नवलपरासी,२१ साउन
जिल्लाको सुस्ता गाउपालिकाले गाउपालिका भरिका जग्गाहरुको कित्ता नम्बर नै तोकेर भु बर्गिाकरण गर्ने कार्य सम्पन्न गरि नापी कार्यालयलाई बुझाएको छ । भु बर्गिकरण नभएका कारण जग्गाको खरिद विक्रि गर्दा कित्ताकाट गर्नु पर्ने अवस्थामा कित्ताकाट रोकिने समस्या अन्य पालिकाको भए पनि सुस्ता गाउपालिकाले सो बर्गिकरण कार्य सम्पन्न गरि बुझाए पछि अहिले सुस्ता गाउपालिकाका नागरिकलाई सहज भएको हो ।
अन्य केही नगरपालिका र गाँउपालिकाहरुले भु बर्गिकरण गर्दा सडक किनारमा आवास र बाकी खेतीयोग्य जग्गा भन्दै झारो टार्ने गरि बर्गिकरण पठाए छन् । जस्ले गर्दा बेला बेला ति जग्गाका अवस्था वार्डबाट प्रमाणित गराई ल्याउनु पर्ने बाध्यता अहिले पनि कायम नै रहेको छ । तर सुस्ताले गाउपालिका भरि रहेका जग्गाको कित्ता नं. उल्लेख गरि कुन कित्ता नंं.को जग्गा के हो ? समेत उल्लेख गरि भु बगिकरण पठाएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । जग्गा बर्गिकरण गर्ने कार्य केही समय ढिलो भयो,उनले भने,तर अहिले कित्ता नम्बर नै उल्लेख गरि जग्गाको बर्गिकरण गरि पठाइएको छ । यसले यहाँका नागरिकलाई कित्ता काट गराउन अब समस्या झेल्नु पर्ने अवस्था नहोला । भए वार्ड कार्यालय र अमिन खटाएर यहिँबाट समस्या समाधान गरि पठाईने छ । भु वर्गिकरणले गाउपालिकालाई पनि भुमिकर उठाउन सहज भएको छ ।
अन्य क्षेत्रमा जग्गाको संरक्षण,औद्योगिक तथा बजार क्षेत्रको विकास तथा प्रवद्र्धन गर्नेमा सहयोगी देखिएको उनको भनाई थियो । तयार गरिएको प्रतिवेदन अनुसार कुल भुभागमा सबै भन्दा बढि कृषि क्षेत्र रहेको छ । अद्यावधिक गरिएको नक्सा बमोजिम स्थानिय भु उपयोग परिषदबाट तयार गरिएको मापदण्ड बमोजिम भुउपयोग नक्सा बर्गिकरणमा कृषि क्षेत्रमा ४०.४ प्रतिसत जग्गा रहेको छ । त्यस पछि नदी,ताल तलैयामा १८.३ प्रतिसत र बनजंगल १८ प्रतिसत र आवास क्षेत्र १३.७ प्रतिसत रहेको छ । सार्वजनिक उपयोगको क्षेत्र र औद्योगिक क्षेत्रमा क्रमशः ७.५ प्रतिसत र १.५ प्रतिसत जमिन बर्गिकरण अन्य क्षेत्रमा नगन्य रहेको छ ।
जबकी नापी विभागले उपलब्ध गराएको साविकको भु उपयोग क्षेत्र नक्सा बमोजिम कृषि क्षेत्र ५४.५ प्रतिसत,आवास क्षेत्र ३.१ प्रतिसत जंगल क्षेत्र २१.५ प्रतिसत तथा औद्योगिक क्षेत्र १ प्रतिसत देखाइएको थियो । यसरी गाउपालिकाले आफैले मापदण्डको आधारमा स्थलगत गई भुउपयोग लगत तयार गर्दा अनुमान भन्दा यथार्थ फरक पाइएको छ । भुउपयोग ऐन २०७६ र नियमावली २०७९ बमोजिम संघबाट तयार गरी हस्तानान्तरण गरिएको नक्सा र डाटा स्थानिय तहले अद्यावधिक गरी लागु गर्नु पर्ने कानुनी ब्यवस्था अनुसार नै भु उपयोग कार्यान्वनबाट भुमिको बगिीकरण,समुचित उपयोग र दिगो लाभ हासिल गर्न कृषि भुमिको उपयोग गर्न,स्वच्छ सुन्दर,सुविधा सम्पन्न बस्ती विकास र दिगो योजनाबद्ध सहरीकरण गर्न ,कित्तामा आधारित भुमि लगत तयार गर्न र जग्गाको न्युनतम मुल्याँकन र प्रगतिसिल करको प्रणाली निर्धारण गर्न सहयोग पुग्ने देखिएको छ ।
तयार गरिएको नक्सा र कित्तागत विवरण कार्यान्वयन गरी कृषि कार्य गर्नेलाई सहुलियत प्रदान गर्न र उपयोगमा आधारित कर प्रणाली निर्धारण गर्न समेत उपयुतm भएको छ । भु उपयोग प्रतिवेदन तयार भए पछि कुन भुमि कहाँ ? कस्तो अवस्थामा रहेकोबारे गाउपालिकामा प्रष्ट विवरण हुने भए पछि विभिन्न प्रयोजनले यस गाँउपालिकामा कृषि,उद्योग,बन उद्यम,सिमसार विकास क्षेत्रमा काम गर्न र प्रोत्सोहित गर्ने गाउपालिका सहित लुम्बिनी प्रदेश सरकार,संघिय सरकार तथा अन्य आयोजना र परियोजना अन्तरगत काम गर्न समेत सघाउन सक्ने अवस्था भएको उनको भनाई थियो । कुल ५ वटा वार्डमा विभाजित सुस्ता गाउपालिकाको कुल क्षेत्रफल ९६.५१ बर्गकिलो मिटर रहेको छ । भारतको विहार प्रदेश र उत्तरप्रदेशसँग सिमाना जोडिएको गाउपालिका हो । चुरे पहाड देखी दशगजासम्म फैलिएको र पुर्वि सिमामा नारायणी गण्डक नदी रहेको छ,भने पश्चिममा प्रतापपुर गाउपालिका उत्तरमा विनयीत्रिवेणी गाउपालिका र दक्षिण पुर्वमा भारत रहेको छ ।