पृथ्वीचन्द्र अस्पतालले पाउने रकम सरोकारवाला निकायले समयमै नपठाउदा सञ्चालनमा चुनौती

नवलपरासी,९ पुस
गत जेठ अन्तिम साता देखी परिक्षण गर्दै पृथ्वीचन्द्रमा शुरु गरिएको डायलसिस सेवा वापत अस्पतालले पाउनु पर्ने रकम प्रदेश सरकारले नपठाईदिदा अस्पताललाई चुनौती थपिएको छ । अस्पतालाई पटक पटक विमा रकम प्राप्तीमा विमा बोर्डले ढिलाई गर्दा अस्पताल सञ्चालनमा झेल्दै आएको वित्तिय चुनौतीमा अहिले डायलासिस वापत पाउने भुतmानी ढिलाईले दोश्रो चुनौती थपिएको अस्पताल प्रशासनले जनाएको हो ।
सरकारले निर्णय गर्ने र सेवाका लागि मातहतका अस्पताललाई अख्तियारी पठाउने गरेको छ । तर अस्पतालले विभिन्न जोहो गरि औषधी उपचार,क्लिनिकल,सर्जिकल आदी कार्यको वित्तिय ब्यवस्थापन गर्दै काम गर्ने र सो वापतको सरोकारावाला निकायले रकम नपठाईदिदा अस्पताल सञ्चालनमा चुनौती थपिने अस्पतालका अध्यक्ष जगदिश चौधरीले बताए । सरकारले सेवा घोषणा गर्ने र अख्तियारी समेत पठाईदिदा यहाँका जनताले सो सेवा माग गर्न पनि थाल्छन्,अस्पतालले माग अनुसार सेवा पनि सुचारु गर्छ । तर सेवा पुर्याउदा लाग्ने खर्च वापतको रकम बेलामै सम्बन्धित निकायसँग माग गर्दा पनि ढिलाई हुन्छ, उनले भने, यस्ले अस्पताल सञ्चालनमा समस्या ल्याउछ,उत्साही बनाउनु भन्दा सबैलाई निरुत्साहीत गर्ने कार्य हुन थाल्छ, यस्ले अस्पतालको गुणस्तरिय सेवालाई समेत प्रभावित बनाउने कार्य हुन्छ ।
यसबारे सरोकारवाला निकायका अधिकारीहरु सेवाप्रदायक संस्थाको मर्म र भावन बुझेर छिटो छरितो कार्य गर्नका लागि विभिन्न मञ्चमा उठाउदै आएको तर प्रतिवद्धता आउने र ब्यवहार उस्तै रहने समस्या देखिएको अध्यक्ष चौधरीले गुनासो गरे । उनका अनुसार प्रति पटक डायलसिस गर्दा ढाई हजारका क्लिनिकल समाग्रि खर्च हुन्छ । चार वटा बेडमा डायलसिस हुने गरेको छ । दिनमा दुई पटक हुन्छ । यसरी दैनिक ८ जनाको डायलसिस हुने गरेको छ । त्यसका लागि दैनिक २० हजार रुपिया खर्च भई रहेको छ । हालसम्म एक रुपिया पनि आएको छैन्,उनले भने, सबै अस्पतालले आफ्नै आन्तरिक स्रोतले हालसम्म ब्यवस्थापन गर्दै आएको छ । सरकारले उपलब्ध गराउने रकम उपलब्ध गराईयो भने अन्य सेवा थप्न वा भएको सेवालाई थप सुविधायुतm बनाउनमा काम हुन्थ्यो,तर रकम अभावले गर्न पाइएको छैन् ।
डायलसिस गराउने ३० भन्दा बढि विरामी अहिले अस्पतालमा डायलसिस गराउने गरेका छन् । डायलसिसमा लाग्ने खर्च लुम्बिनी प्रदेश सरकारले नै ब्यहोर्ने हो । तर अहिलेसम्म सो वापत रकम निकासा नभएको अस्पतालका लेखापाल लल्लन कुर्मीले बताए । उनका अनुसार डायलसिस सेवालाई आवश्यक क्लिनिकल समाग्रिमा करिब ३० लाख रुपिया खर्च भई सकेको छ, रकम माग पनि भई सकेको छ,तर निकासा पाइएको छैन् । लुम्बिनी प्रदेश सरकारले नयाँ अध्यक्ष चौधरीलाई अध्यक्ष छनौट गरि पठाए पछि जेठ १२ गते अध्यक्ष चौधरीले अस्पतालमा पदभार ग्रहण गरेका थिए । एक दुई साता भित्रै शुभारम्भ गर्ने बाचा गरेका थिए । दुई साता भित्र नै हेमोलायलसिस सेवा शुभारम्भ गराएका थिए ।
सरकारले डाईलसिस गराउने बिरामीलाई निशुल्क सेवा दिन स्थानिय स्तर मै उपकरण र जनशतिm पठाई सकेको तर उपकरण मेसिन जडान नगरि त्यसै राखिएको अवस्थामा फेला परेको कुरा केही अघिल्लो साल आएको महालेखा परिक्षकको टोलीले आफ्नो मलेप प्रतिवेदनमै तस्विर सहित नै उल्लेख गरेको थियो । अस्पतालमा झण्डै ४० लाखका उपकरण तथा मेसिनहरु खरिद गरि थन्किएको दर्शाएको थियो । स्वास्थ्यकर्मीहरु पनि तालिम लिई अन्य काम गर्दै बस्ने र तलब खाने कार्य मात्र गर्दै आएका थिए । जिल्लामा दुई दर्जन बढि विरामी नियमित डायलसिस गर्न बुटवल र भैरहवा जानु पर्ने समस्या झेल्दै आएका बिरामीलाई राहत हुने भएको छ ।
अध्यक्षको पदभार ग्रहण पछि सेवा गुणस्तरिय हुने र सुचारु हुन नसकेका सेवा सुचारु हुने विश्वास स्थानियले गरेका थिए । जनताको विश्वास अनुसार नै आफु नभएको सेवा थपिने र भएको सेवालाई थप गुणस्तरिय बनाउदै जाने लक्ष्य रहेको अध्यक्ष चौधरीको भनाई थियो । उनी विगतमा पनि २ बर्ष ३ महिना अध्यक्ष पदमा रहेर काम गरेका थिए । अध्यक्ष चौधरीको पहलमा झण्डै १८ करोड बराबरको नयाँ अस्पताल भवनको समेत शिलान्यास भएको थियो । उनी पुनःअध्यक्ष भएर आए पछि अहिले अस्पतालको नयाँ भवन समेत उदघाटन गराई सेवा थप्ने र भएका सेवा गुणस्तरिय बनाउने कार्यमा जुटेका छन् । उनका अनुसार बुधवार देखी अस्पतालमा नाक,कान घाटीका विशेषञ चिकित्सक मार्फत सेवा विस्तार भएको समेत उनले जानकारी गराए ।
त्यसै गरि गत मंसिर १० गते देखी अस्पतालले हिस्टोप्याथोलोजी सेवा परिक्षणका लागि सहुलिय दर निर्धारण गरि सिम्पल कलेक्सन गरि परिक्षणका लागि प्रादेशिक प्रयोगशाला पठाएर विरामीलाई सहजीकरण गर्ने निर्णय समेत भएको उनले बताएका थिए । जस्मा टेष्ट गर्ने एच एण्ड इ स्टेन बायोप्सोको रु ६ सय ८०,प्याप स्मियरको रु.२ सय ६०,गिम्सा स्टेनको रु.९०,फ्लुइड गिम्सा स्टेनरु.९०,एफ सी. ए.एन. रु.३ सय ४०,फ्लुइडसाइटोलोजी(शरिरको तरल,थुक) रु १ सय ७० लिक्विड वेस्ट साईटोलोजी १ हजार १ सय ९० को दर तोकेको छ । यसै गरि स्किृतिगँ इकोकार्डियोग्राफी को पनि १ हजार तोकेर सेवा प्रदान गरिरहेको छ ।
यस्तै अस्पतालमा हुने माईनर प्रोसेड्युरको दररेडमा नर्मललाई रु.५ से देखी १ हजार ५ सय र एएचएसमा रु.८ सय देखी १ हजार ८ सय हुने जनाएको छ । जस्मा नैल रिमुभल,कर्न रिमुभल,ग्याँगोलियन क्यास्ट रिमुभवल र बर्थोलिन क्यास्ट रिमोभल सेवा समावेश छन् । त्यसका लागि नागरिक अगुवा तथा राजनीतिक दलको साथ सहयोगको आपेक्षा समेत राखेका थिए । अस्पतालका कर्मचारी,चिकित्सक तथा स्वास्थ्यकर्मीलाई चुष्तदुरुष्त बनाउदै अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउनमा मिलेर अगाडी बढने समेत उनले सुनाएका थिए ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *