च्याउ उद्योगमा पचास जना महिलाले पाए प्रत्यक्ष रोजगारी
नवलपरासी,५ भदौजिल्लाको रामग्राम नगरपालिका १२ कुनवारमा सञ्चालित ठूलो लगानीको गोब्रे च्याउ(बटन मसरुम) को उद्योग सञ्चालनमा आउदा ५० जनाले रोजगारी पाएका छन् । झण्डै ७ करोड लगानीमा माँ पाल्ही भगवती कृषि फार्म प्रा.लि.ले सो उद्योग सञ्चालनमा ल्याए पछि स्थानिय ५० जना महिलाहरु प्रत्यक्ष रोजगारी पाएको उद्योगले जनाएको हो ।च्याउको विँउ राख्ने देखी च्याउ काट्ने र प्याकेजिगँ गर्नेसम्मको काम गर्नका लागि स्थानिय गाँउकै महिलाहरुले काम गर्दै आएको उद्योगका सञ्चालक नरेश जैसवालले जानकारी गराए । एक जना महिलाले कम्तीमा पनि मासिक २५ हजारसम्म कमाउदै आएका छन्,उनले भने,गाँउमै रोजगारी पाए पछि गाँउका महिलाहरु उत्साही छन् । कसैका श्रीमान विदेश छन्,घरमा काम नभएर बस्दै आएकी स्थानिय महिलाहरु पनि च्याउ उद्योगमा काम गरेर थप आमदनी गर्न थालेका छन् । उद्योगले स्थानिय स्तरमा च्याउको आपुर्ति मात्रै नभई रोजगारी समेत दिइने गरेको छ ...










