नवलपरासी, २९ जेठ
जिल्लाको बुद्ध शान्ति साझेदारी बन क्षेत्रमा बन्यजन्तुलाई पानी खाने उदेश्यले बन भित्र पोखरी जलासय बनाउने कार्य भई रहेको छ । बन भित्र ठाँउ ठाँउमा खाल्टो परेको स्थानलाई ब्यवस्थित पोखरी र जलासय ब्यवस्थापन गर्दै बन्यजन्तुलाई पानी खाने स्रोत ब्यवस्थान जस्ता कार्य गर्न थालिएको हो ।
बुद्धको बन चिनाउने उदेश्यले बुद्धको मावली तथा प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) देखी करिब दुई किलोमिटर उत्तरमा १ हजार ७ सय हेक्टरमा फैलिएको सरकारी बन क्षेत्रलाई बुद्ध शान्ति साझेदारी बन ब्यवस्थापन समुहको रुपमा ब्यवस्थित हुदै आएको छ । डिभिजन बन कार्यालय मार्फत उतm कार्य निरन्तर भई रहेको भए पनि केही बर्ष देखी बन ब्यवस्थापन समुहमा नेतृत्यदायी भुमिका खेल्ने समुहका अध्यक्ष लगायत अन्य पदाधिकारी र सदस्यको निर्वाचन हुन नसक्दा समस्या देखिएका छन् । तर पनि डिभिजन बन कार्यालयका बन अधिकृत तथा बन प्राविधिकहरुले बनको संरक्षण ब्यवस्थापनमा निरन्तर काम गर्दै आई रहेको डिभिजन बन कार्यालयका डिभिजन बन अधिकृत महेन्द्र राज बाग्लेले बताएका थिए ।
सकेसम्म चाडै साझेदारी बन ब्यवस्थापन समुहको निर्वाचन गर्ने पक्षमा कर्मचारीले काम गरिरहेका छन् । वार्ड वार्डबाट प्रतिनिधि छनौट भई सकेका छन् । तर पदाधिकारी छनौटका लागि भेला हुन सकिरहेको छैन् । थोरै कर्मचारी भएका कारण पनि अहिले असारको महिनामा कार्यालयकै काम गर्न भ्याई नभ्याई हुदा निर्वाचन प्रकृया केही दिनका लागि स्थगित गरि काम कार्यालयको नियमित काममा कर्मचारी खटेका छन् । साझेदारी बन समुह भित्र डढेलो नियन्त्रण,चोरी निकासी नियन्त्रण जस्ता कार्य निरन्तर भई रहेका छन् । बैज्ञानिक बन ब्यवस्थापनका कार्यमा केही नीतिगत समस्याका कारण हुन सकेको छैन् । तर कर्मचारी स्तरबाट बन तथा बन्यजन्तुको संरक्षण कार्य निरन्तर भई रहेको छ । काठ,दाउरा लगायत बन पैदावार आपुर्तिका काममा पनि पदाधिकारी नहुदा केही समस्या छन् ।
गर्मियाममा सबै भन्दा चुनौती अहिले बन र बन्य जन्तु जोगाउन र संरक्षण नै रहेको उनको भनाई थियो । यसमा कर्मचारी निरन्तर खटेका छन् । बन भित्र जलासय र पानीको स्रोत नहुदा बन्यजन्तुलाई पानी खान समस्या देखेर बन भित्र रहेका होचा खाल्टो परेको स्थानमा पोखरी र जलासय बनाउने कार्य भई रहेको छ । सो पोखरीमा पानी जम्मा हुन थाले पछि बन्यजन्तुलाई पानी खान मात्र नभई बन डढेलो लागेको बेला उतm पानीको उपयोग गरि आगो निभाउनमा पनि सहयोगी बनि रहेको छ । त्यसरी त बन भित्र लाग्ने डढेलो सबै तिर नफैलियोस भनेर बन भित्र फायरलाईन,अग्निरेखाहरु पनि बनाईएका छन् । त्यसले पनि बन डढेलोलाई नियन्त्रण गर्दै आएको छ । बुद्ध शान्ति साझेदारी बनमा बैज्ञानिक बन ब्यवस्थापनका कार्य समेत हुने गरेको छ । उतm बन भित्र साढे ९ लाख मेट्रिक टन कार्बन सञ्चित रहेको दाबी डिभिजन बन कार्यालयले गर्दै आईरहेको छ ।