
नवलपरासी, २५ जेठ,
जिल्ला स्थित कृषक हक हित संरक्षण मञ्च नवलपरासीले समाजिक परिचालनका लागि संघसस्थासँग सहकार्य कार्यक्रमको बार्षिक समिक्षा कार्यक्रम गरेको छ । कृषि ज्ञान केन्द्रका कृषि विज्ञहरु तथा किसान समुह,सरोकारवाला तथा सञ्चारकर्मी विच सो समिक्षा कार्य गरेको हो ।
किसानको समस्याको सुनुवाई गर्न सरकारी पक्ष उदासिन भएको आरोप उपस्थित कृषकहरुले लगाएका थिए । किसानलाई मल, खाँद र सिचाई पुर्वाधार आवश्यक परेको बेला सरकारले उपलब्ध गराउन नसकेको जनाउदै आफ्नै बलबुतोमा भए पनि खेतीपाती गर्दै आएका किसानलाई आवश्यक प्राविधिक ज्ञान समेत नपाएको गुनासो गरेका थिए । किसानको उत्पादन लागत दिन प्रति दिन बढदै जाने र उत्पादन गरेका बालीको मुल्य पनि नपाउने जस्ता समस्याले किसान झन झन गरिब बन्दै गएको हुदा सरकार र सरोकारवाला निकायले ध्यान पुर्याउनु पर्ने माग समेत गरेका थिए ।
जसरी मानिसको उपचारका लागि स्वास्थ्य सेवाका लागि गाँउ गाँउमा स्वास्थ्य चौकी र गाँउघर क्लिनिकहरु सरकारले राखेको छ,त्यही अनुसार अब बालनालीको उपचारका लागि पनि गाँउ गाँउमा बाली उपचार केन्द्र,चौकी र गाँउघर क्लिनिक पनि खोल्नु पर्ने माग समेत किसानले राखेका थिए । किसानको उत्पादनले मात्र उपभोतmाको हित हुन सक्ने र त्यसका लागि उपभोतmाको रक्षासँगै किसानको सुरक्षा,सहयोग र प्रोत्साहन सरकारी निकायबाट हुनु पर्ने भनाई उपभोतmा हित संरक्षण मञ्चका केन्द्रिय सदस्य रामजी ज्ञवालीले माग गरेका थिए ।
सो कार्यक्रममा किसानहरुको जिज्ञासा मेटाउदै कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सन्तोष कुमार चौधरीले किसानहरु नै अब संगठित हुदै,रासायनिक मल कम प्रयोग गर्न परोस भनि जैविक मल,गोबर,कम्पोष्ट,हिरयोमल जस्ता मलको प्रयोग बढाउनु पर्ने,विँउमा पनि समुह बनाई उन्नत विँउ उत्पादनमा पनि ध्यान दिनु पर्ने,बजारका लागि पनि सहकारिता मार्फत क्रियाशिल हुनु पर्ने,सिचाईका लागि पनि भुमिगत सिचाईको आधार बनाउनका लागि पनि सतही सिचाई,कुलो,पोखरी,नहर,इनारको संरक्षण जस्ता कार्यमा पनि अग्रसरता लिइनु पर्ने सुझाव प्रस्तुत गरेका थिए । त्यसका लागि कृषि ज्ञान केन्द्रले सक्दो प्राविधिक ज्ञान दिईने र सरकारको नीति अनुसार आर्थिक अनुदानमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । कृषि उत्पादनमा प्राविधिक ज्ञानसँगै संघसस्थाको समाजिक परिचालनले पनि महत्वपुर्ण भुमिका खेल्नु पर्ने आवश्यकता सबैले महशुस गर्दै यस्तो कार्यलाई पनि निरन्तरता दिनु पर्ने बताएका थिए । कार्यक्रम मञ्चका अध्यक्ष सम्भु उपाध्यायको अध्यक्षतामा भएको थियो ।