कृषि ज्ञान केन्द्रद्धारा किसानलाई ‘बाली अवशेष नजलाऔ’ जनचेतना

नवलपरासी,५ फागुन
जिल्ला स्थित कृषि ज्ञान केन्द्रले किसानहरुले बाली अवशेष नजलाउने उदेश्यले कृषि तथा अगुवा कृषक र कृषक समुहहरुलाई जनचेतना कार्यक्रम थालेको छ । कृषक हक हित संरक्षण मञ्च नवलपरासी मार्फत ज्ञान केन्द्रले किसानहरुलाई जनचेतना दिनका लागि काम थालेको हो ।
किसानले थाहा नपाउदै बालीनाली भित्रयाउने बेलामा बाली अवशेषलाई आगो लगाएर जलाए पछि खेतमा बाली अवशेषबाट प्राप्त हुने जिवाँश नष्ट हुनुका साथै खेतबारीमा हुने मित्र जिउ पनि नष्ट हुने गरेको हुदा यस्तो जनचेतना दिने कार्य थालिएको ज्ञान केन्द्रका निमित्त प्रमुख सन्तोष चौधरीले जानकारी गराए । जनचेतनाले किसानलाई थाहै नपाई भई रहेको भुल सुधार गर्नेमा उनले विश्वास ब्यतm गरेका थिए । जनचेतना कार्य सरावल गाउपालिकाबाट शुरु भएको छ । सरावल गाउपालिकाकी उपाध्यक्ष बासमती हरिजनले ज्ञान केन्द्रले किसानका लागि चलाएको यो जनचेतना अभियानले किसानलाई राहत पुग्ने बताएकी थिईन् । यसमा गाउपालिकाबाट हुने सबै सहयोग र सहकार्यका लागि उनले प्रतिवद्धता ब्यतm गरेकी थिईन् ।
खेतीमा बाली अवशेष जलाउदा किसानलाई प्रत्यक्ष बेफाईदा हुुनुको साथै त्यसबाट जलबायु परिवर्तनमा समेत असर पुर्याउने गरेको छ । खेत सुख्खा हुदै जाने जिवाँशको मात्रा घट्दा रासायनिक मलले पनि प्रभावकारी काम नगर्ने हुदा कृषि उत्पादनमा लागत समेत बढदै गएको छ । बाली अवशेष जलाउने क्रममा कतिपय दुर्घटनाको पनि जोखिम हुने हुदा त्यसलाई रोकिनु पर्ने कार्यक्रममा बताइएको थियो । बाली अवशेष जलाउनेले कुनै पनि फाईदा नपुगको र उल्टै हानी नोक्सानी धेरै रहेको तथ्य किसानहरुलाई जानकारी गराइएको थियो ।
बाली अवशेषलाई खेतकै एक कुनामा भण्डारण गरि दिदा पनि कुहिएर कम्पोष्ट मलको रुपमा फाईदा पुग्ने हुन्छ । सजिलोका लागि किसानले खेतको बाली भित्रयाई सके पछि छावली,पराल लगायतका अवशेषमा आगो लगाउने प्रचलन बढदै जादा कृषि ज्ञान केन्द्रले यो जनचेतना कार्यक्रम गर्ने कार्य सराहनिय भएको कृषक हक हित संरक्षण मञ्चका अध्यक्ष सम्भु उपाध्यायको भनाई थियो । उनका अनुसार कृषकहरुलाई सहि सुचना प्रवाह र जनपरिचालनका लागि मञ्चले ज्ञान केन्द्रको सहयोगमा तिन जना स्वम्सेवक समेत परिचालन गरेको छ । ति स्वम्सेवकहरु नगरपालिका र गाउपालिकाका विभिन्न क्षेत्रमा सुचना प्रवाह गर्ने,जनचेतना जनाउने कार्य गर्दै आएको उनले बताएका थिए ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *