लुम्बिनी प्रदेश स्तरिय पशुरोग अन्वेषण प्रयोगशाला छिट्टै सञ्चालनमा आउने
नवलपरासी,२६ पुसलुम्बिनी प्रदेश सरकारद्धारा नवलपरासीको सदरमुकाम परासीमा निर्माण गरिएको प्रदेश स्तरिय पशुरोग अन्वेषण प्रयोगशाला छिट्टै सञ्चालनमा आउने भएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय परिसर भित्र निर्माण भएको उतm प्रयोगशाला लुम्बिनी प्रदेश सरकार नयाँ गठन भए पश्चात चाडै सञ्चालनमा आउने प्रयोगशालाले जनाएको हो ।लुम्बिनी प्रदेश भित्र पशु र माछामा लाग्ने रोगको अनुसंधान अन्वेषण गरि रोगको कारण पत्ता लगाउने र रोग नियन्त्रणका लागि प्रदेश सरकारलाई आवश्यक सुझाव सहितको प्रतिवेदन दिने गरि काम गर्ने प्रयोगशालाका प्रमुख डा.उत्तम अचार्यले बताए । पशुमा लाग्ने रोगको कारण पत्ता लगाउने,उपचारको लागि भेटेनरी अस्पतालहरुलाई सुझाव पेश गर्ने गरि प्रयोगशाला बनेको छ,प्रमुख डा.अचार्यले भने,अहिले कार्यालय सञ्चालनमा ल्याइएको छ,तर प्रयोगशाला सञ्चालनमा आई पुगेको छैन् । नयाँ सरकार गठन पश्चात यसको औपचारिक उद...






