सात करोड लगानीको लुम्बिनी प्रदेशकै ठूलो गोब च्याउ उद्योग नवलपरासीमा सञ्चालन

नवलपरासी,२४ फागुन
जिल्लाको रामग्राम नगरपालिका १२ कुनवारमा लुम्बिनी प्रदेशकै पहिलो ठूलो लगानीको गोब्रे च्याउ(बटन मसरुम) को उद्योग सञ्चालनमा आएको छ । झण्डै ७ करोड लगानीमा माँ पाल्ही भगवती कृषि फार्म प्रा.लि.ले सो उद्योग सञ्चालनमा ल्याएको हो ।


बुधवार औपचारिक रुपमा पुजापाठ गरेर उद्योग सञ्चालन गरिएको उद्योगका सञ्चालक नरेश जैसवालले जानकारी गराए । नेपालको दोश्रो र लुम्बिनी प्रदेशको पहिलो ठूलो लगानीको च्याउ उद्योग भएको बताउदै उनले च्याउ उत्पादन प्रकृया सबै आधुनिक प्रविधिमा आधारित आटोमेटिक सिस्टमले चल्ने जनाए । नेपालमा बढदो च्याउको माग आपुर्ति गर्नमा यो उद्योग सहयोगी बन्नेमा उनले विश्वास ब्यतm गर्दै भने,नेपालमा च्याउ आयात भन्दा नेपालमै च्याउ उद्योग स्थापना गरि च्याउको उत्पादन गरौ भनेर उद्योग सञ्चालन ल्याएका छौ । च्याउ उत्पादनका लागि आवश्यक उपकरण,कच्चा पदार्थ तथा प्रशोधन प्रकृयाका लागि प्लान्ट जडान भएका छन् । कच्चा पदार्थको प्रशोधन कार्य बुधवार देखी नै शुरु भएको छ, उनले थपे, २५ देखी ३० दिन भित्र च्याउ बजारमा आउने छ । एक दिनमा ७ क्वीन्टलसम्म उत्पादन हुने गरि प्लान्टको निर्माण गरिएको उनको भनाई थियो ।
गहुँ तथा धानको विउँ कम्पनी र जैविक मल कम्पनी पनि सँगै जोडिएको हुदा च्याउ उत्पादनका लागि कम लगानी हुने विश्वस लिइएको उनको भनाई थियो । गहुँको भुस,कोकोपिट,पिना लगायतका कच्चा पदार्थबाट पहिला च्याउको विउँ राख्ने गोबर जस्तो मल उत्पादन हुन्छ,त्यस पछि त्यसमा च्याउको विउँ राखिन्छ । ट्रे मा विउँ राखेर बन्द कोठामा राखि आवश्यक तापक्रम र आद्रताका लागि अटोमेटिक मेसिन जडान गरिएका छन् । च्याउलाई आवश्यक पर्ने तापक्रम कायम राख्नका लागि बाताअनुकुलित(एसी) उपकरण जडान गरिएको हलभित्र राखिन्छ । बेला बेला सेन्सरको माध्यमले हलभित्र च्याउ उत्पादनका लागि राखिएको ट्रे को तापक्रमको निरन्तर अनुगमन अटोमेटिक मेसिनले नै गर्नेछ । हलभित्र आद्रता कम भयो भने,सेन्सरकै माध्यमले अटोमेटिक बाहिरबाट बाफ प्रवाह हुन्छ । आद्रता कायम भए पछि सो मेसिन अटोमेटिक बन्द हुन्छ । यसले गर्दा च्याउ उत्पादनमा सहजता हुने भनाई सञ्चालक जैसवालको थियो ।
भारतका विभिन्न स्थानमा यस्तो प्लान्टको अवलोकन पश्चात यहाँ पनि यस्तो च्याउ उत्पादन गर्ने अटोमेटिक प्लान्टको सम्भावना देखेर नै प्लान्टको जडान गरिएको उनले बताए । नेपालको भन्दा कम लागतमा च्याउ बजारमा ल्याउने छौ । च्याउसँगै च्याउका बायो प्रोडक्टको रुपमा उत्पादन हुने जैविक मललाई विउँ उत्पादन(सिड कम्पनी) तर्फ उपयोग गरिने एकिकृत रुपमा सञ्चालन हुने हुदा यसको लागत स्वतः कम हुने छ । च्याउ बाली काटी सके पश्चात निस्कने जैविक मल र धान र गहुँको मुल विउँ निशुल्क रुपमा विउँ उत्पादन गर्ने किसान,सहकारी सस्था र कृषक समुहलाई उपलब्ध गराईन्छ । ति मुलविउँबाट उत्पादन हुने धान गहुँ बजार मुल्य भन्दा बढि मुल्य दिइएर किसान,कृषक समुह र सहकारीबाट खरिद गरि विँउ प्रसोधन प्रकृया पुरा गरि विँउको रुपमा सिड कम्पनीले काम गर्ने हुदा यसलाई इकोसिस्टममा लैजाने गरि प्लान्टको जडान गरिएको सञ्चालक जैसवालले जनाए ।
दैनिक ७ क्वीन्टल उत्पादन हुने च्याउ बजारमा पठाउनेसँगै च्याउलाई सुख्खा बनाई सुकुटी बनाउने र धुलो(पाउडर) समेत बनाउने गरि उद्योग परिसरमै थप प्लान्ट जडान गर्ने योजना रहेको हुदा बजार संकट नहुने उनको भनाई थियो । सकभर काँचो च्याउ नै नेपाल भरि आपुर्ति गर्नु पर्ने हुन्छ,उनले भने, दैनिक हजार क्वीन्टल भन्दा बढि काँचो च्याउ खपत हुने मुलुकमा आवश्यकता भन्दा कम आपुर्ति छ । त्यो भएर च्याउको बजारको राम्रो सम्भावना छ । केही दिन भण्डारण गर्न सक्ने खालको वाताअनुकुलित भण्डार गृह पनि सो प्लान्ट परिसरमै निर्माण गरिएको छ । काँचो च्याउलाई सुकुटी र धुलो बनाउने गरि पुर्ण सदुपयोग गर्ने गरि दिर्घकालिन रुपमा यस्तो उद्योगको स्थापना गरिएको जानकारी सञ्चालक जैसवालले दिए । यस्तो प्लान्टको अवलोकन केही दिन पहिला कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिवले समेत अवलोकन गरि गएका छन् । हालसम्म कुनै प्रकारको सरकारले अनुदान भने उपलब्ध नगराएको उनले बताए । अनुदान भन्दा पनि बैंक ब्याजमा राहत र किस्ता तिर्नमा केही सहुलियत हुुनु पर्ने सञ्चालक जैसवालको भनाई थियो । अन्य उद्योग भन्दा नेपालमै केही फरक गरौ भनेर यस्तो सोच ल्याएका हौ,उनले भने, यसका लागि सरकारलाई पनि च्याउ आयातलाई विस्थापन गर्नेमा र उपभोतmालाई सहज रुपमा च्याउ प्राप्ती गर उपभोगमा सन्तुष्टि मिल्ने विश्वास लिएका छौ । सञ्चालक जैसवाल लुम्बिनी प्रदेश सभा सदस्य(प्रदेश साँसद बैजनाथ जैसवालका भाई हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *