नवलपरासी, १२ मंसिर
जिल्लाको सुनवल नगरपालिका स्थित लुम्बिनी चिनी मिलको प्रदुषण न्युनिकरण गर्न माग गर्दै स्थानियहरु आन्दोलित बनेका छन् । चिनी मिलको बढदो प्रदुषणले स्थानियको जनस्वास्थ्यमा प्रतिकुल असर पारीरहेकोले उक्त प्रदुषण न्युनिकरण गर्न मिलसंग माग गर्दै सुनवलबासी आन्दोलित बनेका हुन् ।
सुनवलका स्थानिय जनताले लुम्बिनी चिनी उद्योग प्रदुषण नियन्त्रण संघर्ष समिति गठन गरि सोमबार पत्रकार सम्मेलन मार्फत उक्त मागबारे जानकारी दिएका हुन् । वि.स. २०४६ सालमा तत्कालिन श्री ५ सरकार र चिन सरकार बिच भएको सम्झौता अनुसार जिल्लाको सुनवल नगरपालिका वडा १ मा लुम्बिनी चिनी कारखाना लिमिटेडको स्थापना भएको थियो । सो समयदेखि संचालनमा रहेको चिनी मिल २०६२ सालमा निजिकरण भएदेखि झनै प्रदुषणको अवस्था बढदै गयो । चिनी मिल संचालकले मिलको प्रदुषण न्युनिकरणका लागि आधुनिक प्रविधिको प्रयोग नगरेकाले मिल र डिष्टिलरीबाट निस्किने धुँवा, खरानीले बजार प्रदुषित बनेको छ भने डिष्टिलरीबाट निस्किने दुषित फोहोर पानीले सुनवल बजार नै दुर्गन्धित भई मानिको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकुल असर पारीरहेको संघर्ष समितीका उप संयोजक टेक प्रसाद न्यौपानेले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।
चिनी मिलले विगत बर्षदेखि नै मिलबाट प्रदुषण न्युनिकरणका लागि विभिन्न सहमति सम्झौता गरे पनि हालसम्म कार्यान्वय गरेको छैन । मिल संचालकले उद्योगबाट निस्किने धुँवा, खरानी र फोहोर दुषित पानी न्युनिकरणका लागि कुनै उपाय नअपनाउदा हामी सुनवलबासी त्यसको प्रत्यक्ष मारमा परिहेको संघर्ष समितिका संयोजक युवराज ढकालले बताए । विगतका सम्झौता उद्योग ब्यवस्थापनले पुरा गर्नु पर्छ, उनले भने, मिलले प्रदुषण न्युनिकरण नगरि मिल चलाए चलाउन नदिने भन्दै, आगामी दिनमा थप दबाब दिन विभिन्न दबाबमुलक कार्यहरु गर्ने चेतावनी दिए ।
८६ विगाहा क्षेत्रफलमा फैलिएको उक्त चिनी मिलमा चिनी मिल, स्प्रिट प्लान्ट र रक्सी उत्पादन प्लान्ट गरि ३ वटा कारखाना संचालनमा छ । मिलबाट निस्किने धुवाँ र खरानी उडेर घरहरुमा बस्ने र सुखाउने कपडामा टाँसिएर फोहोर हुनुका साथै स्वास लिन समेत अप्ठयारो बनाएको छ भने उता डिस्टिलरीबाट निस्किने प्रदुषित पानी सिधै खोलामा मिसाउदा बजारनै दुर्गन्धित हुदै खोलाको चलचरण समते नष्ट हुने गरेको संघषर््ा समितिको आरोप छ । चिनीमिलबाट पालिकाको वडा १,३,४ र ६ प्रत्यक्ष मारमा छ भने यसबाट करिब ७० हजार जनसंख्या प्रभावित बनेका छन् । सो आन्दोलनमा पुर्व मेयर भरत थापाले समेत ऐक्यवद्धता जनाएका छन् । आन्दोलनकारीको माग जायज भएको उतm पत्रकार सम्मेलनमा उपस्थित लुम्बिनी प्रदेश साँसद खड्क बहादुर बस्नेतले उद्योग ब्यवस्थापनले स्थानियबासीको मागलाई ध्यानमा राखेर प्रदुषण न्युनिकरणका कार्य थाल्नु पर्ने बताएका थिए ।
cialis trazodone desyrel nursing implications They believe Zimmerman pointed his gun at Martin not too long after they confronted each other and that the teen was screaming for help dapoxetina comprar online