गाँउमै केरा किसान भेट्दै कृषि तथा पशुपंक्षी मन्त्रालयका
सचिव डा.शर्मा

नवलपरासी,९ फागुन
जिल्लामा फस्टाउदो केरा खेतीको अवस्था बुझ्न संघिय सरकारको कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव डा.गोबिन्द शर्माले केरा खेती हुने क्षेत्र तथा केरा किसानलाई भेटेका छन् । मंगलवार नवलपरासीमा पुगेर उनले केरा किसानको समस्या,केराबालीको सम्भाब्यता,खेती गर्दा आउने चुनौती तथा सरकारले खेल्नु पर्ने भुमिकाबारे किसानसँग प्रत्यक्ष छलफल गरेका हुन् ।
संघिय सरकारद्धारा नै नवलपरासी जिल्लामा केरा जोन स्थापना गरि केरा प्रवद्र्धन गर्दै आएको छ । केरा खेती प्रोत्साहन गर्नका लागि स्थानिय सरकार,लुम्बिनी प्रदेश सरकार र संघिय सरकारले लगानी गर्दै आएका छन् । तिनै सरकारको तर्फबाट केरा किसानलाई प्रोत्साहित गर्ने कार्य भई रहेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सन्तोष चौधरीले जानकारी गराएका थिए । नवलपरासीमा केरा खेतीको सम्भावना राम्रो रहेको र किसानहरु पनि केरा खेती प्रति आकर्षित हुदा सरकारको ध्यान पनि केरा तर्फ पुगेको भनाई उनको थियो । परम्परागत खेती भन्दा आधुनिक प्रविधिमा आधारित खेती गरेर नेपालमा कृषि जन्य समाग्रिको आयात प्रतिस्थापन गर्ने सरकारी नीति अनुसार पनि किसानलाई सरकारले प्रोत्साहित गर्दै आएको निमित्त प्रमुख चौधरीले जनाए । विगत बर्षमा उखु खेतीले प्रताडित हुदै आएका किसान केरा तर्फ प्रोत्साहित भएका छन्,उनले भने, उखु र केरा दुबै नगदे बाली हो,तर उखु चिनि उद्योग प्रति आश्रित छ,तर केरा खेती गरेर किसान आफै उपभोतmाको घरदैलो मै विक्रि गरि आफ्नो बालीको मुल्य लिन सकिरहेका छन् ।
उखु भन्दा केरा केही सहज छ,उनले थपे,तर अहिले केरा खेतीमा पनि थुप्रै चुनौती थपिन थालेका छन् । त्यो गुनासो केरा उत्पादक किसानले बेला बेलामा भारतिय केरा आयातमा प्रतिवन्ध लगाई नेपाली केरालाई प्रोत्साहित गर्नु पर्ने माग समेत राख्दै आएका थिए । केरा बाली उत्पादन हुने बेला भारतिय केरा अनियन्त्रित रुपमा भित्रिएर नेपाली केराको बजार भाउलाई प्रभावित बनाउने गर्दा बाली विक्रिको बेला समस्या आउने गरेको छ । तिनै समस्यालाई किसानसँग प्रत्यक्ष भेटघाट गरे निकास निकाल्नका लागि संघिय सरकारका सचिव डा.शर्मा नवलपरासी भ्रमणमा आएको उनले जानकारी गराए । केरा खेती गर्दै आएका किसानसँग सम्बन्धित संघसस्था,कृषि फर्म र केरा उत्पादक किसान समितिका पदाधिकारीसँग प्रत्यक्ष अन्तरक्रिया गरेर फर्केको उनको भनाई थियो ।
नवलपरासीमा हाल २ हजार ९ सय हेक्टरमा केरा खेती हुने गरेको ज्ञान केन्द्रमा तथ्याँक रहेको छ । जस्मा सबै भन्दा बढि सुस्ता र प्रतापपुर गाउपालिकामा केरा खेती हुने गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले समेत केरा जोन घोषणाा गरि सोही क्षेत्रमा आफ्नो लगानी बढाउदै गएको छ । गाउपालिकाले समेत केरालाई प्रोत्साहित गरेका छन्,निमित्त प्रमुख चौधरीले भने,कृषि ज्ञान केन्द्रले समेत प्रदेश सरकारका कार्यक्रम केराबाली लक्षित कार्यक्रम बनाएको छ र किसानलाई प्राविधिकसँगै मल,विषादी क्षेत्रमा सघाउदै आएको छ । ज्ञान केन्द्रका अनुसार हाल केराको उत्पादकत्व प्रति हेक्टर ४५ मेट्रिक टन हरेको छ । कुल केरा उत्पादन १ लाख ३० हजार ५ सय हुने गरेको छ । केराको बालीचक्र दुई बर्षको हुदा बार्षिक झण्डै दुई अर्बको केरा उत्पादन हुने देखिन्छ । यसै सचिव डा.शर्माले रामग्राम १२ कुनुवार स्थित गोब्रे च्याउ प्लान्टको समेत अवलोकन गरेका थिए । केही दिनमा दैनिक १० क्वीन्टल च्याउ उत्पादन गर्न सक्ने क्षमताको च्याउ उत्पाखन प्लान्ट निर्माणाधिन अवस्थामा रहेको छ ।

परासी प्रेस क्बल गठन
नवलरासी,९ फागुन
विभिन्न सञ्चार माध्यममा काम गर्दै आएका पत्रकार तथा विभिन्न सञ्चारमाध्यम,अनलाईन पोर्टलहरु सञ्चालन गर्दै आएका स्थानिय मिडिया उद्यामीहरुको एक साझ संगठनको रुपमा परासी प्रेस क्लव गठन गरिएको छ । परासीमा जिल्लाभरका क्रियाशील पत्रकारहरुको भेलाले परासी प्रेस क्लब गठन गरिएको हो ।
भेलाले अध्यक्षमा बेचु गौड सर्वसम्मत चयन गरेको थियो । क्लवको उपाध्यक्षमा सद्दाम हुसेन अन्सारी ,महासचिवमा मोहन पौडेल, खुल्ला सचिवमा उमेश कुमार बि.क ,समावेशी सचिवमा रेनुका चौधरी, कोषाध्यक्षमा गौरीशंकर कलवारलाई चयन गरेको छ । भेलाले क्लबको सस्यहरुमा राज चौधरी, सन्जय कुश्वाहा , सन्जिव कोइराला , अन्नु कुमारी सुनार,गिता भट्टराई , निलम केसि,रामकरन हरिजन चयन भएका हुन ।
पश्चिम नवलपरासीमा पत्रकारितामा क्रियाशील पत्रकारहरुको साझा संस्थाको रुपमा परासी प्रेस क्लब रहने र पत्रकार तथा सञ्चार माध्यमहरुको क्षमता अभिबृद्वि विकास गर्ने पत्रकारहरूलाई आई पर्ने समस्याको बिषयमा सामुहिक आवाज उठान गर्ने जस्ता कार्य गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *