डुबान क्षेत्रका किसानलाई मकैबाली तर्फ प्रोत्साहित गर्दै सरावल

नवलपरासी,१६ फागुन
जिल्लाको सरावल गाउपालिकाले बाढी प्रभावित क्षेत्रमा मकैबालीलाई प्राथमिकता राखेर किसानलाई प्रोत्साहित गर्ने कार्य अगाडी बढाएको छ । बाढी प्रभावित वार्डहरुका किसानलाई अनुदानमा विँउ उपलब्ध गराई ब्यवसायिक रुपमा मकै खेती गर्नका लागि प्रोत्साहित गर्न लागेको हो ।
बाढीको बेला धानबाली डुबेर नष्ट हुने हुदा धानबाली भन्दा गर्मियामको मकैबालीलाई प्राथमिकतामा राखेर मकै खेती गर्न गाउपालिकाले प्रोत्साहित गरिरहेको गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए । गाउपालिकाको वार्ड नं.७,६ र ५ पुर्ण डुबान हुने र अन्य वार्डमा पनि आँशिक डुबान हुने हुदा किसानलाई राहत पुग्ने गरि मकै तर्फ प्रोत्साहित गरिएको छ,अध्यक्ष चौधरीले भने,बर्षायामको धानबाली बाढीले गर्दा नष्ट हुन्छ,तर त्यो भन्दा पहिला किसानले मकैबाली तिनै खेतबाट लिन सक्छन् । जस्ले गर्दा डुबानमा धानबाली नष्ट भएर घाटा लागे पनि किसानलाई बैकल्पिक बालीको रुपमा मकै बन्न सक्ने धारणा उनले ब्यतm गरे ।
गाउपालिकाले मकैको उन्नत जातको विँउमा अनुदान,मलको ब्यवस्थापन,सिचाई प्रवन्ध तथा आवश्यक कृषि प्राविधिकको प्राविधिक सहयोग उपलब्ध गराउने छ । किसानलाई आवश्यक कृषि प्राविधिकबाट मकै खेती सम्बन्धि सिप र ज्ञानका लागि कृषि ज्ञान केन्द्र नवलपरासीका निमित्त प्रमुख सन्तोष चौधरी लगायत कृषि प्राविधिकसँग किसानलाई प्रत्यक्ष छलफल समेत गराइएको भनाई अध्यक्ष चौधरीको थियो । धनेवा,खजुरा र झरही खोलाको पानी जम्मा हुदै बर्षेनी हजारौ विघा क्षेत्रफलको धानबाली डुबान हुदै आएको छ । ति डुबान नियन्त्रण गर्नका लागि गाउपालिकाको समान्य लगानीले सम्भव नभएको हुदा डुबान नियन्त्रणका लागि पनि दिर्घकालिन पहल गरि राख्ने र तत्कालिन अवस्थामा धानको विकल्पमा धान रोप्नु पुर्व नै मकै बाली लिन सकियो भने किसानलाई राहत पुग्नेमा उनले विश्वास ब्यतm गरेका थिए ।
परम्परागत रुपमा बर्षेबाली धान र हिउँदेबाली मात्र किसानले खेती गर्दै आएका छन् । तर गर्मियाममा पनि अन्नबालीको रुपमा मकै,दलहनमा मुग खेती र तेलहनबालीको रुपमा सुर्यमुखीको खेती गर्ने सम्भावना छ । यि बालीलाई पनि डुबान क्षेत्रका किसानलाई बरदान हुन सक्छ,अध्यक्ष चौधरीले भने,त्यसका लागि किसानहरु पनि आफु जागरुक हुनु आवश्यक छ । गाउपालिकाले के गर्नु पछ ? ति कुरा किसानबाट आउनु पर्छ । त्यसका लागि गाउपालिका पुरै सहयोग गर्न र आवश्यक निकायबाट पहल गर्न पछि नपर्ने अध्यक्ष चौधरीले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *