बाली उपचार चिकित्सामा ब्यस्त भुपु बरिष्ठ उपसचिव मिश्र
नवलपरासी,१९ फागुनलुम्बिनी प्रदेश सरकारको बाली विज्ञान प्रयोगशालाको जिम्मेवारी सम्मालिदै आएका बरिष्ठ उपसचिव अवकाश लिएर आफ्नै बाली उपचार चिकित्सा तथा उपचार केन्द्र सञ्चालनमा ल्याएका छन् । सरकारी सेवा गरेर अवकाश लिए पछि पनि आफ्नो ज्ञान र सिपलाई किसानका लागि उपयोगी हुने गरि जिल्लाको प्रतापपुर गाउपालिकामा भुतपुर्व बरिष्ठ उपसचिव देवेश कुमार मिश्रले उतm उपचार केन्द्र सञ्चालनमा ल्याएका हुन् ।पशु रोग सम्बन्धि विभिन्न सेवा केन्द्रमा चिकित्सक भए पनि बनस्पति जन्य बालीनालीमा आउने गरेको समस्यालाई कम आकलन गरिने र समान्य लापर्वाहीले पनि किसानले नोक्सानी ब्यहोर्ने अवस्था अहिले पनि विद्यमान रहेको छ । लक्षणको आधारमा अहिले पनि उपचार गर्ने गरिएको छ, उनले भने, तर कारणको आधारमा उपचार गरियो भन्ने किसानको नोक्सानी हुदैन वा कम हुन्छ । यसले गर्दा आफुले जानेको र अनुभवले सिकेको कुरालाई उपचार केन्द्र मार्फत किसानलाई सि...










