सिचाई जलको श्रोत खोज्न चुरेबन क्षेत्र चहार्दै सरावल गाउपालिका अध्यक्ष चौधरी

नवलपरासी,९ साउन
जिल्लाको सरावल गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी सिचाईको श्रोत खोज्दै बन क्षेत्रमा प्राविधिक सहितको टोली खटिएका छन् । यो बर्ष पानी कम पर्ने गर्दा सिचाई समस्या देखिन थाले पछि गाउपालिको चुरे क्षेत्रमा रहेका खोल
ा भित्र पसेर पानीको श्रोत पहिचानमा लागेका हुन् ।
विगत बर्ष देखी नै चुरेको माटो चुरेलाई,चुरेको पानी सबैलाई नारा नै राखेर राष्ट्रपति चुरे संरक्षण कार्याक्रम मार्फत चुरे संरक्षण गर्नु पर्ने कार्यक्रम हुदै आएको छ । तर संरक्षण गर्दै चुरेको पानीलाई उपयोग गर्दै सिचाईको श्रोत बनाउनु पर्ने आवश्यकता अहिले महशुस गर्न थालिएको अध्यक्ष चौधरीले बताए । गाउपालिकाका प्राविधिकहरु टोली लिएर अहिले गाउपालिकाको सिरानमा रहेको चुर क्षेत्रको बन भित्रको सुखौरा खोला क्षेत्रमा सिचाईको श्रोतको खोजिमा लागेका छौ । पानीको श्रोत रहेको छ,उनले भने,प्राविधिकहरुलाई पनि ति पानी किसानको खेत खेतमा कसरी पुर्याउनेबारे अध्ययन अवलोकन गरि प्राविधिक प्रतिवेदन समेत तयार गर्न लगाएको छु ।
पानीको स्थाई श्रोत नै प्राकृतिक पानी भएको महशुस गर्न थालिएको छ,उनले थपे, किसानहरुले केही दिन भ्रममा परेर भुमिगत सिचाईलाई आधार बनाई सिचाई गर्दै आए,तर अहिले पानीको सतही सिचाई नहुदा भुमिगत सिचाई पनि गर्न सकिदैन भनेर निष्कर्ष निस्केको छ । भुमिगत सिचाईको श्रोत पनि सतही सिचाई नै हो,उनले भने,भुमिगत सिचाईको श्रोत चुरेबाट बग्ने खोला नाला नै हो । विगत बर्षमा किसानहरु कुलो पुर्ने,मिच्ने सिचाई श्रोत प्रति उपेक्षा गर्दै भुमिगत सिचाईको भर पर्ने गरेका थिए । तर अहिले त्यो भ्रम टुटेको छ,अध्यक्ष चौधरीले भने,गाउपालिका अब चुरे क्षेत्रको पानीको अधिक्तम उपयोग हुने गरि नीति बनाउछ,त्यसको योजना तयार गर्छ र सके आफ्नै आर्थिक स्रोत नसके प्रदेश र संघसरकारसँग सहकार्यमा सिचाई योजना बनाउने लक्ष्य रहेको छ ।
यसैका लागि अहिले चुरे क्षेत्रको बन भित्र रहेका खोला खोल्सीको खोजीमा प्राविधिक र स्थानिय जनप्रतिनिधि सहित बन चहार्दै छौ,बर्षायाममा केही नभए पानीको बहाव र कुन स्थानमा जल भण्डारण गर्न सकिन्छ,पानीलाई कुलो मार्फत कुन क्षेत्रबाट लैजान सकिन्छ भनेर पनि सम्भाब्यता अध्ययनका लागि बन क्षेत्रको अवलोकन गर्न थालिएको उनको भनाई थियो । चुरे देखी दशगजासम्म फैलिएको सरावल गाउपालिकालाई चुरेको पानी उपयोग गर्नमा पनि अन्य गाउपालिकासँग सहकार्य गर्न आवश्यकता नपर्ने हुदा पनि त्यसमा चाँसो बढेको गाउपालिकाले जानएको छ । पहिचान र संरक्षण गर्न सके चुरे क्षेत्रले नै तराईका किसानको जल र मलको आपुर्ति गर्न सक्छ,अध्यक्ष चौधरीले भने,राजनीतिक स्तरबाट नीति निर्माण र बजेट ब्यवस्थापनका कार्य जनप्रतिनिधिले गर्नेछन् । प्राविधिक रुपमा योजना बनाउन प्राविधिकसँगै लिएर अवलोकन गर्न थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *