वृक्षारोपण गरि मनाईयो विश्व वातावरण दिवस २०८०
नवलपरासी,२२ जेठडिभिजन बन कार्यालय नवलपरासीले विश्व वातावरण दिवस मनाएको छ । जिल्ला समन्वय समिति(जिसस) प्रमुख भगौती प्रसाद यादवको प्रमुख आथित्यतामा जिल्लाकै संसारकोट सामुदायिक बन उपभोतmा समुहको कार्यालय परिसर वर्दघाट नगरपालिका १० मा मनाईएको हो ।प्लाष्टिक जन्य प्रदुषण निर्मुल पारौ,वातावरणमैत्री विकल्पको उपयोग गरौ,नाराका साथ विश्व वातावरण दिवस २०८० जिल्लाका सरोकारावालाहरुको सहभागितामा मनाइएको जिसस प्रमुख यादवले बताए । उनका अनुसार ब्यवस्थापनका कार्य डिभिजन बन कार्यालय प्रमुख महेन्द्रराज बाग्ले लगायतले गरेका थिए । बन विनास,प्लाष्टिक जन्यको बढदो प्रयोगले वातावरणमा नकारात्मक असर पर्ने भएको हुदा बन विकास र र प्लाष्टिक जन्य बस्तुको प्रयोग घटाउनमा समेत सरोकारवालाले कुरा उठाएका थिए । वातावरणमा प्रतिकुल असर पार्ने खालका गतिविधि पनि मानवद्धारा नै भएको हुदा अहिले वातावरण बचाउन र जोगाउनमा पनि मानवद्धारा न...










