सहती सिचाई निरन्तर गरि राख्यो भने जमिन रिचार्ज भएर जलभण्डार गरि राख्छ,जुन भुमिगत सिचाई बोरिगँको माध्यमले पानी तानेर सिचाई गर्न सम्भव हुन्छ । भुमिगत सिचाई मात्रै गरिराख्यो भने जमिन मुनिको जलभण्डर घट्दै जाने अवस्था छ । कुनै बेला २० देखी ४० फिटमा पानीको स्रोत भेटिन्थ्यो । तर अहिले त्यही स्रोत घटदै जादा १ सय देखी डेढ सय फिट गहिरो बोरिगँ गाड्नु पर्ने अवस्था छ ।
समान्य स्यालो ट्युवेलले प्राप्त हुने पानी अहिले डिप ट्युवेलमा जानु परेको छ । तर कुनै दिन डिप ट्युवेलले पनि पानी दिन छाड्ने अवस्था आउन सक्छ । यसले सिचाई लागत झन बढाउने छ । सतही सिचाईले थोरै लगानीमा पनि सिचाई गर्न सक्ने अवस्था भएकोले अब सरकारले सतही सिचाईमै लगानी बढाउनु पर्ने देखिन्छ । नहर वरि परिका जलासयमा समेत पानी जम्मा गरि राख्ने र नहरमा पानीको अभाव भए लिफ्ट गरेर नहरमा निरन्तर पानी प्रवाह गर्न सक्ने गरि अब नहर प्रणालीले योजना बनाउन आवश्यक देखिन्छ ।