ढिलो भए पनि नेपाल गण्डक पश्चिमी नहरमा पानी प्रवाह शुरु

नवलपरासी,२८ जेठ
नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीमा ढिलो भए पनि शनिवार देखी पानी प्रवाहमा भएको छ । नहर मर्मत सम्भारका कारण केही दिन ढिलो भए पनि किसानलाई सिचाई गर्न नहरमा पानी प्रवाह भएको हो ।
नहरका दुई वटा शाखा तथा मुल नहरका केही भागमा सफाई गर्नु पर्ने कार्य बेलामा सम्पन्न हुन नसक्दा नहरमा पानी प्रवाहका लागि ढिलाई भएको थियो । ढिलो भए पनि गण्डक नहरमा पानी प्रवाह भएको हुदा किसानलाई राहत मिल्ने गण्डक जल उपभोतmा सस्थाका अध्यक्ष हैदर अलि मोमिनले बताए । नहरमा पानी प्रवाहले खडेरीका कारण सुक्न लागेको ब्याडमा रहेको धानको बिउँमा सिचाई गरेर जोगाउन सजिलो हुने भएको छ, उनले भने,अब पानी नहरमा निरन्तर प्रवाह हुने हुदा विँउ राख्न नपाएका किसानले विँउ राख्न पाउने भएका छन्,विँउ रोपाई गर्न सक्ने अवस्थाका किसानले रोपाई समेत गर्न पाउने भएका छन् ।
विगत बर्षको तुलनामा यो बर्ष एक साता पानी ढिलो हुन गएको छ । ब्यवस्थापन कार्यालय जति सक्दो पानी प्रवाह चाडै गरि दिइने कार्यमा लागि परेको थियो । सम्भव भएसम्म एक दुई दिनमै पानी प्रवाह गर्न सकिने पनि जनाएको थियो । मुल नहरमा पनि चुरे पहाडबाट पहिरो गएर सफा गर्ने कार्य भई रहेको थियो । त्यो कार्य छिट्टै सकाउनमा लागि रहेको उनको भनाई थियो । बढदो गर्मि र मौषमी पानी पनि नपर्दा किसानहरुले बालीनाली प्रति चिन्तित थिए । अहिले पानी नहरमा प्रवाह हुन थाल्यो,यसले किसानमा आशाा पलाएको सरावल ६ का किसान राममिलन यादवले बताए । उनका अनुसार किसानको माग अनुसार नै ब्यवस्थापन कार्यालयले पनि जति सक्दो छिटो प्रवाह गर्नमा अग्रसरता देखाएको थियो ।
नहरमा पानी केही ढिलो भए पनि रोपाईको बेला पानी प्रयाप्ता बढाउने गरि नहरको मर्मत सम्भार भईरहेकोले विउँ राख्नका लागि थोरै पानी आवश्यक पर्ने हुदा बोरिगँ र पम्पिगँसेटको उपयोग गरि किसानले विँउ राख्न थालेका थिए । तर रोपाईको बेला आई नपुग्दै नहरमा पानी प्रवाह भई सक्ने दाबी अनुसार नै नहरमा पानी प्रवाह गर्न सकिएको सिचाई ब्यवस्थापन कार्यालय प्रमुख शाहको थियो । भारतिय पश्चिमी नहरबाट पिपरपाती प्रसौनीमा सिचाई नहर प्रणालीमा पानी प्रवाह गर्ने भएको हुदा सो नहरमा भारतीय नहरसँगै पानी प्रवाह भई रहेको थियो । गण्डक सम्झौता अनुसार नेपालको कुल ८ हजार ७ सय हेक्टर क्षेत्रफलमा सिचाई गर्ने गरि नेपाल गण्डक पश्चिमी नहर प्रणाली कुल ३२ किलोमिटर लम्बाई रहेको छ ।
मुल नहरबाट विभिन्न शाखा र प्रशाखा नहर मार्फत सिचाई हुने गरेको छ । नहरमा डेढ सय क्युसेक पानी प्रवाह हुने गरि संरचनाहरु बनेका छन् । तर संरचनागत कमजोरीका कारण नहरमा बर्षेयाममा सिचाई गर्दा गण्डक नहरमा धेरै मात्रामा (बालुवा) सिल्ट बगेर आउने र ति सिल्ट नहरमा जम्मा भएर नहरमा पानी प्रवाहमा अवरोध हुने विगतकै समस्या रहेको छ । सो समस्या समाधानका लागि ब्यवस्थापन कार्यालयले मुहानमा सिल्ट बेसिनको काम पनि थालेको छ । ३५ करोड लागतमा सिल्ट सफाईका लागि सिल्ट बेसिनको निर्माण प्रकृयामै छ । पुरै काम सम्पन्न भए पश्चात नहरमा विगतको तुलनामा सिल्ट छान्ने कार्य मुहानमै भई सक्ने अवस्था हुन्छ । त्यो भएर नहर सहज ढंगले सुचारु हुने उनको भनाई थियो ।
चुरे पहाडबाट बग्ने खोलाका पानी ठाँउ ठाँउबाट नहरमा पस्ने भएकोले नहर पुरिने समस्या पनि रहेको छ,बालुवा बालुवा नै रहेको स्थानमा नहरको डिल नै भत्किने अवस्था पनि रहेको हुदा ति स्थानमा नहरलाई पक्कि बनाउने कार्य पनि यसै बर्ष देखी शुरु भएको छ । ति स्थानमा नहर पक्कि भए पछि चुरेको पहिरोले नहर पुरिने अवस्थामा पनि सुधार आउने ब्यवस्थापन कार्यालय प्रमुख शाहको भनाई रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *