नवलपरासी,१३ भदौ
जनप्रतिनिधिलाई दुब्र्यवहार गर्ने दुई जना विरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । सुनवल वार्ड नं.२ का राजेन्द्र यादवलाई स्थानिय दुई जनाले गाली गलौच र दुब्र्यवहार गरेको र उनीहरु विरुद्ध वार्डअध्यक्ष यादवले जाहेरी दरखास्त जिल्ला प्रहरीमा हाले पछि प्रहरीले विभिन्न दवाव पछि मुद्दा दर्ता गरेको हो ।
यादवलाई गालि बेइज्जती गर्ने सुनवल २ कै ३५ बर्षिय उमेश यादव र ४८ बर्षिय सुरेश यादव विरुद्ध वार्ड अध्यक्ष राजेन्द्रले जाहेरी दरखास्त दिएका थिए । सोही वार्डको रजहवा गाँउमा भदौ ८ गते विद्युत पोल विस्तार गर्ने क्रममा दुबै जनाले अश्लिल गाली गलौच गर्ने,काममा अवरोध गर्नेै गरेका थिए । त्यसबारे सार्वजनिक पद धारण गरेको जनप्रतिलाई गाली गलौच गरेको भन्दै वार्ड अध्यक्षले सोही दिन जाहेरी दरखास्त दिएका थिए । तर सो जाहेरी प्रहरीले दर्ता गर्न मानेको थिएन् ।
तत्पश्चात नगरपालिकाका १३ वटै वार्ड वार्ड अध्यक्ष र ८ जना नगरकार्यपालिका सदस्यहरुले सामुहिक आवश्यक कारवाहीको माग गर्दै हस्ताक्षर गरेर जिल्ला प्रशासन कार्यालय जाने निर्णय गरेका थिए । दवाव पछि अहिले जाहेरी दर्ता भएको पिडित वार्ड अध्यक्ष यादवले जानकारी गराए । प्रहरीले जाहेरी दर्ता नं.५६ रहेको र जाहेरी दर्ता पछि पक्राउ पुर्जि जारी गर्नेै र कारवाही प्रकृया अगाडी बढाउने जानकारी गराएको वार्ड अध्यक्ष यादवले भने,तर जाहेरी दर्ता भए पनि पिडक दुबै जना प्रहरी परिसरमै आफुले देखेको छु । तर प्रहरी अहिले पनि उनीहरुलाई हिरासतमा लिइएको छैन् ।
सार्वजनिक पदमा रहेका ब्यतिmलाई जथाभावी गाली गर्ने,अराजकता मचाउनेलाई प्रहरीले कारवाही भन्दा संरक्षण गर्नु दुःखद भएको सुनाए । कस्को दवाव र प्रभावमा प्रहरीले काम गरिरहेको छ,उनले दुखेसो पोखे,कुनै प्रहरी माथि पनि यस्तै आक्रमण भयो,भन्ने पनि प्रहरी के चुप लागेर बस्छ ? कुनै पनि जाहेरी सहज रुपमा लिनु पर्छ,अनुसंधान गरेर मागदाबी अनुसारको घटना भएको हो कि होईन् ? त्यो त प्रहरीले आफ्नो प्रतिवेदनमा उल्लेख गर्न पाउछ । तर पहिला जाहेरी नै नलिइनु,जाहेरी लिए पनि कारवाही प्रकृया नबढाउनु पिडकलाई सुरक्षा प्रदान गर्ने कुरा दुःखद भएको उनको भनाई थियो ।