नवलपरासी,३१ साउन
जिल्लाको सुस्ता स्थित बन्दै गरेको चिस्यान केन्द्र(कोल्ड स्टोर) भवनको निर्माण कार्य सम्पन्न भए पनि परियोजना पूर्णरुपमा सम्पन्न नभएको सुस्ता गाउपालिकाले जनाएको छ । भवनको काम सकिए पनि विद्युत जडान,सुरक्षागार्ड,लोडअनलोड गर्ने स्थान,कार्यालय सञ्चालन तथा कम्पाउण्डवाल लगायतका धेरै काम बाकी नै रहेको जनाउदै चिस्यान केन्द्र परियोजना पुर्ण रुपमा सम्पन्न भई नसकेको जानकारी गराएको हो ।
गण्डक,सुस्ताका विभिन्न विषयको अध्ययन अवलोकन गर्ने क्रममा सो चिस्यान केन्द्र समेत अवलोकन गर्न पुगेका जिल्ला समन्वय समिति (जिसस)ं प्रमुख भगौती यादवलाई चिस्यान केन्द्रको अवस्थाबारे गाउपालिका अध्यक्ष टेकनारायण उपाध्यायले जानकारी गराएका थिए । लुम्बिनी प्रदेश सरकारको साझेदारीमा बन्ने लागेको उतm चिस्यान केन्द्रको बसै काम सम्पन्न हुन सकेको छैन्,चिस्यान केन्द्रको भण्डार गृहको काम सम्बन्धित ठेकेदारले सकाएको देखाउदै उनले भने, विद्युत जडान भई नसकेको अवस्थामा सो चिस्यान केन्द्रको समान्य परिक्षण समेत भएको छैन् । भवनको वरिपरि थुप्रै ब्यवस्थानका कार्य बाकी रहेको अध्यक्ष उपाध्यायले जिसस प्रमुख यादवलाई जानकारी गराएका थिए ।
झण्डै पाँच करोडको लागनीमा चिस्यान केन्द्र बनाउने सहमति प्रदेश सरकार र गाउपालिकाको भएको थियो । सोही अनुसार पहिला चिस्यान केन्द्रको निर्माणका लागि टेण्डर आह्वान भयो । टेण्डर परेका ठेकेदारले चिस्यान केन्द्र भवन बनाई दिए । बाकी काम अझै हुन नसक्दा चिस्यान केन्द्र सञ्चालनमा आएन भन्ने उठ्ने जिज्ञासा प्रति आफ्नो प्रतिकृया दिदै अध्यक्ष उपाध्यायले थपे, गाँउ पालिकाले सिमित साधन स्रोतले प्रत्येक बर्ष काम गर्दै आएको छ । अहिले विद्युत जडानका लागि ट्रान्सफर्मर ल्याइएको छ । त्यसको प्रकृया अगडाी बढदै छ । प्रदेश सरकारका अनुदान र योजना लिदा पनि धेरै जसो भार गाउपालिका माथी नै पर्ने गरेको छ । गाउपालिकाको आफ्नो आन्तरिक स्रोत कम नै छ ।
बाहिरबाट आउने अनुदान अधिकाँस ससर्त नै रहेको छ । त्यसले पनि सोचे अनुसार काम सम्पन्न गर्नका समस्या रहेको उनले औल्याएका थिए । प्रदेश सरकारले चिस्यान केन्द्र अनुदान मात्रै नभई पुरै परियोजना प्याकेजमा पनि लगानी बढाउन पथ्र्यो,तर थप लगानी प्रदेशबाट हुन सकिरहेको छैन् । चिस्यान केन्द्र छिटो भन्दा छिटो होस भन्ने चाहना किसानको मात्रै नभई गाउपालिकाको पनि रहेको उनले सुनाए । तर सोचेर मात्रै हुदैन,पुग्दैन,साधन स्रोतको उचित ब्यवस्थापन गर्न चुनौती रहेको छ । तर पनि प्राथमिकतामा नै राखेर गाउपालिकाले काम गर्दै आई रहेको दाबी गर्दै उनले गाउपालिकाले छिट्टै यसलाई सञ्चालनमा ल्याउनका लागि गृहकार्य गरि रहेको छ ।
चिस्यान केन्द्र सञ्चालनमा आए पछि यस क्षेत्रका किसानलाई आफ्नो उत्पादन,आलु तरबुजा,केरा तथा विभिन्न बालीका विँउहरुलाई पनि सुरक्षित भण्डारण गरि राख्न सक्ने अवस्था बन्ने छ । दुर्गम क्षेत्रमा यसरी चिस्यान केन्द्र बन्न लाग्नु जिल्लाकै लागि उपलब्धी भएको जिसस प्रमुख यादवले बताएका थिए । उनले जति सक्दो छिटो चिस्यान केन्द्र सञ्चालनमा ल्याउनका लागि गाउपालिकाले काम गरोस भन्ने सुझाव दिएका दिएका थिए । सञ्चालन प्रकृयामा आउने जटिलताका लागि जिससले समन्वयकारी भुमिकाका लागि सदैव तयार रहेको आश्वास्त पारेका थिए । चिस्यान केन्द्र सुस्ता गाउपालिकाको वार्ड नं.४ मा निर्माणाधिन चिस्यान केन्द्रको क्षमता ५ सय मे.ट.भए पनि ९ सय मे.ट.सम्म राख्न सक्ने दाबी सम्बन्धित ठेकेदारले गरेका थिए ।