सुनवल २ मुखियाटोलमा तीन हजार मे.ट.क्षमताको शितभण्डार सञ्चालन
नवलपरासी,४ असोजजिल्लाको सुुनवल नगरपालिका‐२ मुखियाटोलमा सहकारी शीतभण्डार निर्माण भएर सञ्चालन गरिए पनि पुर्ण क्षमतामा सञ्चालन नहुदा दैनिक खर्च उठाउन आईस(बरफ) विक्रि गरि चलाउन परको छ । शितभण्डार सञ्चालनमा ल्याउदा किसानहरूले राहत महसुुस गरेको तर शितभण्डारमा राख्ने मालबस्तु नहुदा पुरै क्षमता सञ्चालन र दैनिक खर्च चलाउन चुनौती नै रहेको सहकारी संघले जनाएको हो ।सङ्घीय, स्थानीय सरकार र सहकारीको संयुक्त लगानीमा तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरी सञ्चालनमा आए पछि स्थानीय किसानहरूले महसुुस गरे छन, सोही वार्डका वार्ड अध्यक्ष राजेन्द्र यादवले भने, तर पुरा क्षमतामा शितभण्डार सञ्चालनमा आएको छैन् । शितभण्डारसम्म पुग्न पहुँच मार्ग निर्माण नहुनु र किसानमा अहिले पनि शितभण्डारणबारे ब्यापक प्रचार प्रसार नहुनु,किसानलाई शितभण्डारको फाईदाबारे जानकारी नहुनाले पनि शितभण्डारमा समाग्रि पुरा राखिएको छैन्...










